२०७७ माघ २३, शुक्रबार | २०७७ फाल्गुन १८ | ourtourismnews@gmail.com

सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी २३ औं वर्षमा, सेवा, सदभाव र आतीथ्यमा नेपालकै उत्कृष्ट

२०७७ माघ २३, शुक्रबार

दिपक जैसी /सुर्खेत

टिकापुरको खाजा घरबाट सुरु भएको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले आफ्नो २३ औँ वार्षिक उत्सब मनाएको छ । सदभाव र आतीथ्यमा नेपालकै उत्कृष्ट पहिचान बनाउन सफल बनेको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले शुक्रबार वार्षिक उत्सबकै अबसर पारेर देशै भर रहेका शाखाहरुले विभिन्न सामाजिक कार्यगरी मनाएका छन् ।

सुर्खेतमा रहेको सिद्धार्थ सन्नी रिसोर्टले म्यानेजर प्रदिप न्यौपानेको नेतित्वमा टोलको सरसफाई, २०७१ सालमा बाढी पिडितका छोराछोरी अध्ययन गरीरहेको विद्यालमा पुगी ८० जना छात्र छात्रालाई खाना तथा कापि कलम बितरण गरेको छ । साथै रिसोर्टले आफ्ना पाहुनाका लागि केक र सुप दिएर स्वागत समेत गरेको छ ।

स्थापना भएको २३ औं वर्ष सम्ममा आईपुग्दा ग्रुपले धेरै आरोह अवरोह पार गर्दैं आफ्नो ब्यबसायलाई पश्चिम देखि पूर्वी नेपाल सम्म शाखाहरु बिस्तार गरेको छ ।

सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका अहिले स्टार होटल देखि रेष्टुरेन्ट, रिर्सोट, होटेल, हस्पिटालिटी इन्ट्रिच्युट, ट्रेड बिजनेश र बेकरी उद्योग गरी करिब ३० वटा शाखाहरु संचालनमा छन् भने करिब १५ सय कर्मचारीहरुलाई रोजगारीको अबसर प्रदान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर