आज    |   

होटल महासंघको सर्वसम्मत नेतृत्व चयन गर्न प्रदेश तिनले बनायो ५ सदस्यीय समिति



होटल व्यवसायी महासंघको नेतृत्व सर्वसम्म चयन गर्न प्रदेश तिनले ५ सदस्यीय समिति  गठन गरेकाेे छ । पुष ४ र ५ गते हुने तेस्रो महाधिवेशनमा नेतृत्व सर्वसम्मत बनाउन होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश तिनका अध्यक्ष सन्तोष उप्रेतिको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी प्रदेश तिनले आईतबार बनेपामा बसेको होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश ३ नेपालको बैठकले आसन्न महासंघको नेतृत्व सर्वसम्मत बनाउन अध्यक्ष उप्रेतिको संयोजकत्वमा समिति गठन गरेकाे जनाएकाे हाे । समितिमा दिपेन सुवेदी, मोहिनी आचार्य, गणेश ढकाल, शैलेष कार्की रहनु भएकााे छ ।

पत्रकार सम्मेलनमा बोल्दै प्रदेश तिनका अध्यक्ष उप्रेतिले देश संघियतामा गएपछि प्रत्येक प्रदेशमा प्रदेश कमिटि गठन भएको अवस्थामा महासंघमा आवद्ध संस्था धेरै भएको भन्दै पदका लागि हुने विवाद अनत्य गरी महासंघको नेतृत्व सर्वसम्मत बनाउन प्रदेश तिनले समिति बनाएको बताउनुभयो । उप्रेतिले समितिले सात वटै प्रदेशमा गठन भएका संघ र महासंघ विच सहकार्य गरी सर्वसम्मत नेतृत्व चयन गर्न भूमिका खेल्ने बताउनुभयो ।

प्रदेश तिनका सल्लाहाकार लिला ढकालले अबको महासंघको नेतृत्व पार्टीगत नभई व्यवसायी हितमा काम गर्नेले पाउनु पर्ने बताउनुभयो । ढकालले महासंघको नेतृत्व सर्वसम्मत गराउन प्रदेश तिनले समन्यवयनकारी भूमिका खेल्नुपर्ने बताउनुभयो ।

पत्रकार सम्मेलनमा काठमाडौँ जिल्ला होटल व्यवसायी संघका अध्यक्ष शैलेष कार्कीले महासंघको महाधिवेशमा सर्वसम्मत नेतृत्व चयनका लागि प्रदेशको निर्देशनका आधारमा आफुहरु अगाडि बढ्ने बताउनुभयो ।

होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश ३ ले नेपाल भ्रमण वर्षलाई सफल पार्न भ्रमण वर्ष अवधिभर प्रदेशका १३ वटै जिल्लामा पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु गर्ने जनाएको छ ।

Write your Comment


Related News
  • नेपाल भ्रमण वर्षलाई प्रदेश दुई ले महा अभियानकाे रूपमा मनाउने
  • होटल महासंघको अधिवेशन कर्णालीमा, १५ सय ५० प्रतिनिधि सहभागी हुने
  • भरतपुर विमानस्थल १० दिन बन्द हुने
  • होटल व्यवसायमा ब्यावसायीक एकरुपता आवश्यक : अध्यक्ष रावत
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी