आज    |   

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चराका प्रजातिको सङ्ख्या वढ्यो तर हेर्न जाने पर्यटक बढेनन



सुदुर पश्चिम प्रदेशको गहनाको रुपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चराका प्रजातिको सङ्ख्या बढ्दै गएको छ । सन् २०१९ मा गरीएको ेचरा गणनामा ४५० प्रजातिको सङ्ख्या भेटिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्याले बताए । नेपालमा ८८७ प्रजातिका चरा रहेको भए पनि विश्वमै दुर्लभ मानिने चराको प्रजाति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेको र नेपालमा पाइने चराको प्रजाति मध्ये करिब ५० प्रतिशत चरा यहाँ पाइने पौड्याले बताए ।

सन् २०१३ देखि चराको प्रजातिको गणना हुँदै आएकोमा अहिले भुँडीफोर गरुड, राजधनेश, सुनैलो तोपचरा, खरमजुर, सानो खरमजुर, सुन गिद्ध, बगाले बगेडी, सिमतित्रा र सारसलगायतका २३ प्रजातिका विश्वमा दुर्लभ मानिएका चरा शुक्लाफाँटामा रहेका निकुञ्जले जनाएको छ।

चरा बढे पनि पर्यटक बढेनन
कञ्चनपुर जिल्लामा रहेको राष्ट्रिय निकुञ्जमा चराको संस्या बढे पनि हेर्न जाने पर्यटकको संख्या बढ्न सकेको छैन । विश्वमै दुर्लभ मानिने बाह्रसिङ्गाको झुण्ड भए पनि प्राप्त प्रचार प्रसार नहुँदा सोचे जस्तो पर्यटक नआएको एक गाईडले बताए ।

Write your Comment


Related News
  • दामन घटना प्रति होटल संघ वाग्मती प्रदेशद्धारा दुख व्यक्त
  • दामन घटना : ‘भूलवश मानवीय त्रुटी’ होटल महासंघ प्रदेश दुई
  • विदेशमा यसरी हुदै छ, नेपाल भ्रमण वर्षको प्रचार प्रसार
  • आहाँ कति राम्रो जिरी ! कसरी पुग्ने (भिडियोसहित)
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी