ताजा समाचार

आज    |   

एक साता कुर्दा पनि पाउँदैनन् टिकट : सर्वसाधारणलाई जहाजको टिकट पाउनै मुस्किल



राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाका नागरिकको यातायातको एक मात्र विकल्प हवाईजहाज हो । तर, यहाँका सर्वसाधारण नागरिकले हत्तपत्त जहाजको टिकट पाउँदैनन् । पहुँचवालाले सहजै टिकट पाए पनि पहुँच नभएका निमुखा नागरिकले अत्यावश्यक परेका वेलासमेत जहाटको टिकट नपाउने समस्या छ ।

‘पहुँचवाले जतिवेला पनि टिकट पाउँछन्,’ चंखेली गाउँपालिका–५ घर भएका विद्यार्थी गोर्ख तामाङले भने, ‘हामीजस्ता निमुखा सर्वसाधारणले पाँच दिनसम्म कुर्दा पनि टिकट पाउँदैनौँ ।’ आफू तीन दिन पैदल हिँडेर काठमाडौं जान जहाजको टिकटका लागि सदरमुकाम सिमकोट आए पनि टिकट नपाएको गुनासो उनले गरे ।

‘काठमाडौंमा कलेज सञ्चालन भएर पढाइ छुटिसक्यो,’ तामाङले भने, ‘तर, जहाजको टिकटका लागि एयरलाइन्सलाई हारगुहार गर्दा पनि टिकट पाएको छैन ।’ उनी दसैँ–तिहारजस्ता चाडबाड सकेर अध्ययनका लागि काठमाडौं जान लागेका हुन् । तामाङ एक प्रतिनिधि पात्र मात्रै हुन् । जिल्लाबाहिर रोजगारी, अध्ययन र बिरामी हुँदा उपचार गर्न जानसमेत सर्वसाधारणले जहाजको टिकट नपाउने समस्या छ । यहाँका नागरिक उपचारका लागि नेपालगन्ज र सुर्खेत झर्नुपर्ने बाध्यता छ ।

सर्वसाधारणले टिकट नपाएर सास्ती भोग्नुपरे पनि पहुँचवालाले सधैँ टिकट पाइरहेका हुन्छन् । नेता, सांसद, मन्त्री, व्यापारी र तिनका आसेपासेलाई जहाजको टिकट पाउन कुनै समस्या नहुने सर्वसाधारणको बुझाइ छ । ‘गरिब र निमुखाले कहिल्यै सहज ढंगले जहाजको टिकट पाउँदैनन्, तर पहुँचवालाले एक कल फोन गरेकै भरमा टिकट सुरक्षित हुन्छ,’ खार्पुनाथ नगरपालिका–४ का रामबहादुर शाहीले भने ।आजको नयाँपत्रिका दैनिकमा नरजन तामाङ ले समाचार लेख्नुभएको छ ।

Write your Comment


Related News
  • कर्णालीमा पर्यटन प्रर्बधन गर्न अन्तरक्रिया कार्यक्रम
  • काण्डै काण्डमा नेकपाका नेता, पर्यटन राज्य मन्त्रीद्धारा राजीनामा
  • बर्दियामा पर्यटक भित्राउन पर्यटन वोर्ड र व्यवसायी विच छलफल
  • कर्णाली पुलमा सेल्फी खिच्ने पर्यटकको भीड
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी