आज    |   

गढीमाई मन्दिर



प्रदेश दुईको बारा जिल्लामा अवस्थित गढीमाई मन्दिर नेपालको तराई क्षेत्रको प्रसिद्ध शक्तिपीठ हो। बारा जिल्लाको सदरमुकाम कलैयाबाट झण्डै आठ किलोमिटर पूर्व बरियारपुरमा अवस्थित छ गढीमाई मन्दिर । यस मन्दिरमा हरेक पाँच पाँच वर्षको शुक्ल सप्तमीदेखि ठूलो मेला लाग्ने गर्दछ । नेपालका विभिन्न क्षेत्रबाट लाखौँ दर्शनार्थीहरू ओइरो लाग्ने यस पीठमा हजारौँ भारतीय दर्शनार्थीहरू पनि आउने गर्छन।यस मन्दिरको खुल्ला चउरमा राखिएको त्रिशूलबाट मानिसका शूल रूपी तीन तापको पुजा गर्नाले आध्यात्मिक, आदिर्देविक र आदिभौक्तिक नाश हुन्छन् भन्ने जनविश्वास छ। गढीमाईको पूजाआजा गर्दा कङ्कालीमाई, जाखिनमाई, भक्तिमाईको पनि पूजा गरिन्छ।

Write your Comment


Related News
  • दामन घटना प्रति होटल संघ वाग्मती प्रदेशद्धारा दुख व्यक्त
  • दामन घटना : ‘भूलवश मानवीय त्रुटी’ होटल महासंघ प्रदेश दुई
  • विदेशमा यसरी हुदै छ, नेपाल भ्रमण वर्षको प्रचार प्रसार
  • आहाँ कति राम्रो जिरी ! कसरी पुग्ने (भिडियोसहित)
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी