२०७७ माघ २६, सोमबार | २०७७ फाल्गुन १८ | ourtourismnews@gmail.com

कर्णाली प्रदेशमा नाट्टा,अध्यक्षमा निर्मल केसी

२०७७ माघ २६, सोमबार

दिपक जैसी /सुर्खेत

नेपाल एशोसिएशन अफ टूर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले कर्णाली प्रदेशमा समिति गठन गरेको छ ।

नाट्टा केन्द्रीय अध्यक्ष अच्युत गुरागाई तथा बांके नाट्टा च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलको उपस्थितिमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सोमबार निर्मल केसीको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा गोर सिंह बोहोरा, महासचिवमा देवराज जैसी, सचिवमा भानुभक्त खड्का, कोषध्यक्षमा नमराज बुढा क्षेत्री, चयन हुुनुभएको छ ।

यस्तै सदस्यहरुमा बल बहादुर गिरी, दिल बहादुर चौधरी, दिपक जैसी, कृष्ण थापा, अर्जुन हिराचन, बास्ना थापा, तर्क शाही, पवन गिरी चयन हुनुभएको छ ।

कर्णाली प्रदेशमा नाट्टाको गठन पछि कर्णालीको पर्यटन विकाश र प्रवद्र्धन हुने विश्वास लिईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर