ताजा समाचार

आज    |   

सातै प्रदेशमा नेपाल भ्रमण वर्षको तयारी कस्तो ?



नेपाल भ्रमण वर्ष सन् २०२० सुरु हुन करिव साढे दुई महिना मात्र बाँकि छ । सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्राउने लक्ष्यका साथ भ्रमण वर्षको प्रादेशिक समिति बनाई कामलाई तिब्रताका साथ अगाडि बढाएको छ । यसै सन्दर्भमा आओर टुरिजम न्युजले सातै प्रदेशमा भ्रमण वर्षको तयारी कस्तो हुदै छ भनेर प्रादेशिक कार्यक्रम संयोजक संग कुराकानी गरेका छौँ । कुराकानीको सम्पादित अंश ः

राजन श्रेष्ठ प्रादेशिक कार्यक्रम संयोजक प्रदेश नम्बर १

राजन श्रेष्ठ प्रादेशिक कार्यक्रम संयोजक प्रदेश नम्बर १

प्रदेश भित्रका नगरपालिकाहरुमा कार्यसमिति बनाउदै छौँ

नेपाल भ्रमण वर्ष सन् २०२० लाई प्रदेश एक मा प्रभावकारी बनाउन प्रदेश स्तररीय कार्यसमिति तथा सचिवालय समिति निर्माण गरीएको छ । सोहि अनुसार हामीले प्रदेशमा रहेका पर्यटकीय स्थलहरुको अध्ययन तथा अनुगमन गर्ने र प्रत्येक नगरपालिका तथा गाउँपालिका स्तरमा भ्रमण वर्षलाई सफल बनाउन कार्यसमिति बनाई त्यस ठाउँमा रहेका पर्यटकीय स्थलहरुको पहिचान गरी प्रचार प्रसार गर्ने योजना रहेको छ ।

 

 

मनिष झा कार्यक्रम संयोजक प्रदेश २

राष्ट्रिय मिडियाका सम्पादकलाई प्रदेश भ्रमण गराउने

नेपाल भ्रमण वर्ष सन् २०२० सुरु हुनु अघि प्रदेश नम्बर दुई ले मुख्य तिन वटा काम गदै छ । पहिलो काम प्रदेशमा रहेका नदिहरुमा रर्याफ्ङि खेल गराउँने यसले भारतिय पर्यटकहरुलाई जल पर्यटन गर्न उत्साहित गर्ने विश्वास हामीले गरेका छौँ । प्रदेशमा रहेका पर्यटकीय क्षेत्र(राजविराज, पूर्व पश्चिम हुलाकी राजमार्ग, पर्सा राष्ट्रिय निकुञ्जमा सफारी, जनकपुर धाम) लगाएतका स्थलहरुको प्रचार प्रसार गर्न राष्ट्रिय मिडियाका सम्पादकहलाई भ्रमण गराउने काम गदै छौँ । र अहिले सम्म कुन प्रदेशमा पर्यटकीय स्थलहरु के कस्ता छन्, पर्यटकलाई एक प्रदेश बाट अर्को प्रदेशमा भ्रमण गर्न सहज करी हुन्छ र प्रदेश प्रदेश बिचको सम्वन्ध जोड्न सात वटै प्रदेशका पर्यटन मन्त्री, पर्यटन सचिव, केन्द्र सरकारका पर्यटन मन्त्री तथा सचिव, नेपाल भ्रमण वर्षका संयोजक तथा सात वटै प्रदेशका भ्रमण वर्ष कार्यक्रम संयोजक सहितको टोलिलाई प्रदेशमा बोलाई एक कार्यक्रम गर्ने योजना बनाएका छौँ । प्रदेशमा आउने पर्यटकलाई मोहित गराउन सरकारी कार्यालयका पर्खालहरुमा मिथिला पेन्ट गर्ने योजना बनाएका छौँ ।


अनिल कुमार लामा
प्रादेशिक कार्यक्रम संयोजक प्रदेश नम्बर ३, मकवानपुर

भ्रमण वर्ष कार्यतालिकाको प्रतिक्षामा छौै

प्रदेश तिनमा नेपाल भ्रमण वर्षको तयारी तिब्र गतिमा अगाडि बढेको छ । मुख्य मन्त्री सहितको बैक बसी भ्रमण वर्षको अवधिमा पर्यटक भित्राउन प्रदेशका जिल्लाहरुमा कार्यक्रम गर्ने गरी काम गदै छौँ । भ्रमण वर्ष सचिवालयले के काम गर्ने भन्ने कार्यतालिका प्रकाशित नगर्दा काम गर्न केहि कठिनाई भएको छ तर हामीले के काम गर्दा पर्यटकलाई आकर्षित गर्न सकिन्छ भन्ने योजना बनाएका छौँ । प्रदेश तिनका प्रत्येक जिल्लामा जिल्ला समन्य समिति अध्यक्षको नेतृत्वमा जिल्लामा रहेका पर्यटकीय स्थलहरुको पहिचान गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने योजनाका साथ अगाडि बढदै छौँ ।

 

 

अग्नि कडेंल
प्रादेशिक कार्यक्रम संयोजक गण्डकी प्रदेश, कास्की

नयाँ पदमार्ग बनाउदै छौँ

नेपाल भ्रमण वर्षको पूर्व सन्ध्यामा गण्डकी प्रदेशमा पर्यटक भित्राउन नयाँ पदमार्गहरुको निर्माण गदै छौँ । हामीले भ्रमण वर्षलाई उत्सवको रुपमा मनाउन प्रादेशिक समितिलाई व्यवस्थित गदै पर्यटन संग सम्वन्धीत संस्थाहरु टान, हान नाट्रा लाई समितिमा सामेल गराई विभिन्न जिल्लामा उप समिति बनाउदै छौँ । साथै हामीले पर्यटक लाई सहज रुपमा आवतजावतको लागि पूर्वाधार निमार्णमा सम्वन्धीत निकायहरुसंग समन्वय गर्ने योजना बनाएका छौँ । गण्डकी प्रदेश पर्यटकको राजधानी भएकाले यस प्रदेशमा आउने पर्यटकको स्वास्थ्यका लागि पर्यटकीय स्थल, बाटोहरुको सरसफाई गदै पर्यटकहरुलाई प्रदेशमा भएका पर्यटकीय क्षेत्रहरुको साईड सिन देखाउने खालका कार्यक्रम गदै छौँ ।

 

 

माधव नेपाल
प्रादेशिक कार्यक्रम संयोजक प्रदेश ५, रुपन्देही

पर्यटकीय स्थलको सम्भाव्यता अध्ययन गदै छौँ

नेपाल भ्रमण वर्ष प्रदेश ५ समितिले प्रदेशका १२ वटा जिल्लाहरुमा पर्यटकीय स्थलहरुको सम्भाव्यता अध्ययन गदै छौँ । नेपाल भ्रमण वर्षलाई सफल पार्न प्रदेशमा बसेको पहिलो बैठकले अवधारण पत्र प्रस्तु गरी सकेको छ । यसै अवधारण पत्र अनुसार हामीले प्रदेशमा रहेका जिल्लाहरुको भ्रमण गर्ने, जिल्लामा रहेका ऐतिहासीक, धार्मिक, पूरातात्तिक, सांस्कृतिक, प्राकृतिक सम्पदाहरुको अवलोकन र कुन जिल्लामा कुन कार्यक्रम गर्दा प्रभावकारी हुन्छ त्यसको अध्ययन, अनुगमन गदै छौँ । त्यस पछि हामीले कार्यसमितिको बैठक बसी एजेण्डा निमार्ण गर्ने र पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार गदै प्रदेशमा पर्यटक भित्राउने खालका कार्यक्रमहरु गर्ने योजना बनाएका छौँ ।

 

 

राजु कार्की
प्रादेशिक कार्यक्रम संयोजक कर्णाली प्रदेश, सुर्खेत

प्रदेश समितिले गरेका निर्णयको कार्यानवयन गदै छौँ

नेपाल भ्रमण वर्ष कर्णाली प्रदेश समितिले यस अघि प्रदेश राजधानी सुर्खेतमा बसेको प्रदेश स्तरिय पर्यटन प्रवद्र्धन समितिले गरेको निर्णयलाई आधार मानि कामहरु गदै छौँ । पहिलो चरणमा हामीले प्रदेश भित्रका जिल्लाहरुमा रहेका पर्यटकीय स्थलहरुको ४० गन्तव्य छनोट गरिसकेका छौँ । तिनै गन्तव्यहरुलाई हामीले अहिले विश्व बजारमा चिनाउन लागि परेका छौँ । साथै हामीले कर्णाली प्रदेशको पर्यटन क्षेत्रलाई उचाईमा पुर्याउन ख्यातीप्राप्त पाँच जना व्यक्तिलाई नेपाल भ्रमण वर्ष कर्णाली प्रदेशको साथीको रुपमा गुड वेल एम्बास्टर चयन गर्ने निर्णय भए बमोजिम व्यक्तिको खोजि गरिरहेका छौँ केहि दिनमा यसलाई हामीले पूर्णता दिदै छौँ ।

 

 

परमानन्द भण्डारी
प्रादेशिक कार्यक्रम संयोजक सुदुर पश्चिम प्रदेश, कञ्जनपुर

के गर्ने भन्ने अन्यवलता छ ?

नेपाल भ्रमण वर्ष सचिवालयले हामीलाई प्रादेशिक समितिको रुपमा काम गर्न त पठायो तर अहिले सम्म कुनै ठोस मिटिङ बस्न सकेको छैन । यसले प्रदेशमा के काम गर्ने र कसरी गर्ने भन्ने कुनै योजना नै बनेको छैन् । हामीले प्रदेशमा कसरि भ्रमण वर्षमा पर्यटक भित्राउने भन्ने योजना त बनाएका छौँ तर प्रदेश मन्त्रालय संग समन्य हुन नसक्दा यसले पूर्णता पाउँन सकेको छैन् । तै पनि हामीले व्यवसायीक रुपमा प्रदेशमा रहेका पर्यटकीय स्थलहरुको बारेमा देश तथा विदेशमा हुने कार्यक्रमहरुमा प्रचार प्रसारको कामलाई निरन्तरता दिएका छौँ ।

 

Write your Comment


Related News
  • कर्णालीमा पर्यटन प्रर्बधन गर्न अन्तरक्रिया कार्यक्रम
  • काण्डै काण्डमा नेकपाका नेता, पर्यटन राज्य मन्त्रीद्धारा राजीनामा
  • बर्दियामा पर्यटक भित्राउन पर्यटन वोर्ड र व्यवसायी विच छलफल
  • कर्णाली पुलमा सेल्फी खिच्ने पर्यटकको भीड
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी