आज    |   

बाँकेको पर्यटन विकासका लागि भारतीय पर्यटक भित्राउन सरोकारवालासंग छलफल



बाँकेकाे पर्यटन विकासका लागि भारतीय पर्यटक भित्राउन नेपाल पर्यटन वोर्डका प्रतिनिधि र बाँकेका सराेकारवालानिकाय बिच  छलफल गरिएकाे छ ।

नेपाल पर्यटन वोर्ड र बाँँकेका पर्यटन व्यवसायी बिच मंगलबार हाेटल सिद्दार्थमा भएको भारतका सीमावर्ती शहरहरु लक्षित आसन्न गन्तव्य र व्यवसाय प्रवद्र्धन अन्तरक्रिया कार्यक्रममा, नेपाल पर्यटन वोर्डले बाँकेकाे पर्यटन व्यवसायलाई दिगो बनाउन भारतीय कुन कुन शहरहरुमा विटुबी कार्यक्रम गर्दा बाँँकेेेेले पर्यटन ‍‍‍‍‍‍‍‍‍‍क्षेत्रबाट फाईदा लिन सक्छ भन्ने बिषयमा अन्तरक्रिया कार्यक्रम गरिएकाे हाे ।

अन्तरक्रिया कार्यक्रममा नेपाल पर्यटन वोर्डका पर्यटन बजार व्यवस्थापन तथा प्रर्वद्ध महाशाखाका वरिष्ठ प्रर्वधक दिवाकर विक्रम राणाले बाँकेमा आउने धेरैजसो पर्यटकहरु भातीय भएकाले ति पर्यटकलाई भित्र्याउन भारतका विभिन्न शहरहरूमा बिटुबी कार्यक्रम मार्फत जिल्लामा रहेका पर्यटकीय क्षेत्रकाे प्रचार  गर्नुपर्ने बताए । सिमासंग जाेडिएका जिल्लाका पर्यटकीय स्थलहरुको प्रोमोसनमा नेपाल पर्यटन बोर्ड लागेको भन्दै व्यवसायीहरुले आफ्नो व्यवसाय तथा पर्यटकीय स्थलको प्रचार मार्फत पर्यटक भित्राउन चाहे बोर्डले सहयोग गर्ने राणाले बताए ।

नेपाल पर्यटन बोर्ड साउथ एसिया डेक्सका अधिकृत राेविन रेग्मीले नेपालमा विगत देखि अहिले सम्म हेर्दा भारतीय पर्यटकले नेपालमा गर्ने खर्च बृद्धि भएकाले बाँँकेका ब्यवसायीले भारतीय पर्यटक भित्रायी फाईदा लिनुपर्ने बताउनुभयाे । रेग्मीले  भारतीय पर्यटक  भित्राउन दुुई  देशका ब्यवसायी विच हुने विटुबी कार्यक्रमलेे व्यवसायी बिच एक सम्वन्ध जाेड्ने भएकाले पर्यटन वोर्डले सहयाेगी भूमिका खेल्ने बताए ।

छलफल कार्यक्रममा नेपाल पर्यटन वोर्डका एसिया तथा ओसिनिया डेक्सका अधिकृत सागर उपाध्यायले पर्यटन वोर्डले पश्चिम क्षेत्रका पर्यटन व्यवसायीलाई एक अवसर दिएकाले त्यसको सदुपयोग गदै व्यवसायीक सफलता हासिल गर्नुपने बताए । उपाध्यायले भारतीय नाका नजिक भएकाले त्यस नाका हुदै पर्यटक भित्राउन बोर्डले पुलको काम गर्न लागेको बताए ।

छलफल कार्यक्रममा विभिन्न क्षेत्रका पर्यटन ब्यवसायीहरूले विगतमा यस जिल्लामा विभिन्न कार्यक्रम  भए पनि त्यसले प्रभाव नपारेकाेले वाँकेकाे पर्यटनलाई राज्यले नहेरेका कारण ब्यवसाय गर्न असहज भएकाे ब्यवसायीहरूले बताए । बाँँकेमा पर्यटक भित्र्याउन पहिले शहरलाई सफा गर्दै  प्रचारप्रसार गरे पर्यटक भित्र्याउन सहज हुने बताए ।

Write your Comment


Related News
  • नेपाल भ्रमण वर्षलाई प्रदेश दुई ले महा अभियानकाे रूपमा मनाउने
  • होटल महासंघको अधिवेशन कर्णालीमा, १५ सय ५० प्रतिनिधि सहभागी हुने
  • भरतपुर विमानस्थल १० दिन बन्द हुने
  • होटल व्यवसायमा ब्यावसायीक एकरुपता आवश्यक : अध्यक्ष रावत
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी