२०७७ पुष २५, शनिबार | २०७८ आश्विन ३० | ourtourismnews@gmail.com

गण्डकी प्रदेशका धार्मिक तथा पर्यटकीय स्थलहरु

२०७७ पुष २५, शनिबार

हिमालदेखि तराईसम्मको भूभाग समेटेर बनेको गण्डकी प्रदेश नेपालको एक महत्वपूर्ण र पर्यटकीय हिसाबले पनि धनि प्रदेशको रुपमा प्रर्दछ । हिमाल, पहाड र तराई भ–ूभाग मिलेर बनेको यो प्रदेशको क्षेत्रफल २१,५०४ बर्ग किमी रहेको छ । जनसंख्याका हिसाबले पनि यो प्रदेश अगाडि छ । यहाँको जनसंख्या जनसंख्या २४,१३,९०७ छ । सडकका हिसाबले पनि यो प्रदेश अन्य प्रदेश भन्दा सम्पन्न सम्पन्न छ । धवलागिरी, नीलगिरी, माछापुच्छ्रे, अन्नपूर्ण हिमशृङ्खला रहेको यस प्रदेश अन्तर्गत गोरखा, लम्जुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी , बाग्लुङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला रहेका छन् ।

यो प्रदेशको मुख्य पर्यटकीय स्थलका रुपमा धवलागिरी, नीलगिरी, माछापुच्छ्रे, अन्नपूर्ण हिमशृङ्खला,घान्द्रुक, लान्द्रुक, घलेगाउँ, बारपाक, ताङतिङ, सिक्लेस, मिसाा शिख, घार, पुनहिल, नारच्याङ, डाँडाखर्क, आर्थर, सिरुबारी जस्ता गाउँहरूको साथै डहरे, पञ्चासे, घुम्टे, गाजा जस्ता स्थानहरु पर्यटकको आकर्षक गन्तव्यको रूपमा रहेका छन् ।

गोरखा 

पर्यटकीय रुपले गोरखा जिल्ला राम्रो रहेको छ । यस जिल्लाबाट चाँदीको घेरजस्तो उत्तरतिरको हिमाली श्रृङ्खला रहेको छ । संसारको पाँचै अग्लो हिमाल मनासलु यही भेकमा पर्छ । यहाँबाट धवलागिरी देखि गणेश हिमाल सम्मको मनमोहक दृश्य देखिन्छ । यस्तै घना जंगल तथा हरिया पहाडहरू, हिमालदेखि कलकल गर्दै बग्ने नदिनालाहरू, सम्ममैदान र फाँटहरू, शितोष्ण हावापानी, शान्त वातावरण आदीले गर्दा यहाँ आउने जो कोहीको पनि मन छुन्छ । यिनै कारणहरूले गर्दा वर्षेनी विश्वका बिभिन्न मुलुकहरूबाट थुप्रै पर्यटकहरू यहाँ आउने गर्छन् । साथै सौर पानीमा रहेको सिता गुफा, साथमा राजा द्रव्य शाहको दरबार रहेको लिग्लिग कोट, उत्तरि भेगमा हिन्दु धर्मावलम्बिहरूको प्रसिद्ध श्री नारद पोखरी गोरखा दरबार आदि पर्यटकीय क्षेत्रको यस जिल्लामा रहेका छन् ।

लम्जुङ 

जिल्लामा रहेका दुधपोखरी, बाह्रपोखरी, मेमेपोखरी, घलेगाउँ, घनपोखरा, पुरानकोट, रागिनासकोट, तुर्लुङकोट आदि सुन्दर र ऐतिहासिक एवं धार्मिक महत्वका पर्यटकीय स्थलहरू रहेका छन् । यसले जिल्लाको आर्थिक सम्भावनालाई अत्यन्त माथि पुयाउन मद्दत गरेको छ ।

तनहुँ 

तनहुँमा पर्यटकीय सम्भावना बोकेका थुप्रै ठाउँ छन जसले पर्यटकलाई आकर्षित गर्न सफल भएको छ । तनहुँको प्रमुख पर्यटकीय गन्तव्य ‘पहाडकी रानी’ नामले चिनिने बन्दीपुर हो । पश्चिमको अपी, शैपालदेखि धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमालदेखि पूर्वमा गणेश, लाङटाङलगायत सयौं चुचुराहरू यहाँबाट देख्न सकिन्छ । नेवारी कला र संस्कृतिमा निर्माण गरिएका भक्तपुरे शैलीका घरहरू बन्दीपुरको प्रमुख आकर्षण हो । अठारौं शताब्दीमा निर्मित खड्कदेवी मन्दिर, विन्ध्यवासिनी, थानीदेवी, महालक्ष्मी, तीनधारा महादेव, रानीवन, प्याराग्लाइडिङ, केशवटार हुँदै दमौलीसम्म माउन्टेन बाइकका लागि पनि बन्दीपुर प्रसिद्ध छ । दक्षिण एसियाकै ठूलो दाबी गरिएको सिद्धगुफा पनि बन्दीपुरको मुख्य आकर्षण हो । तनहुँसुरमा रहेका पुराना दरबार, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरू, धारा, तोप तथा अन्य हातहतियार, बारुदीखानाका अवशेषहरू यहाँका मुख्य आकर्षणका केन्द्र हुन् । छिम्केश्वरी पदयात्रा, मौली–चितवन जलविहार, गुफा आदि पर्यटकीय ठाउँहरु हुन् ।

कास्की 

कास्की जिल्ला नेपालको दोस्रो पर्यटकीय जिल्ला हो । यो जिल्ला अन्नपूर्ण हिम श्रृङ्खला तथा माछापुच्छ्रे हिमालको काखमा रहेको छ । कास्की जिल्लाको सदरमुकाम पोखरा हो । प्राकृतिक रूपले अत्यन्त मनोरम स्थान रहेको यस जिल्लाका प्रमुख पर्यटकीय स्थलहरुमा महेन्द्र गुफा, विन्ध्यवासिनी मन्दिर, तालबाराही, भद्रकाली, वौद्ध गुम्वा, शान्ति स्तुप, पातले छाँगो (डेभीड फल्स), फेवाताल, बेगनास ताल, रूपाताल, सेती नदी, घान्द्रुक, सिक्लेस, सराङ्गकोट, अन्नपूर्ण वेस क्याम्प, पंचासे डाँडा, पुम्दीकोट, काँहुको भ्यु टावर आदि रहेका छन् । यस्तै यस जिल्लाबाट अन्नपूर्ण प्रथम ८०९१, अन्नपूर्ण दोस्रो, ७९३७, अन्नपूर्ण तेस्रो, ७५५५, अन्नपूर्ण चौथो, ७५२५, अन्नपूर्ण दक्षिण, ७२१९, माछापुच्छ्रे ६९९८ हिमालहरु देख्न सकिन्छ । यसका साथै यस जिल्लाको धार्मिक स्थलका रुपमा विन्ध्यवासिनी, तालबाराही, भद्रकाली, गुप्तेश्वर महादेव (गुफा) नारायणथान मन्दिर, राधाकृष्ण मन्दिर, गीता मन्दिर, भगवती मन्दिर, कास्कीकोट मन्दिर, पाचासे राम मन्दिर, वौद्ध गुम्वा, शान्ति स्तुप आदि पर्यटकीय क्षेत्रका रुपमा रहेका छन् ।

मनाङ 

हिमालपारिको जिल्ला मनाङ आन्तरिक र बाह्य पर्यटकीय संभावना बोकेको गन्तव्य स्थल हो । मनाङका प्राकृतिक, साँस्कृतिक, धार्मिक विकास, तिलिचो ताल, मिलेरेपा गुफा, विभिन्न गुम्बा पर्यटकीय क्षेत्र हुन । यस जिल्लाबाट अन्नपूर्ण पदयात्रा मार्ग, थोराङ पास, तिलिचो ताल, नार र फू उपत्यका लगायतका स्थान पनि पर्यटकको मन लोभ्याउने स्थानका रुपमा परिचित छन् ।

मुस्ताङ 

हिमालपारीको जिल्लाको नामबाट चिनिने यो जिल्ला धौलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको विचमा अवस्थित छ । पस क्षेत्रको मुख्य पर्यटकीय क्षेत्रको रुपमा लोमान्थाङ्ग ऐतिहासिक दरबार, लोमान्थाङ्गको सिटी वाला, मुक्तिनाथ क्षेत्र, टुकुचे निलगिरी हिमाल, धौलागिरी हिमाल, तिलिचो पिक, याककावा पिक, टुकुचे धम्पुस पिक,टुकुचे पिक हिमाल टुकुचे मार्चे लेख ,टुकुचे बतासे लेख, टुकुचे नाथांग खर्क रहेका छन् । साथै यस जिल्लामा मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड, कागबेनी, शिवालय मन्दिर (पुथाङ), गणेश मन्दिर (जोमसोम) टुकुचे गोम्पा कोबाङ, टुकुचे क्युप, गोम्पा, टुकुचे गोम्पसम्प, टुकुचे मकल् गोम्पा, टुकुचे रानि गोम्पा, मार्फा गोम्पा धार्मिक स्थलहरु रहेका छन् ।

पर्वत 

पर्वत जिल्ला सामान्य पहाडी जिल्ला सरहकै भौगोलिक बनावट भएको सुन्दर जिल्ला हो । यस जिल्लाका रमणीय लेकाली चुचुराहरूमा उत्तरी भागमा पर्ने हम्पाल र लोप्रेका लेकहरू मध्य भागका पञ्चासे, डहरे तथा दक्षिणी भागका चिसापानी र गोर्ल्याङ्ग पर्वत जिल्लाका अग्ला चुचुराहरू हुन। कुश्माको गुप्तेश्वर गुफा, ज्ञादीको अलपेश्वर गुफा, पाङ्गको भुवनेश्वरी गुफा, वर्राचौरको सितलपाटी गुफा, लुंखुको चनौटे भिर मुनीको ढाउ गुफा यस जिल्लाका प्रसिद्ध गुफाहरू हुन भने धार्मीक तथा प्रयटकिय दृष्टिले मोदीवेनीको नरसिंह मन्दिर, सेतीवेणीको शालिकग्राम शिला, धाईरिङ्गको भुमे, लुंखु चिसापानीको कालिका देवी मन्दिर, कुश्मा, आर्थर र भोर्लेका बौद्ध गुम्बाहरू, ठुली पोखरीको वाटुलेचौर, होश्रादीको पैंयुकोट र धुवाकोटको ऐतिहासिक दरवार तथा किल्ला, माझफांटको कर्र्णोलको दरवार, तथा लुंखुको महाशिला (मेलढुङ्गा) महत्वपूर्ण मानिन्छन् ।

स्याङ्जा 

स्याङ्जा जिल्ला नेपालको एक पहाडी जिल्ला हो । यस जिल्लाको प्रमुख पर्यटकीय स्थलको रुपमा भालुपहाड छाङ्गछाङ्गदी, पंचासे डांडा, अन्धाअन्धी दह, श्रवणकुमार समाधि क्षेत्र रहेको छ । यसका साथै यस जिल्लाको धार्मिक स्थलहरूमा राधा दामोदर आश्रम, चण्डीकालीका, राम्दी घाट, आलम देवी, बुढाकोट, कैलाश गुफा रहेका छन् ।

म्याग्दी 

म्याग्दी जिल्ला सङ्घीय गणतन्त्रात्मक नेपालको गण्डकी प्रदेश मा पर्ने पहाडी जिल्ला हो । यस जिल्लाको प्रमुख पर्यटकीय स्थलको रुपमा घोरेपानी, पुनहिलबाट मनोरम दृश्यावलोकन, खोप्रालेक, महरेडाँडा, राउण्ड धौलागिरी र अन्नपूर्ण पदमार्ग यात्रा तथा धौलागिरी–अन्नपूर्ण हिमाल आरोहण रहेका छन् । यस्तै सिङ्गा तथा भूरुङ–तातोपानीको तातोपानी कुण्डमा स्नान गर्न, पर्यटकीय क्षेत्र टोड्के, राखुभगवतीको रुइसे भेडीओढार, भकिम्लीको स्वर्गाश्रम, धार्मिक क्षेत्र गलेश्वर, पुलहाश्रम, जगन्नाथ एवं मालिका मन्दिरलगायत अन्य क्षेत्रको दर्शन गर्न र ती ठाउँबाट अन्य ठाउँको अवलोकन सकिन्छ ।

बाग्लुङ 

बाग्लुङ जिल्ला पर्यटकीय क्षेत्रको सम्भावना बोकेको जिल्लाको रुपमा परिचित छ । यस जिल्लामा पर्यटकीय स्थलको रुपमा कालीका भगवति मन्दिर, प्यारागलाईडिङ प्वाइन्ट, ताराजाल कोट, कारीकोट, माझकोट, राङ्राङ्गे कोट, संसारकोट, खड्ग कालिका मन्दिर, ढोरपाटन, गाजा दह, भकुण्डे धुरी र मूलाबारीको धूरी रहेका छन् । यसका अलवा यस क्षेत्रको धार्मिक स्थलको रुपमा विश्वशान्ति सर्व्सिध्दिधाम पञ्चकोट, प्रसिद्ध कालीका भगवति मन्दिर, भैरवस्थान मन्दिर, जैमिनेश्वर मन्दिर, ढोरपाटनताल बराह मन्दिर, अर्नाकोट, रामकोट मन्दिर, थन्थापी माई भगवति मन्दिर आदि रहेका छन् ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)

यस जिल्लामा पर्यटकीय स्थलको रुपमा मौलाकालिका मन्दिर, सीजी शास्वतधाम, देवचुली, बरचुली क्षेत्र, त्रिबेणीधाम, दाउन्नेदेवी, अकलादेवी मन्दिर, घुमारीघाट, अमलटारी, पिठौली मध्यवर्ती क्षेत्र, रुद्रपुरगढी र नन्दपुर क्षेत्र जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर