ताजा समाचार

आज    |   

सौराहा नजिकै होमस्टे, एक हजारमै खान बस्ने सुविधा



नेपालको पर्यटनको तेस्रो गन्तव्यको रुपमा रहेको चितावनको सौराहा नजिकै घुम्न आउने पर्यटकको सहजताका लागि होमस्टे संञ्चालन गरिएको छ । पर्यटकहरुलाई सस्तो र सुविधा दिनको लागि होमस्टको स्थापना गरिएको हो । आन्तरिक तथा वाह्य पर्यटकलाई ग्रामिण पर्यटनको अनुभव तथा आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न खैरेनी १० कठारमा आदिवासी मध्यवर्ति समुदायीक होमस्टे संञ्चालन गरिएको अध्यक्ष रामेश्वर चौधरीले बताउनुभयो ।

चौधरीले नेपाल भ्रमण वर्ष सन् २०२० मा सौराहा घुम्न आउने आन्तरीक तथा वाह्य पर्यटकको लागि न्युन शुल्कमा आफ्नै घरमा सुतेको अनुभव प्रदान गर्न तथा समुदायको सामाजिक आर्थिक र साँस्कृतिक विकासमा टेवा पुग्ने बताए । होमस्टमा आउने पर्यटकलाई चितावन राष्ट्रिय निकुञ्ज, सामुदायिक वनको अवलोकन गराउनुका साथै स्थानिय परिकार र स्थानिय थारु साँकृतिक नाच देखाउने गरेको चौधरीले बताए । पर्यटको आगमनको आधारमा अहिले १२ घर मा होमस्टे राखेका छौँ यसलाई विस्तारै बढाउदै लौजाने अध्यक्ष चौधरीले बताए ।

किन जाने होमस्टे
आदिवासी मध्यवर्ति समुदायीक होमस्टेमा स्थानिय स्तरमा उत्पादन गरिएका खानेकुरा, स्थानिय मौलिक संस्कृतिमा रमाउन तथा स्थानिय पनको अनुभव दिने खालका अनुभुति दिलाईन्छ । होमस्टेमा जाने पाहुनाहरुलाई स्वागत सत्कार देखि चितावन राष्ट्रिय निकुञ्जको बारेमा जानकारी दिईन्छ ।
कसरी जाने
आदिवासी मध्यवर्ति समुदायीक होमस्टे चितावनको खैरेनी १० कठार मा अवस्थित छ । यस होमस्टेमा जानको लागि राजमार्गमा पर्ने खुरखुरे देखि दक्षिणमा करिव २ किलोमिटर तथा सौराहा बाट करिव ६ किलोमिटर दक्षिण पूर्व मा रहेको छ । यस होमस्टेमा आउँने आन्तरिक तथा वाह्य पाहुँनाका लागि यातायतको सहज सुविधा रहेको छ । तपाई जानु भन्दा अघि  ९८४०२२०४८०  नम्बरमा फाेन गरेर जानु भयो भने अझ सहज पर्दछ ।
कस्तो छ प्याकेज
होमस्टेमा आउने आन्तरिक तथा वाह्य पाहुनाको लागि एक रातको १ हजार मात्र लिने गरिन्छ । तपाई एक रात मात्र बस्न चाहानुहुन्छ भने साझको मासु खाना, सुतेको र विहान को चिया खाएको एक हजार मात्र तिरे पुग्छ । यदि तपाई विहानको खाजा, खाना, साझको खाना र सुतेको १२ सय तिरे पुग्छ ।

Write your Comment


Related News
  • कर्णालीमा पर्यटन प्रर्बधन गर्न अन्तरक्रिया कार्यक्रम
  • काण्डै काण्डमा नेकपाका नेता, पर्यटन राज्य मन्त्रीद्धारा राजीनामा
  • बर्दियामा पर्यटक भित्राउन पर्यटन वोर्ड र व्यवसायी विच छलफल
  • कर्णाली पुलमा सेल्फी खिच्ने पर्यटकको भीड
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी