ताजा समाचार

आज    |   

बर्दियामा पर्यटक भित्राउन पर्यटन वोर्ड र व्यवसायी विच छलफल



टंक रेग्मी
बर्दियाको पर्यटन विकासका लागि भारतीय पर्यटक भित्राउन नेपाल पर्यटन वोर्डले योजनाबद्ध रुपमा कार्यक्रम ल्याउनुपर्नेमा बर्दियाका व्यवसायीहरुले जोड दिएका छन् । नेपाल पर्यटन वोर्ड र बर्दियाका पर्यटन व्यवसायी बिच आईतबार ठाकुरद्धारामा भएको भारतका सीमावर्ती शहरहरु लक्षित आसन्न गन्तव्य र व्यवसाय प्रवद्र्धन अन्तरक्रिया कार्यक्रममा नेपाल पर्यटन वोर्डले बर्दियाको पर्यटन व्यवसायलाई दिगो बनाउन भारतीय शहरहरुमा विटुबी कार्यक्रम गर्न सहयोग गर्ने र त्यसका लागि वोर्ड र व्यवसायीले योजनाबद्ध रुपमा काम गर्न सके बर्दियालाई पाईदा पुग्ने बताए ।

अन्तरक्रिया कार्यक्रममा नेपाल पर्यटन वोर्डका पर्यटन बजार व्यवस्थापन तथा प्रर्वद्ध महाशाखाका वरिष्ठ प्रर्वधक दिवाकर विक्रम राणाले नेपालमा आउने धेरैजसो पर्यटकहरु भातीय भएकाले ति पर्यटकलाई बर्दिया सम्म ल्याउनको लागि सिमावर्ती भारतीय क्षेत्रका व्यवसायी बिच विटुबी कार्यक्रम गर्नु पर्ने बताउनुभयो । बोर्डर जोडिएका जिल्लाका पर्यटकीय स्थलहरुको प्रोमोसनमा नेपाल पर्यटन बोर्ड लागेको भन्दै व्यवसायीहरुले आफ्नो व्यवसाय तथा पर्यटकीय स्थलको प्रचार मार्फत पर्यटक भित्राउन चाहे बोर्डले सहयोग गर्ने राणाले बताए । बर्दिया जिल्लामा रहेका पर्यटकीय स्थलहरु पर्यटको रोजाई पर्न सफल भएकाले बर्दिया जिल्लामा ओएस ट्राभव मार्ट आयोजना हुने र त्यसका लागि व्यवसायीहरुले साथ दिनुपर्ने बताए ।

नेपाल पर्यटन बोर्ड साउथ एसिया डेक्सका अधिकृत राेविन रेग्मीले नेपालमा विगत देखि अहिले सम्म हेर्दा भारतीय पर्यटकले नेपालमा गर्ने खर्च बृद्धि भएकाले बर्दियमा अन्य देशका भन्दा बढि भारतीय पर्यटक भित्राउदा फाईदा पुग्ने बताए । उनले बर्दियाका व्यवसायी र भारतका व्यवसायी विच हुने विटुबी कार्यक्रमले व्यवसायी बिच एक सम्वन्ध जाेड्ने पर्यटन वोर्डले भूमिका खेल्ने बताए ।
छलफल कार्यक्रममा नेपाल पर्यटन वोर्डका एसिया तथा ओसिनिया डेक्सका अधिकृत सागर उपाध्यायले पर्यटन वोर्डले बर्दियाका पर्यटन व्यवसायीलाई एक अवसर दिएकाले त्यसको सदुपयोग गदै व्यवसायीक सफलता हासिल गर्नुपने बताए । भारतीय नाका नजिक भएकाले त्यस नाका हुदै पर्यटक भित्राउन बोर्डले पुलको काम गर्न लागेको बताए ।

कार्यक्रममा पर्यापर्यटन बिकास मञ्चका अध्यक्ष मोहनलाल चौधरीले यस अघि बर्दियाका व्यवसायीले विटुबी कार्यक्रम लागि जुटेको भए पनि विधि र प्रक्रिया नहुदा पछि हट्नु परेको थियो तर अहिले पर्यटन बोर्डले साथ दिए व्यवसायीहरु गर्न तयार भएको बताए । उनले बर्दिया राष्ट्रिय निकुञ्ज जर्मनीमा भएको विश्व कै ठूलो पर्यटन मेला आइटिवी बाट दिगो गन्तव्यका रुपमा पुरस्कृत भएकोले ओयस ट्राभल मार्ट बर्दियामै गर्नु पने बताए ।

कार्यक्रममा पर्यटन व्यवसायीहरुले विगतमा बर्दियाको पर्यटन क्षेत्रलाई नेपाल पर्यटन वोर्डको कुनै सहयोग नगरेको र यस पालि कुरा भन्दा काम गर्नु पर्ने बताए । बर्दियामा क्वालिटी टुरिष्ट भित्राउनको लागि साउथ तथा राजस्थानका शहरहरुमा विटुबी गर्नु पर्ने सराेकारवालाले सुझाव दिए ।

Write your Comment


Related News
  • कर्णालीमा पर्यटन प्रर्बधन गर्न अन्तरक्रिया कार्यक्रम
  • काण्डै काण्डमा नेकपाका नेता, पर्यटन राज्य मन्त्रीद्धारा राजीनामा
  • कर्णाली पुलमा सेल्फी खिच्ने पर्यटकको भीड
  • सौराहा नजिकै होमस्टे, एक हजारमै खान बस्ने सुविधा
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी