२०७७ माघ ३, शनिबार | २०७७ फाल्गुन १८ | ourtourismnews@gmail.com

खप्तडको पर्यटन प्रवद्र्धन गर्न व्यवसायीहरुको टोली बाँके र बर्दियामा

२०७७ माघ ३, शनिबार

कोभिड १९ का कारण प्रभावित बनेको खप्तड पर्यटन क्षेत्रलाई पुन -चलायमान बनाउन खप्तडका होटल तथा पर्यटन व्यवसायीहरुले बाँके र बर्दियाका व्यवसायीहरुसंग पर्यटन प्रवद्र्धनात्मक भेटघाट गरेका छन् ।

खप्तडमा हेलि टुर सन्चालन गर्नका लागि शुक्रबार सुदुरपश्चिमका व्यवसायीहरुले बाँकेका होटल तथा पर्यटन व्यवसायीहरुसंग छलफल तथा भेटघाट गरि आपसि सहयोग र सहकार्यका लागि आग्रह गरेका छन् ।

छलफल कार्यक्रममा माघ १४ देखि १८ सम्म खप्तडमा हेलि टुर सन्चालन हुने हुदाँ बाँकेका व्यवसायीहरुलाई उत्साहको सन्देश प्रवाह गर्न आएको होटल तथा पर्यटन व्यवसायी महासंघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष दिपक बहादुर खड्काले बताए । अध्यक्ष खड्काले छलफल तथा भेटघाटले बाँके र सुदुरपश्चिम बिच पर्यटक आदानप्रदानमा महत्वपूर्ण भूमिका हुने भन्दै पर्यटकीय विकासका लागि व्यवसायिक एकता र सहकार्यका लागि आफुहरु बाँके आएको बताए ।

व्यवसायीहरुको टोलिले उत्साहको सन्देश प्रवाह गर्न शनिबार बर्दिया हुदै अत्तरियाका व्यवसायीहरुसंग छलफल गदै छन ।

प्रतिक्रिया

सम्बन्धित खवर