ताजा समाचार

आज    |   

सौराहामा खुल्यो सामुदायीक होमस्टे, एक रात खान, बस्न १ हजार



पर्यटकीय स्थल सौराहामा सामुदायीक होमस्टे सञ्चालनमा आएको छ । पर्यटन वर्ष सन् २०२० तथा ग्रामीण पर्यटनको प्रवद्र्धन गर्न पर्यटनको तेस्रो गन्तव्यको रुपमा रहेको सौराहामा आदिवासी मध्यवर्ति समुदायीक होमस्टे संञ्चालन गरिएको हाे । आन्तरिक तथा वाह्य पर्यटकलाई ग्रामिण पर्यटनको अनुभव तथा आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न सौराहामा होमस्टे संञ्चालन गरिएको अध्यक्ष रामेश्वर चौधरीले बताउनुभयो । होमस्टेमा आउने पाहुनालाई स्थानीय परिकार,थारु नाच लयायताका क्रियाकालाप गरि मनोरञ्जन दिने गरिएको छ ।
कस्तो छ प्याकेज
होमस्टेमा आउने आन्तरिक तथा वाह्य पाहुनाको लागि एक रातको १ हजार मात्र लिने गरेको अध्यक्ष चौधरीले बताउनुभयो । होमस्टेमा विहानको खाजा, विहानको खाना मासुभात खाना तथा साझको खाना र बसेको गरि १२ सय लिने गरेको गिरएकाे र हाेमस्माटे आउँने पाहुनाले साचिकै होमस्टे मा बसेको अनुभव गर्न मिल्ने बनाएको  अध्यक्ष चाैधरीले बताउनुभयो । होमस्टेमा सहज रुपमा जानको लागि अध्यक्षको ९८४०२२०४८० मा सम्पर्क गरेर जान सकिन्छ ।

कसरी पुग्ने 

आदिवासी मध्यवर्ति समुदायीक होमस्टे चितावनको खैरेनी १० कठार मा अवस्थित छ । यस होमस्टेमा जानको लागि राजमार्गमा पर्ने खुरखुरे देखि दक्षिण मा करिव २ किलोमिटर तथा सौराहा बाट करिव ६ किलोमिटर दक्षिण पूर्व मा रहेको छ । यस होमस्टेमा आउँने आन्तरिक तथा वाह्य पाहुँनाका लागि यातायतकाे सहज सुविधा रहेकाे छ ।

Write your Comment


Related News
  • कर्णालीमा पर्यटन प्रर्बधन गर्न अन्तरक्रिया कार्यक्रम
  • काण्डै काण्डमा नेकपाका नेता, पर्यटन राज्य मन्त्रीद्धारा राजीनामा
  • बर्दियामा पर्यटक भित्राउन पर्यटन वोर्ड र व्यवसायी विच छलफल
  • कर्णाली पुलमा सेल्फी खिच्ने पर्यटकको भीड
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी