आज    |   

स्वास्थ्यमन्त्रीले भने चीनमा बनेको कण्डम आफ्ना नागरिक र पर्यटकका लागि साँघुरो भयो



आफ्ना देशमा घुम्न आउने पर्यटक र नागरिकका लागि चीनमा बनेको कण्डम साँघुरो भएको स्वास्थ्यमन्त्रीले बताएका छन् । एचआईभी र एड्स रोकथामसम्बन्धी कार्यक्रममा स्वास्थ्यमन्त्रीले दक्षिणी क्षेत्रमा यौनजन्य रोगको संक्रमण उच्च रहेको र सरकारले कण्डम प्रयोग गर्न प्रोत्साहन गरे पनि साँघुरोका कारण चुनौति भएको बताएका छन् ।

चीनमा बनेको कण्डम अफ्रिकी मुलुकका पुरुषहरुका लागि निकै सानो भएको जिम्बावेका स्वास्थ्यमन्त्री डेभिड परिरेन्यात्वाले बताए । उनले अहिलेका युवाहरुले विशेष प्रकारका कण्डमहरु प्रयोग गर्न चाहने, तर आफुहरुसँग उत्पादन गर्ने उद्योग नहुँदा चीनबाट आयात गरिएका साँघुरा कण्डमबाट पुरुषहरु आजित भईरहेको डेभिडले गुनासो गरे ।

अब साँघुरा चिनियाँ कण्डमको साटो जिम्बावेकै कम्पनीहरुले आफ्ना नागरिक र पर्यटकका लागि कण्डम उत्पादन गर्नुपर्ने र स्थानीय उत्पादन प्रयोग गर्नेतर्फ अघि बढ्नुपर्ने स्वास्थ्यमन्त्रीको तर्क छ । जिम्बाबेका १३.५ प्रतिशत प्रौढ जनसंख्या एचआईभीरएड्सबाट संक्रमित छ ।

स्वास्थ्यमन्त्री डेभिडले आलोचना गरेपछि चिनियाँ कण्डम कम्पनीहरुले अबदेखि विभिन्न आकारका कण्डम उत्पादन गर्ने जानकारी गराएका छन् । चिनियाँ कण्डम उत्पादक कम्पनीका प्रमुख कार्यकारी झाओ चुनले आफुहरुले अब अफ्रिकी मुलुकका लागि ठूलो साईजका कण्डमहरु बनाउन लागेको जानकारी गराए ।

अहिले आफुहरुले अफ्रिकी क्षेत्रमा अध्ययन गरिरहेको र भविष्यमा समस्या नहुने गरी विभिन्न प्रकारका ठूला साईजका कण्डम उत्पादन गरिने झाओले बताए ।विश्वका हरेक देशबाट फरक–फरक आकारका कण्डम माग हुने चिनियाँ उत्पादकहरुको भनाई छ । चिनियाँहरुले पातलो कण्डम प्रयोग गर्ने र अमेरिकनहरुले नरम कण्डम प्रयोग यी कम्पनीहरुले जानकारी दिए ।

प्रतिवेदनहरुका अनुसार चीन विश्वकै सबैभन्दा ठूलो कण्डम उत्पादक हो, जसले बार्षिक तीन अर्ब गोटा कण्डम बनाउने गर्छ । अहिले चीनमा झन्डै ३०० वटा कण्डम उत्पादक कम्पनीहरु सञ्चालनमा छन् ।एजेन्सी ।

Write your Comment


Related News
  • जनैपूर्णिमा मेलामा पार्वती कुण्डमा एक हजार भन्दा बढि तीर्थयात्रीले मेला भरे जनैपूर्णिमा मेलामा पार्वती कुण्डमा एक हजार भन्दा बढि तीर्थयात्रीले मेला भरे
  • पार्वतीकुण्डमा पनि जनैपूर्णिमा मेला लाग्ने पार्वतीकुण्डमा पनि जनैपूर्णिमा मेला लाग्ने
  • भ्रमण वर्ष सफल पार्न बेलायतमा हाइकिङ
  • दुधकुण्ड खोलामा एक पर्यटकको बेपता दुधकुण्ड खोलामा एक पर्यटकको बेपता
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी