२०७७ पुष २७, सोमबार | २०८० चैत्र ६ | ourtourismnews@gmail.com

‘पर्यटनका समस्या समाधान गर्न सरकार तयार’

२०७७ पुष २७, सोमबार

कोभिड सङ्क्रमणका कारण पर्यटन क्षेत्रले बेहोर्नु परेको समस्या समाधानमा सरकार तयार रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले बताउनुभएको छ । पर्यटन सम्बद्ध निजी क्षेत्रका सरोकारवालासँग आइतबार मन्त्रालयमा आयोजित अन्तरक्रियामा उहाँले राज्यले धान्न सक्ने अवस्थासम्म निजी क्षेत्रका समस्या समाधान गरिने बताउनुभयो ।
कोभिडबाट सिर्जित समस्याका विषयमा सरकार पूर्ण जानकार रहेको भन्दै उहाँले यतिबेला मान्छेको जीवन जोगाउनु महìवपूर्ण भएकाले कतिपय स्वास्थ्य प्रोटोकल पालना गर्नैपर्ने अवस्था रहेको बताउनुभयो ।
मन्त्री ढकालले पर्यटकलाई अन अराइभल भिसा दिने विषयलाई आफूले मन्त्रिपरिषद्मा छलफल गर्ने जानकारी दिनुभयो । त्यस्तै उहाँले कोभिडबाट अत्यन्त प्रभावित होटल व्यवसायका समस्या समाधानमा पनि सरकारले ध्यान दिएको बताउनुभयो ।
प्रोटोकल पालना गरेर होटल व्यवसाय सञ्चालन गरेको अवस्थामा जुनसुकै समयमा पनि खोल्न सक्ने उहाँले जानकारी दिनुभयो । “होटलले प्रोटोकल पालना गरेको छ भने रातिको समयमा ९, १० अथवा ११ बजेसम्म भन्ने हुँदैन”, उहाँले भन्नुभयो, “जुनसुकै बेला पनि खोल्न सकिन्छ । ”
संसद् विघटन भएको अवस्थामा पर्यटनसम्बन्धी कानुन नबने पनि आवश्यक परेको अवस्थामा भने कार्यविधि र गठन आदेशका हिसाबले पनि बाधा फुकाउन सकिने उहाँले स्पष्ट पार्नुभयो । अझ तत्काल नै केही गर्नैपर्ने अवस्थामा अध्यादेश पनि ल्याउनुपर्ने हुनसक्छ, उहाँले भन्नुभयो ।
उहाँले पर्यटन व्यवसायीलाई उपलब्ध गराउनुपर्ने पुनर्कर्जाको विषयमा अर्थमन्त्रीसँग छलफल गर्ने जानकारी दिनुभयो । पर्यटन व्यवसायीको माग अनुसार नै एकद्वार प्रणाली लागू गर्ने विषयमा पहल गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा पर्यटन व्यवसायीले विदेशी पर्यटक आउन नसक्ने अवस्थामा सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षका रूपमा घोषणा गर्न आग्रह गरेका थिए । कर्मचारीलाई कम्तीमा एक हप्ता बिदा दिएर घुम्नैपर्ने व्यवस्था लागू गर्नुपर्ने उनीहरूको माग थियो ।
त्यस्तै विदेशी पर्यटक आकर्षित गर्न सात दिनको क्वारेन्टाइन अवधि घटाउनुपर्ने र सरकारले विशेष छुटसहितका प्याकेज घोषणा गर्नुपर्ने व्यवसायीको भनाइ थियो । अाजकाे गाेरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित ख