२०७७ फाल्गुन ६, बिहीबार | २०७७ फाल्गुन १८ | ourtourismnews@gmail.com

नेपालगञ्जका होटल तथा रेष्टुरेन्टको स्तर छुट्याएर बर्गीकरण गरिने

२०७७ फाल्गुन ६, बिहीबार

नेपालगञ्जका होटल तथा रेष्टुरेन्टहरुको खाद्य स्वच्छताका आधारमा बर्गीकरण गरिने भएको छ । होटल तथा रेष्टुरेन्टहरुले गुणस्तर र स्वच्छतामा हेलचेक्रयाइँ गर्न थालेपछि त्यसलाई नियमन गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँकेले स्वच्छता स्तरीकरण लोगो र स्टिकर प्रदान गर्ने भएको हो ।

बुधबार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँकेको आयोजना तथा बाँके होटल व्यवसायी संघको सह आयोजनामा बाँकेका होटल व्यवसायीहरुलाई खाद्य स्वच्छताका बारेमा जानकारी दिदै होटेल, रेष्टुरेन्ट, भोजनालय, मिठाई पसल, चिया पसल, क्याफे, क्याटरिङ व्यवसायहरूलाई स्तर छुट्याएर बर्गीकरण गर्न लागेको जानकारी गराएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर