२०७७ पुष २६, आईतवार | २०७७ माघ ११ | ourtourismnews@gmail.com

तारागाउँ रिजेन्सी होटलले १० प्रतिशत नगद लाभांश बाँड्ने

२०७७ पुष २६, आईतवार

तारागाउँ रिजेन्सी होटलले आफ्ना सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

पुस २३ गते होटलको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६र७७ को नाफाबाट सेयर धनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । तर आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयर धनीले लाभांश पाउनेछन् ।

चुक्ता पुँँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँको लाभांश कर सहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने छ ।

ओरियन्टल र सोल्टीले लगानीकर्तालाई लाभांश वितरण नगरी निराश बनाएकोमा सो होटलले भने १८ करोड ८६ लाख ६५ हजार ४ सय रुपैयाँबराबरको लाभांश वितरण गर्ने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर