आज    |   

२२औं वर्षमा पर्यटन बोर्ड



निजी सार्वजनिक साझेदारीको पहिलो नमुना संस्था नेपाल पर्यटन बोर्ड २२औं वर्षमा प्रवेश गरेको छ। नेपालको पर्यटन विकास र प्रवद्र्धनका निम्ति स्थापना भएको यो संस्थाले मंगलबार एक कार्यक्रम गरी २१औं वार्षिकोत्सव मनाएको छ।

बोर्डले नेपालको पर्यटन प्रवद्र्धनमा थप गति बढाउनुपर्ने र अहिलेको जम्मा तीन प्रतिशतको कुल गाहस्र्थ उत्पादन (जीडीपी)मा दिएको पर्यटन क्षेत्रको योगदानलाई बढाउनुपर्ने तर्क पर्यटनमन्त्री योगेश भट्टराईको छ। उनले नेपालको नमुना संस्थाको रूपमा अगाडि बढेको बोर्डले २१ वर्ष पूरा गरेको भए पनि यसले पर्यटन भिœयाउन दिने योगदान भने अझै बढी जिम्मेवार बनाउने पनि बताए।

कार्यक्रममा बोर्ड सञ्चालक समितिका सदस्य दीपक महतले निजी क्षेत्रको अपनत्व भएको संस्था नै बोर्ड भएको बताए। यो संस्थामा सरकारी क्षेत्रका पाँच जना र प्रमुख कार्यकारी अधिकृत (सीईओ)सहित निजी क्षेत्रका प्रतिनिधि ६ जना छन्। तर, पनि अझै अपेच्छा अनुसार पर्यटनको प्रवद्र्धन गर्न नसकिएको बताए। बोर्डमा निजी क्षेत्रले गर्ने प्रयास अझै धेरै बाँकी छ। बोर्ड जति शक्तिशाली भयो उति नै बढी पर्यटन क्षेत्रले लाभ पाउने बुझाई महतको छ

अर्का बोर्ड सदस्य पम्फा धमलाले पनि पर्यटन बोर्ड निजी क्षेत्रकै संस्था भएको भन्दै निजीकै भावना र इच्छाअनुसार सञ्चालन गर्न सधैं तत्पर रहेको बताइन्। उनले भनिन्, ‘बोर्डमा निजी क्षेत्रका प्रतिनिधि नियुक्त हुनु नै अन्तर्राष्ट्रिय स्तरमा पर्यटनको छवि बढाउन पुर्‍याएको सकारात्मक योगदान भएको बताइन्।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड कर्मचारी युनियन अध्यक्ष कुन्दन शर्मा मि श्रले पर्यटन वर्षको मुखमा बोर्ड नेतृत्वबिहीन भएको बताए। यसलाई छिटो टुङ्याउन र पर्यटनको रथ हाक्न सक्ने क्षमतावान सीईओ चाहिएको तर्क दिए।

कार्यक्रममा बोर्डका निवर्तमान सीईओ दीपकराज जोशीले बोर्डले दिएको चार वर्षे अवधिलाई जिम्मेवारीपूर्ण तबरबाट निर्वाह गरेको बताए। बोर्डले दिएको जिम्मेवारी र आफूले चार वर्षमा गरेको योगदानको मूल्यांकन यसलाई नजिकबाट नियाल्ने निकाय तथा निजी क्षेत्रले नै गर्नुपर्ने उनको बुझाइ छ।

पुनः बोर्ड सीईओका प्रतिस्पर्धी जोशीले भने विगतमा गरेको सफल कामको मूल्यांकन र कार्यक्षमताकै आधारमा फेरि जिम्मेवारी लिन तयार रहेको भन्दै आवेदन दिएको बताए। २०७२ को भूकम्प र तत्कालीन अवस्थामा व्यहोर्नुपरेको आपूर्तिको असहजतामा पनि देशको पर्यटनलाई सकारात्मक सन्देश दिने गरी जोशीले गरेको कामलाई नै उनको कार्यकालको सफल मूल्यांकनको रूपमा लिन सकिने उल्लेख छ। आजको अन्नपूर्ण पोष्टमा समाचार छ

Write your Comment


Related News
  • दामन घटना प्रति होटल संघ वाग्मती प्रदेशद्धारा दुख व्यक्त
  • दामन घटना : ‘भूलवश मानवीय त्रुटी’ होटल महासंघ प्रदेश दुई
  • विदेशमा यसरी हुदै छ, नेपाल भ्रमण वर्षको प्रचार प्रसार
  • आहाँ कति राम्रो जिरी ! कसरी पुग्ने (भिडियोसहित)
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी