आज    |   

आन्तरिक तथा वाह्य पर्यटकको रोजाई ‘होमस्टे’ – उपाध्यक्ष धनिश्वर बस्याल



नेपालका पर्यटकीय स्थलहरूमा आन्तरिक तथा वाह्य पर्यटकको रोजाइको बढन थालेपछि  पर्यटककोे रोजाईमा ग्रामीण भेगमा खोलिएका होमस्टेमा पर्न थालेको छ। पर्यटकीय स्थल भएका ठाउँहरुमा सुविधा सम्मपन्न होटलहरु भएपनि पछिल्लो समय होटलहरूमा आउने पाहुना र होमस्टेमा बस्न आाउने पाहुनाहरू फरक फरक भएकाले हाेमस्टेमा पर्यटकहरू बढ्दै गएका होमस्टे एशोसियसन नेपालका उपाध्यक्ष धनिश्वर बस्याल बताउनुहुन्छ ।

  1. पर्यटन क्षेत्रमा होमस्टे ब्यावसाय नेपालको माटो सुहाऊदो ब्यावसाय भाएकाले आन्तरिक तथा वाह्य पर्यटकहरूको रोजाई होमस्टेमा पर्न गएपछि उनिहरु होमस्टेमा महिनौंसम्म बिताउने गरेको भन्दै बस्यालले ग्रामीण भेगमा खोलीएका होमस्टेहरुमा मौलिक परम्परा, रहनसहन र जीवनशैलीका साथै परिवारिवारिक परिवेशमा पाकेको खाना, सफा सुरक्षा, आत्मीयताका साथ स्वागत सत्कार ले आन्तरिक तथा वाह्य पर्यटकको रोजाई होमस्टे बन्न पुगेको बताउनुभयो ।

गाउँकै हावापानी, बाटोघाटो, खानपान र गाउँले परिवेशमा रमाउन मौलिक गाउँबस्तीमा आन्तरिक तथा वाह्य पर्यटक पुुग्ने गर्दछन्। होमस्टेमा आउने पर्यटकले स्टार होटलमा बसेर आनन्द लिनु भन्दा गाउँघरमा घुम्दै गाउँले घरमा बसेर रमाउँदा बेग्लै अनुभूति पाएको बताउने गरेको बस्यालले बताउनुभयो ।

देशैभरि होमस्टेहरुको विकास भईरहेको छ । स्थापित होमस्टेहरुमा फुर्सदिलो र चाडबाडको समयमा घुम्न निस्किनेहरूको रोजाइमा पर्ने गर्दछ होमस्टे । पछिल्लो समय पोखराको कालावाङ घडेरी, लम्जुङको घलेगाउँ, तनहुको बन्दिपुर, काठमाडौँको नगरकोट, काभ्रेको पातलेखेत, वाँकेको गाभर भ्याली, नवलपरासीको अमलटारी, बर्दियाको डल्ला, पाल्पामा रहेका होमस्टे, तथा इलामका होमस्टेहरुमा तेस्रो मुलुकका पर्यटक आउने क्रम बढेको छ । फरक गाउँको फरकफरक परिवेश, खानपान, जीवनशैली होमस्टेमा पाउँने भएका कारण पर्यटकहरु आउने गरेको होमस्टे संञ्चालकहरु बताउँछन् ।

  1. विगतका वर्षहरुमा पर्यटकहरूको आकर्षणमा खासै पर्न नसकेका होमस्टेहरू विस्तारै पर्यटकहरूको रोजाइमा पर्न थालेका छन् । होमस्टेमा स्तरीय सेवा पाईनु, गाउँले कला, संस्कृति, भेषभूषा, खानपानमा रमाउनु, पहिचान झल्कने गाउँघर, रहनसहन र हरियालीले आकर्षित गर्नु ले होमस्टेमा आउने पर्यटकको बसाई स्मरणीय हुने भएकाले पर्यटकको रोजाई होमस्टे बन्न पुगेको र हाेमस्टेकाे कारण सास्कृतिक रूपमा नेपालकाे प्रचारप्रसारमा बढाेत्तरी भएकाे  बस्यालले बताउनुभयो ।

Write your Comment


Related News
  • दामन घटना प्रति होटल संघ वाग्मती प्रदेशद्धारा दुख व्यक्त
  • दामन घटना : ‘भूलवश मानवीय त्रुटी’ होटल महासंघ प्रदेश दुई
  • विदेशमा यसरी हुदै छ, नेपाल भ्रमण वर्षको प्रचार प्रसार
  • आहाँ कति राम्रो जिरी ! कसरी पुग्ने (भिडियोसहित)
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी