२०७७ माघ १६, शुक्रबार | २०७८ बैशाख २६ | ourtourismnews@gmail.com

श्री एयरलाइन्सले माग्यो सुर्खेत र तुम्लिङटार उडानको अनुमति

२०७७ माघ १६, शुक्रबार

निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले सुर्खेत र तुम्लिङटार उडानको अनुमति मागेको छ । आफ्नो उडान गन्तब्य बढाउन श्री एयरलाइन्सले तुम्लिङटार र सुर्खेत उडानका लागि नागरिक उड्डयन प्राधिकरण अन्तर्गत हवाई सुरक्षा विभागमा आवेदन दिएको विभागले जनाएको छ ।

विभागले अध्ययनका आधारमा कम्पनीले प्रस्ताव गरेको दुई गन्तब्यमा उडान अनुमति दिइने जनाएको छ ।

श्री एयरलाइन्सले हाल धनगढी, नेपालगञ्ज, भैरहवा, पोखरा, सिमरा, जनकपुर, विराटनगर, भद्रपुर लगायत गन्तब्यमा नियमित उडान गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर