आज    |   

नेपाल भ्रमण बर्ष ज्यानको जोखिम मोल्ने पर्यटन मजदुरहरुको बिषयमा सम्बन्धीत सबै मौन ?



तामझामका साथ अरबौं खर्चेर नेपाल भ्रमण बर्ष २०२० उद्घाटन भयो तर पर्यटन मजदुरहरुको हकाधिकार र रोजिरोटिको सुनिस्चितताको बारेमा कुनै ठोस कार्यक्रम बन्नसकेको छैन। पर्यटन मजदुरहरु कुन प्रकारका मजदुर हुन भन्ने कुरा किटान भएको छैन। तर घुम्न तथा साहसिक यात्राका लागि आउने पर्यटकहरुलाई आफ्नो बल, बुद्धि, क्षमताले भ्याएसम्म जिम्मेवार पुर्बक घुमाएर र हिमाल चढाएर कमिसन लिने एजेन्टको रुपमा रहेको पर्यटन व्यवसायीहरुको मुनाफा आर्जनको लागी माध्यम बनी आफ्नो श्रमशक्ती बेचेर जीवन गुजारा चलाउनु नै मजदुरहरुको जम्मा जम्मी दिनचर्या बनेको छ। सम्पुर्ण पर्यटन क्षेत्रका मजदुरहरुको हक अधिकारका लागि पर्यटन व्यवसायीसंग सम्बन्धीत विभिन्न संघ संस्थाहरु खोलिएको भएपनी अहिले सम्म पर्यटन मजदुरहरुको पक्षमा कुनै नियम कानुन बनाई कार्यान्वयन गर्न सकेको छैन।

पर्यटन क्षेत्रका मजदुरहरुको मुख्य समस्या हाएर एन्ड फायर रहेको छ । यो सगैं पेशागत अधिकारको संरक्षण , सामाजिक सुरक्षा र राजनैतिक अधिकारको ग्यारेन्टीको प्रस्न पनि जोडिएको छ । पर्यटन मजदुरहरु आफैमा संगठित हुन नसक्ने र केही मजदुरहरु संगठित भएपनी निरन्तरता दिन नसक्ने चरित्रबाट ग्रसित छ ।

सरकारले पर्यटक, पर्यटन व्यवसायी र पर्यटन मजदुरहरुको हकमा स्पस्ट नीति नल्याउनु र विशुद्ध विदेशी मुद्रा आर्जनलाई मात्र हेरेको कारण अहिले सम्म पनि पर्यटन क्षेत्र व्यवस्थित हुन सकेको छैन। पर्यटन क्षेत्रमा काम गर्ने भनेर खोलिएका विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरु पर्यटन बोर्ड, पर्यटन विभाग ,टान, पर्वतारोहण संघ, लगायत ले पनि अनेकौं शिर्षकमा जस्तै प्रचारप्रसार, तालीम अदिको नाममा फजुल खर्छ गर्ने गरिरहेको अवस्था छ र पार्टीको भातृसंगठनहरु पनि मजदुरको नाममा कमिसनको धन्दा गर्ने स्वार्थका लागि मजदुर विरोधी हरकत गर्ने लगायतका कार्य गर्ने गरेकोले यो क्षेत्र जरजर अवस्थामा पुगेको छ भने मुख्यत मजदुर वर्ग अत्यधिक मारमा परिरहेका छन् ।

आफ्नो ज्यानको बाजी लगाएर पर्यटकलाई हिमाल आरोहण गराउने, घुमाउने, गन्तव्य स्थानमा पुर्याएर ल्याउने जस्ता जोखिमपुर्ण काम मजदुरहरुको काधमा रहदै आएको हुन्छ । त्यो काम पनि आफ्नो पाखुरिमा बल र तिघ्रामा मासी हुँदासम्म कम्पनी तथा व्यवसायीले दिने गर्छन् अलि उमेर ढल्कदै गएपछि काम नै पाउदैन । न उपदान, न सन्चय कोष न अरु कुनै व्यवस्था छ। यस्तो हालतमा पर्यटन मजदुरहरु गुज्रिनु वाध्यछन भने देशमा विदेशी मुन्द्रा मनग्ये भित्रिन्छ तर केमा लगानी हुन्छ कहाँ जान्छ अत्तोपत्तो छैन । यस क्षेत्रमा खुलेका विभिन्न संघ संस्थाहरुले नै वालुवाले पानी चुसे सरि चुसेरै सिधा्याउछन कि ? प्रत्यक्ष संम्लग्न हुने मजदुरले भने त्यसको केही औसत पनि प्राप्त गर्न पाउदैनन् यो अत्यन्तै दुःखद् अवस्था हो।

ठुलो हिस्सा मा वैदेशिक मुन्द्रा भित्र्याएर देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा स्थापित पर्यटन क्षेत्रका मजदुरहरुको सेवा सुबिधाको बारेमा राज्यको ध्यान जानु पर्नेमा उल्टै विभिन्न दस्तुरको नाममा दोहोरो कर थोपरेर शोषण गरेको छ । यसको ज्वलन्त उदाहरण सर्बोच्च शिखर सगरमाथा क्षेत्रमा रहेको सगरमाथा रास्ट्रिय निकुञ्जले र मकालु बरुण राष्ट्रिय निकुञ्जले गाइड दस्तुरको नाममा रु १५०० लगाएको कर र हरेक पर्यटक भरिया मार्फत असुलिने रु २५ रुपैयाँ रहेको छ । पर्यटन मजदुरहरु, अन्य क्षेत्रका मजदुरहरु लगायत सम्पुर्ण उत्पीडित जाती, वर्ग , समुदायको हितको लागि तथा हकअधिकारको लागि मजदुर वर्गको नेतृत्वमा आमूल राजनैतिक परिवर्तनको आवस्यकता छ यसको लागि सबै मजदुर एक भई आफ्ना समस्याका बारेमा राज्यलाई घचघचाउनु अहिलेको आवश्यकता देखिएको छ । लेखक क्रान्तिकारी पर्यटन मजदुर संघ

Write your Comment


Related News
  • दामन घटना प्रति होटल संघ वाग्मती प्रदेशद्धारा दुख व्यक्त
  • दामन घटना : ‘भूलवश मानवीय त्रुटी’ होटल महासंघ प्रदेश दुई
  • विदेशमा यसरी हुदै छ, नेपाल भ्रमण वर्षको प्रचार प्रसार
  • आहाँ कति राम्रो जिरी ! कसरी पुग्ने (भिडियोसहित)
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी