आज    |   

नेपाल भ्रमण वर्ष : पुग्नै पर्ने प्रदेश एक का सामुदायिक तथा निजि होमस्टेहरु



पर्यटकलाई आवास, खाना र अन्य सेवा प्रदान गर्ने उद्धेश्यले आफ्नै घर, समुदायमा निजी वा सामूहिक रुपमा सञ्चालन गरिएको सेवा लाइ हाेमस्टे भनिन्छ । नेपालमा होमस्टेको अवधारण वि.सं.२०५३ सालबाट कार्यान्वयनमा आउन थाले पछि स्याङ्जा जिल्लाको सिरुबारीमा बेलायती सेनाका सेवानिवृत्त क्याप्टेन रुद्रमान गुरुङले सुरुवात गरेपछि नेपालमा होमस्टेको सुरुवात भएको मानिन्छ । यसको प्रभाव स्वरुप लमजुङ जिल्लाको घलेगाउँ हुदै होमस्टे अहिले देशव्यापी रुपमा फिँजिएको छ ।

विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा देखि विश्वकै सबैभन्दा होचो उपत्यका अरुण उपत्यका भएको प्रदेश एक ग्रामिण पर्यटनले भरिपूर्ण छ । चीन र भारतको बिच भागमा रहेको प्रदेश एक पर्यटनको प्रमूख गन्तव्य हो । अन्य प्रदेशको तुलनामा प्रदेश एक मा आउँने पर्यटक होटलमा मात्र हैन धर्म संस्कार र संस्कृति तथा आफ्नै पहिचान र परम्परामा रम्न तथा आइजेनिक खानेकुरा खान पर्यटकको प्रमुख रोजाई बनेको छ होमस्टे ।

प्रदेश एक मा रहेका सामुदायिक तथा निजि हाेमस्टेहरू

सामुदायिक होमस्टे
अन्तु डाँडा सामुदायिक होमस्टे – श्री अन्तु इलाम
भाङखर्क सामुदायिक होमस्टे – संखुवासभा
नाम्जेथुम्की सामुदायिक होमस्टे – धनकुटा
जस्केलो सामुदायिक होमस्टे – इलाम
कोलडाँडा सामुदायिक होमस्टे – ताप्लेजुङ
सेकाहा सामुदायिक होमस्टे – संखुवासभा
जेफाले सामुदायिक होमस्टे – मोरङ
प्रथम नागरिक धिमाल सामुदायिक होमस्टे – झापा
डाँडाबजार सामुदायिक होमस्टे – धनकुटा
बाहुण्डाँगी सामुदायिक होमस्टे – झापा
गोर्खेथुम्की सामुदायिक होमस्टे – इलाम
रौतामाई निकास सामुदायिक होमस्टे – उदयपुर
श्रीमाबु दोबाटे सामुदायिक होमस्टे – इलाम
माङसेबुङ सामुदायिक होमस्टे – इलाम
लाली खर्क सामुदायिक होमस्टे – ताप्लेजुङ
बालन गाउँ सामुदायिक होमस्टे – इलाम
बुण्डहरी सामुदायिक होमस्टे – सुनसरी
बरबोटे एग््रो इको सामुदायिक होमस्टे बरबोटे – इलाम
सप्तकोशी सामुदायिक होमस्टे प्रकाशपुर – सुनसरी
काडेभञ्ज्याङ सामुदायिक होमस्टे – ताप्लेजुङ
साधु कोलडाँडा सामुदायिक होमस्टे मौवाखोला – ताप्लेजुङ

निजि स्तरबाट संञ्चालित होमस्टे
तीन पोखरी होमस्टे – संखुवासभा
मंगलादेवी होमस्टे खाँदबारी – संखुवासभा
टि गार्डेन होमस्टे – इलाम
फुलगाछी होमस्टे – इलाम
साल्पा होमस्टे – सुनसरी
बेथानी होमस्टे सन्दकपुर – ईलाम
यसे आत्मीक – होमस्टे

Write your Comment


Related News
  • दामन घटना प्रति होटल संघ वाग्मती प्रदेशद्धारा दुख व्यक्त
  • दामन घटना : ‘भूलवश मानवीय त्रुटी’ होटल महासंघ प्रदेश दुई
  • विदेशमा यसरी हुदै छ, नेपाल भ्रमण वर्षको प्रचार प्रसार
  • आहाँ कति राम्रो जिरी ! कसरी पुग्ने (भिडियोसहित)
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी