आज    |   

कर्णालीमा पर्यटन प्रर्बधन गर्न अन्तरक्रिया कार्यक्रम



दिपक जैसी/सुर्खेत

कर्णाली प्रदेशको पर्यटन प्रर्वद्धन र विकासका लागि आन्तरिक तथा भारतीय पर्यटक भित्राउन नेपाल  पर्यटन वोर्डले योजनाका कार्यक्रम ल्याउनुपर्नेमा सुर्खेतका व्यवसायीहरुले आफनो धारण राखेका छन् । नेपाल पर्यटन वोर्ड र सुर्खेतका पर्यटन व्यवसायी बिच सोमबार सुर्खेतमा  भएको भारतका सीमावर्ती शहरहरु लक्षित आसन्न गन्तव्य र कर्णाली प्रदेशको पर्यटन व्यवसाय प्रवद्र्धन गर्न अन्तरक्रिया कार्यक्रम गरेको हो ।

नेपाल पर्यटन वोर्डले  पर्यटन व्यवसायलाई दिगो बनाउन भारतीय शहरहरुमा विटुबी कार्यक्रम गर्न सहयोग गर्ने र त्यसका लागि वोर्ड र व्यवसायीले योजनाबद्ध रुपमा काम गर्न सके कर्णाली प्रदेशको पर्यटनमा फाईदा पुग्ने बताए ।अन्तरक्रिया कार्यक्रममा नेपाल पर्यटन वोर्डका पर्यटन बजार व्यवस्थापन तथा प्रर्वद्ध महाशाखाका वरिष्ठ प्रर्वधक दिवाकर विक्रम राणाले नेपालमा आउने धेरैजसो पर्यटकहरु भातीय भएकाले ति पर्यटकलाई सुर्खेत सम्म ल्याउनको लागि सिमावर्ती भारतीय क्षेत्रका व्यवसायी बिच विटुबी कार्यक्रम गर्नु पर्ने बताउनुभयो । बोर्डर जोडिएका जिल्लाका पर्यटकीय स्थलहरुको प्रोमोसनमा नेपाल पर्यटन बोर्ड लागेको भन्दै व्यवसायीहरुले आफ्नो व्यवसाय तथा पर्यटकीय स्थलको प्रचार मार्फत पर्यटक भित्राउन चाहे बोर्डले सहयोग गर्ने राणाले बताए ।

यस्तै कार्यक्रममा नेपाल पर्यटन बोर्ड साउथ एसिया डेक्सका अधिकृत रोविन रेग्मीले नेपालमा विगत देखि अहिले सम्म हेर्दा भारतीय पर्यटकले नेपालमा गर्ने खर्च बृद्धि भएकाले सुर्खेतमा बढि भारतीय पर्यटक भित्राउदा फाईदा पुग्ने बताए ।  उनले भने सुर्खेतमा मौसम अनुकुल छ, भारतीय पर्यटकहरुको मुख्या रोजाई बन्न सक्छ । उनले व्यवसायी र भारतका व्यवसायी विच हुने विटुबी कार्यक्रमले व्यवसायी बिच एक सम्वन्ध जोड्ने पर्यटन वोर्डले भूमिका खेल्ने बताए । पर्यटन वोर्डले सुर्खेतका पर्यटन व्यवसायीलाई एक अवसर दिएकाले त्यसको सदुपयोग गदै व्यवसायीक योजना बनाउने समेत सुजाब दिए ।

कार्यक्रममा सुर्खेत होटल ब्याबसायी सँगका महासचिव जनक सिंह ठकुरीले होमस्टे ब्यावस्थापन, तालिमको आवस्यकता, र राराको पर्यटन ब्यावस्थापनका ध्यान दिनसके  वढी पर्यटकहरु सुर्खेतमा ल्याउन सक्ने बताए । त्यस्तै यूवा पर्यटन ब्यासायी ज्ञानेन्द्र गौतमले अहिले सम्म कसैले पनि सहयोग नगरेको र आफु निरन्तर सो क्षेत्रमा लागि रहेको बताए ।

कार्यक्रममा पर्यटन वोर्डले अहिले सम्म कुनैपनि कार्यक्रममा कर्णालीलाई समाबेश नगरेको र आगामी दिनहरुमा समाबेश गरिनुपर्ने तथा युरोप तथा एसियाका देशहरुमा हुने कार्यक्रममा पर्यटन वोर्डले कर्णालीबाट प्रतिनिधत्व गराईनु पर्ने, पर्यटन वर्ष २०२० का अन्तराष्ट्रीय सम्बन्ध तथा प्रचार प्रसार बिभागका प्रमुख देवराज जैसीले वताउनु भयो ।

 

 

Write your Comment


Related News
  • नेपाल भ्रमण वर्षलाई प्रदेश दुई ले महा अभियानकाे रूपमा मनाउने
  • होटल महासंघको अधिवेशन कर्णालीमा, १५ सय ५० प्रतिनिधि सहभागी हुने
  • भरतपुर विमानस्थल १० दिन बन्द हुने
  • होटल व्यवसायमा ब्यावसायीक एकरुपता आवश्यक : अध्यक्ष रावत
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी