आज    |   

होटल व्यवसायमा ब्यावसायीक एकरुपता आवश्यक : अध्यक्ष रावत



कर्णाली प्रदेश धार्मिक तथा पर्यटकीय स्थलको एक खानी हो । दूरी र प्रचारप्रसार बिना प्रदेशका पर्यटकीय स्थलहरुमा सोचे जस्तो पर्यटकको आगमन बढ्न सकेको छैन । प्रदेशमा रहेका पर्यटकीय स्थलहरुमा पर्यटक ल्याउन होटल व्यवसायीहरुले ठूलो भूमिका निर्वाह गरेका हुन्छन । यसै विषयमा केन्द्रित रहेर आओर टुरिजम न्युज कर्णाली प्रदेश प्रमुख दिपक जैसीले होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष गोरख बहादुर रावतसंग पछिल्लो समय सुर्खेतमा होटल व्यवसायको अवस्था, पर्यटन प्रर्वधनमा खेलेको भूमिकाको बारेमा गरेको कुराकानी ः

सुर्खेत जिल्लामा भएका होटलहरुको वर्तमान अवस्ता के कस्तो छ ?
समग्रमा भन्नुपर्दा सुर्खेमा होटल व्यवसायीहरुको अवस्था सन्तोषजनक रहेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत भएका कारणा विभिन्न सरकारी तथा संघ संस्थाका कार्यालयहरुको आगमनले होटल व्यवसाय राम्रो रहेको छ । पछिल्लो समय सुर्खेततमा नयाँ होटलहरुको आगमन बढ्दो क्रममा छ । चलिरहेका होटलहरुको अकुपेन्सी पनि बढ्दो रहेको छ ।

प्रदेशमा पर्यटक भित्राउन होटल व्यवसायले के कस्तो भूमिका खेलेको छ ?
प्रदेशमा रहेका पर्यटकीय स्थलहरुमा घुम्न आउने पर्यटकहरुलाई सहज रुपमा बस्न र खानको लागि होटल व्यवसायीहरुले राम्रो व्यवस्था गरेका छन् । अर्को कुरा पर्यटकीय स्थलहरुको जानकारी पनि होटल बाटै पाउने भएकाले पछिल्लो समय पर्यटकीय स्थलहरुको सुचनाको माध्यम होटलहरु बनेका छन् । होटल व्यवसायीसंघले प्रदेशमा आउने पर्यटक ईच्छा अनुरुप खानाको राम्रो व्यवस्थ गर्न हामीले विभिन्न संघ संस्थाको सहयोगमा तालिमहरु दिई रहेका छौँ ।

सुर्खेतको होटल ब्यावसायमा देखा परेका समस्याहरु के के हुन ?
होटल व्यवसायको मूख्य समस्या भनेको दक्ष्य जनशक्तिको अभाव हो । होटलको संख्या दिन प्रति दिन बढ्दै गएको छ तर पर्यटकको रोजाईको खाना खुवाउनलाई हामीलाई समस्या परेको छ । अर्को कुरा होटलमा दिगो रुपमा काम गर्ने श्रमीकहरु नहुनु पनि हो । काम सीक्नेबेला सम्म होटमा बस्ने र काम सीकीसके पछि अर्कै ठाउँमा जाने परम्पराले होटल व्यवसायीहरुले भने जस्तो सुविधा दिन सकेका छौँनन । होटल व्यवसाय सञ्चालन गर्द बैंकबाट लिईने व्याजरको पनि उच्च रहेको छ यसले व्यवसायीले बैंकको व्ययाज तिर्ने कि स्टाफ लाई तलब खुयाउने भन्ने चिन्ताको विषय बन्न पुगेको छ ।

नेपाल भ्रमण वर्ष आउन केहि महिना बाँकि छ, यसलाई सफल पार्न केहि योजना बनाउनुभएको छ ?
संघीय सरकारले घोषण गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न हामी होटल व्यवसायी लागि परेका छौँ ।सरकारले पहिलो कुरा पर्यटकीय स्थलहरुमा जानको लागि यातायतको सहज व्यवस्था गर्नु पर्दछ । हामीले प्रदेशमा आउने पर्यटकहरुलाई राम्रो खाना बस्नको व्यवस्था मिलाउछौँ त्यसको लागि होटल व्यवसायीहरुसंग सरकारले छलफल गर्नु पर्दछ ।

होटल ब्यावसायलाई चुस्त र दुस्त राख्न आगामी दिनमा के गर्नुपर्र्ला ?
अहिले प्रतिशप्रधाको को जमाना छ सरकारले स्तर हेरेर होटल व्यवसायको वर्गीकरण गर्नु पर्छ ता कि होटलमा आउने पर्यटक एउटै खालको हुदैन । कोहि बढि पैसा खर्च गर्ने हुन्छ भने कोहि कम पैसा खर्च गर्ने हुन्छ । साना लगानिका होटलहरुको स्तरउन्नति गर्नु पर्दछ । हामीले आगामी दिनमा ब्यावसायबिच एकरुपता ल्याउने, ब्यावसायीक स्तरिकरण गर्ने, सामुहिक अवलोकन भर्मण गर्ने, र बस्तुगत समिति बनाउने योजना बनाएका छौँ ।

Write your Comment


Related News
  • नेपाल भ्रमण वर्षलाई प्रदेश दुई ले महा अभियानकाे रूपमा मनाउने
  • होटल महासंघको अधिवेशन कर्णालीमा, १५ सय ५० प्रतिनिधि सहभागी हुने
  • भरतपुर विमानस्थल १० दिन बन्द हुने
  • होटल महासंघको सर्वसम्मत नेतृत्व चयन गर्न प्रदेश तिनले बनायो ५ सदस्यीय समिति
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी