आज    |   

९ सय ९९ मा कुपिण्डे दह घुम्ने अवसर



दिपक जैसी/सुर्खेत
कणाली प्रदेशको मिनी राराको उपनामले चिनिएको कुपिण्डे दह घुम्न जानेको लागि आकर्षक प्याकेज आएको छ । कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा रहेको नेपाल एयर बिजनेश ट्राभल एण्ड टुर्सले सुर्खेतबाट कुपिण्डे दह जान चाहानेको लागि प्याकेज ल्याएको हो ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर कुपिण्डे दह घुम्न जाने आन्तरिक तथा वाह्य पर्यटकको लागि रु ९ सय ९९ को प्याकेज ल्याएको हो ।  नेपाल एयर बिजनेश ट्राभल एण्ड टुर्सका सञ्चालक निर्मल केसीले कर्णाली प्रदेशको राराको उपनामले चिनिएको कुपिण्डे दह कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट नजिकको दुरिमा परे पनि आफ्नै सवारी साधन तथा जान इच्छा भएका आन्तरिक पर्यटकलाई लक्षित गरि प्याकेज ल्याएको बताए ।

एक दिनको प्याकेजमा न्युनतम ८ जना भए खाजा निशुल्क हुने र सो भन्दा बढि भए खाना को व्यवस्था रहेको बताए । कर्णाली प्रदेशको पर्या पर्यटनलाई विश्वसामु चिनाउन र प्रदेशका पर्यटकीय स्थलहरुको प्रचारप्रसार गरी पर्यटकको आगमन बढाउन प्याकेजले महत्वपूर्ण भूमिका खेल्ने कसीले बताए । यो प्याकेज मंसिर १ गते देखि लागु गरिएको छ ।

Write your Comment


Related News
  • अच्युत गुरागाई नाट्टाको अध्यक्षमा निर्वाचित
  • नेपाल भ्रमण वर्षको आधिकारिक वायुसेवा नेपाल वायुसेवा निगम
  • २५०० मिटरको उचाइमा ‘थम डाँडा इको होमस्टे कम्युनिटी’
  • नेपालको इतिहास बोकेको नुवाकोटको साततले दरबार
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी