आज    |   

होटल महासंघको अधिवेशन कर्णालीमा, १५ सय ५० प्रतिनिधि सहभागी हुने



दिपक जैसी, सुर्खेत

देशैभरी छरीएर रहेका साना तथा मझौला होटलहरुको छाता संगठन होटल व्यवसायी महासंघको तेस्रो अधिवेशन कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुनेभएको छ । होटल व्यवसायी संघ सुर्खेतले शनिबार पत्रकार सम्मेलन मार्फत पुस ४ र ५ गते होटल व्यवसायी महासंघको तेस्रो अधिवेशन सुर्खेतमा गर्ने जानकारी गराएको हो ।

अधिवेशनको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश कुमार भट्टराईले गर्ने होटल ब्यावसायी संघ सुर्खेतका अध्यक्ष गोरख बहादुर रावतले बताए । रावतले पुस ४ र ५ गते हुने अधिवेशनमा देशैभरका ८० हजार होटल ब्याबसायीहरुको तर्फबाट १५ सय ५० प्रतिनिधि सहभागी हुने बताए ।

समृद्ध कर्णाली प्रदेशको नारालाई सघाउ पु¥याउन र पर्यटन भ्रमण वर्ष २०२० मा कर्णाली प्रदेशमा एक लाख आन्तरिक तथा वाह्य पर्यटक भित्राउने उदेश्यलाई सार्थतकता दिनका लागी ब्यावसायीहरु पनि सक्षम छन् भन्ने सन्देश देशैभर पुर्याउन सुर्खेतमा अधिवेशन गर्न लागेको होटल ब्यावसायी संघका महासचिव जनकसिंह ठकुरीले बताए ।

यस्तै सरकारको अर्गानिक प्रदेशको नारालाई मुर्त रुप दिनका साथै सबै पाहुनाहरुलाई अर्गानिक खानाका परीकारहरुले स्वागत गर्न तथा प्रदेशका पर्यटकीय स्थलहरु दैलेखको ज्वाला क्षेत्र, मुगुको रारा, डोल्पाको शेफोक्सुण्डो, सुर्खेतका्े काँक्रेबिहार, बुलबुले, सल्यानको कुपिण्डे दह को प्रचार प्रसार गर्न सुर्खेतमा अधिवेशन गर्न लागिएको निरञ्जन केशीले बताए ।

Write your Comment


Related News
  • अच्युत गुरागाई नाट्टाको अध्यक्षमा निर्वाचित
  • नेपाल भ्रमण वर्षको आधिकारिक वायुसेवा नेपाल वायुसेवा निगम
  • २५०० मिटरको उचाइमा ‘थम डाँडा इको होमस्टे कम्युनिटी’
  • नेपालको इतिहास बोकेको नुवाकोटको साततले दरबार
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी