ताजा समाचार

आज    |   

कर्णाली पुलमा सेल्फी खिच्ने पर्यटकको भीड



दिपक जैशी

बर्दिया भ्रमण वर्ष सफल पार्न कर्णाली पुलमा सेल्फी खिच्ने पर्यटकको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । कर्णालीको पुलमा पुग्नासाथ सबैको हात क्यामारामा र मोवाइलमा हुन्छ । प्रदेश नम्बर पाँच, कर्णली प्रदेश र सुदुरपश्चिम प्रदेश बाट पुल हेर्न आउने भीड देख्दा पहिलो पटक कर्णाली चिसापानी पुग्ने पर्यटकहरु अचम्ममा पर्दछन । कोहि पुलको बिचमा बसेर फोटो खिच्दछन । कोहि पुलको वारी पारी गएर मोवाइलले सेल्फि खिच्दछन । कोहि पुलबाट कर्णाली नदीको छाललाई हेर्दै रमाउछन ।

प्रदेश नम्वर ५ र ७ को सिमामा पर्ने कर्णाली चिसापानीमा यो दृष्य हरेक दिन देख्न पाइन्छ । कर्णाली पुल नेपालको सबैभन्दा लामो पुल मध्येको एक हो । यो पुल कर्णालीको चिसापानीमा पर्दछ । पर्यटकीय सिजन सुरु भए संगै आन्तरिक तथा वाह्य पर्यटकको रोजाई मा परेको छ कैलालीको, चिसापानीमा रहेको कर्णाली पुल । यस पुलको अवलोकन भ्रमण तथा पिकनिक कार्यक्रमका लागि विद्यार्थीदेखि अन्य विभिन्न क्षेत्रका मानिसहरु आउने गर्दछन् । पछिल्लो समय खासगरी युवायुवतीहरु यस पुलमा सेल्फी खिच्नैका लागि आउने गरेको स्थानीय बताउँछन् । आर्कषकको रुपमा रहेको कर्णाली पुल हेर्न कतै यात्रामा जाँदासमेत एकछिन गाडी रोकेर भए पनि पुलमा फोटो खिचाउने, र होटलका चुलोमा राखिएको माछाहरुले यस ठाउँमा जाने जोकोहि पर्यटकलाई एक छिन बस्न बाध्य बनाउछ । ५०० मिटर लामो र १० मिटर चौडा रहेको यो पुल पर्यटकलाई आकर्षित गर्नेे लामो पुल हो । यसको निर्माण सन् १९९३ मा पूरा भएको हो ।

यो तार पुल हो जसको बिचमा ठूलो खम्बा छ र त्यसमा स्टीलका तारहरु बाँधेर ट्रसलाई अडयाइएको छ । बिचको खम्बाको एक भाग तिर ३२५ मिटर छ भने अर्को भाग तिर १७५ मिटर रहेको छ । यो पुलको निर्माण गर्दा ३,८७० टन स्टील प्रयोग गरिएको थियो । पुलको निर्माण जापानको कावासाकी हेवी इन्डस्ट्रिजले गरेको हो । कर्णाली नदीको पौराणिक नाम पञ्चेश्वरी हो । नेपालको सबै भन्दा लामो नदी कर्णाली नदी हो । यसको लम्वाई ५०७ किमी रहेको छ भने जलप्रवाहित क्षेत्र ४९ हजार वर्ग कि.मी.छ । यस पुलमा जानको लागि बाँकेको कोहलपुर बाट करिव ३ घण्टाको दुरिमा पुग्न सकिन्छ ।

भिडियाे रिपाेर्ट

Write your Comment


Related News
  • कर्णालीमा पर्यटन प्रर्बधन गर्न अन्तरक्रिया कार्यक्रम
  • काण्डै काण्डमा नेकपाका नेता, पर्यटन राज्य मन्त्रीद्धारा राजीनामा
  • बर्दियामा पर्यटक भित्राउन पर्यटन वोर्ड र व्यवसायी विच छलफल
  • सौराहा नजिकै होमस्टे, एक हजारमै खान बस्ने सुविधा
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी