ताजा समाचार

आज    |   

 दिगो विकासको सारथीः दिगो पर्यटन



नारायण बस्याल अधिकृत, नेपाल पर्यटन बोर्ड

पर्यटन घुमफीर सँग सम्बन्धित छ । मानिसहरु मनोरञ्जन गर्न, खोज अनुसन्धान गर्न, विभिन्न व्यापारिक प्रयोजनले तथा अन्य कुनै पनि उद्देश्यले आफु नियमित रुपले बस्दै आएकोे स्थानबाट अर्को स्थानमा गई निश्चित समयको निम्ती खास हिसाबले बसोबास गर्ने क्रियाकलाप पर्यटन हो । संयुक्त राष्ट्रसंघको पर्यटन सम्बन्धी विशिष्टीकृत अंग विश्व पर्यटन संगठनका अनुसार कुनै काम विशेषले अतिरीक्त समयलाई व्यतीत गर्न आफु बसेको स्थान भन्दा अन्यत्र कम्तीमा २४ घण्टा देखि बढीमा ३६५ दिनसम्म बसोबास गर्ने क्रियाकलाप तथा यससम्बन्धी गतिविधिहरुको समग्रता पर्यटन हो । पर्यटनलाई विभिन्न विधामा विभाजन गरी चर्चा गर्ने गरेको पाईन्छ ।  पर्यटनलाई बिभिन्न विधाका रुपमा व्याख्या गर्ने क्रममा पछिल्लो समयमा दिगो पर्यटनले विशेष रुपमा स्थान लिएको देखिन्छ ।

 दिगो पर्यटन लाई दिगो विकासको कोखबाट जन्मेको अवधारणाको रुपमा लिईन्छ, दिगो पर्यटनले दिगो विकासको प्रभावकारी कार्यन्वयन गर्न सहयोगीको रुपमा भुमिका खेल्दछ । विकासको दिगोपना सँग सम्बन्धीत छ दिगो विकास । भविष्यको पिढीँका आवश्यकताहरु सँग सम्झौता नगरी वर्तमानका आवश्यकताहरु परिपूर्ती गर्ने गरि विकासको व्यवस्थापन गर्ने परिपाटी दिगो विकास हो । वातावरणीय नीतिहरु र विकासका रणनीतिहरुको समष्टि नै दिगो विकास हो । यो भावी पुुस्ताप्रतिको चिन्ता, सरोकार र जिम्मेवारी हो, वर्तमान पुुस्ताको दायित्वबोध हो । यसले नयाँ नैतिक मूल्यको सिर्जना गरेको छ । प्राकृतिक स्रोत साधनको समुचित संरक्षणसहितको विकासलाई दिगो विकासको अवधारणाले आत्मसात् गर्दछ । विकासका क्रियाकलापले वातावरणीय ह्रास हुन्छ भन्ने मान्यताबाट यो अवधारणा विकास भएको हो जसले त्यस्तो जोखिम न्यूनीकरण गरी वातावरणको निरन्तरता आवश्यक ठान्दछ ।

दिगो विकासको अवधारणाको औपचारिक सुरुवात सन् १९७१ को हेलसिन्की सम्मेलनबाट सुरु भएको मानिन्छ, त्यसपछि सन् १९७२ मा स्टकहोममा वातावरणीय विषय समावेश गरी सम्मेलन आयोजना भयो । सन् १९७२ मै संयुक्त राष्ट्रसंघीय वातावरणीय कार्यक्रम सुरु गरी नैरोवीमा प्रधान कार्यालय स्थापना गरियो । सन् १९८३ मा गठित ब्रुटल्यान्ड समिति र यस समितिको सन् १९८७ को हाम्रो साझा भविष्य नामक प्रतिवेदनमा प्रथमतः दिगो विकास शब्दावली प्रयोग भएको देखिन्छ । सन् १९९२ को रियो द जेनेरियोमा सम्पन्न पृथ्वी सम्मेलनले पारित गरेका एजेन्डा २१ लाई दिगो विकासका निम्ती कोशेढुङ्गा सरह मानिन्छ । संयुक्त राष्ट्रसंघले सन् २००० को सेप्टेम्बर ८ मा ८ वटा नै लक्ष्य सहित सन् २००१ देखि सन् २०१५ सम्मका निम्ती विश्वव्यापी कार्यन्वयनार्थ सहस्राब्दी कार्यक्रमहरु सञ्चालन ग¥यो भने सन् २०१५ सेप्टेम्बर २७ मा सहस्राब्दी कार्यक्रमकै पुरक र विकासको रुपमा १७ लक्ष्य र १६९ गन्तब्य सहित संयुक्त राष्ट्र संघले निर्णय गरी सन् २०१६ देखि सन् २०३० सम्मका निम्ती दिगो विकास कार्यक्रमहरु कार्यन्वयको क्रममा छन्, यस दिगो विकास लक्ष्य सहितको कार्यक्रमलाई नेपालले समेत विभिन्न आफ्नै विभिन्न लक्ष्यहरु सहित आन्तरिकीकरण गरी कार्यन्वयन गर्ने क्रममा रहेको छ ।

 पर्यटन गतिविधिमा दिगोपनाको अवधारणानै दिगो पर्यटन हो । वातावरणीय दिगोपना तथा व्यवसायीक, आर्थिक दिगोपना लगायतका पर्यटकीय गतिविधिमा बहुपक्षीय सदियौ सम्मको एकरुपतापनको अपेक्षा हो दिगो पर्यटन । पर्यटन क्रियाकलापमा वातावरणीय, आर्थिक, सामाजिक, सांस्कृतिक, नैतिक तथा प्रशासनीक दृष्टिकोणबाट सुरक्षित र टिकाउ रहदै पर्यटनबाट आजको पुस्ताले लाभ लिनुका साथै भोलीको पुस्ताले समेत यही अनुपातमा कम्तीमा पनि नघट्ने गरि कालान्तर सम्म सहज रुपमा लाभ प्राप्त गर्न सक्ने तथा सुन्दर मैलिक पृथ्वीको स्वरुप देखिराख्न सक्ने परिकल्पना सहितको जिम्मेवार पर्यटकीय गतिविधि दिगो पर्यटन हो । दिगो पर्यटन त्यस्तो अवस्था हो जसमा पर्यटकीय उपभोग र उपयोगीता अन्नतकाल सम्म घट्दैन । दिगो पर्यटनमा सम्पदाहरुको व्यवस्थापन यसरी गरिएको हुन्छ की भविष्यको पर्यटकीय गुणस्तर र उत्पादनमा कुनै प्रतिकुल प्रभाव पर्न नसकोस । पर्यटकीय गतिविधिमा प्रकृती र मानव दुवैको कालान्तर सम्मको सहअस्तीत्व सहितको क्रियाकलापहरुको समग्रता नै दिगो पर्यटन हो ।

 यसरी दिगो विकासको परिपुरकको रुपमा तथा एउटा अंशको रुपमा दिगो पर्यटन लाई स्वीकार्न सकिन्छ । दिगो पर्यटनका परिलक्ष्यहरु प्राप्त गर्न कुनै एक पक्षको सक्रियतामा मात्र सम्भव देखिदैन, यसका निम्ती बहुपक्षीय समझदारी, समन्वय, सहकार्य, साझेदारी तथा जिम्मेवारीको आवश्यकता देखिन्छ । सीमाविहीन रुपमा विश्वको चासो र सरोकार सहित द्धिपक्षीय तथा बहुक्षीय सरोकारको विषय हुदाहुदै पनि एउटा निश्चित राज्यका निम्ती समेत उत्तिकै महत्तवपूर्ण विषय रहेकोले नेपालमा समेत दिगो पर्यटनका निम्ती विभिन्न सहकार्यमुलक क्रियाकलापहरु सञ्चालन गर्नुपर्ने देखिन्छ । यसका निम्ती नेपाललाई सुरक्षित, गुणस्तरीय र पर्यटनमैत्री बनाई आकर्षक पर्यटन केन्द्रको रुपमा विकास गनुपर्ने हुन्छ, यसैगरी पर्यटकीय स्थल तथा उपजमा विविधिकरण गरी पर्यटन क्षेत्रको राष्ट्रिय अर्थतन्त्रमा योगदान अभिवृद्धि गर्नुका साथै पर्यटकीय क्षेत्रबाट प्राप्त लाभलाई समन्यायीक हिसाबले जनस्तरसम्म पु¥याउनु पर्ने देखिन्छ । यसका निम्ती छिमेकी मुलुक तथा प्रमुख पर्यटकीय बजारमा नेपालको सार्थक प्रचार प्रसार गर्नुपर्ने, पर्यटनको संभावना बोकेका शिक्षा, स्वास्थ्य, खेलकुद जस्ता क्षेत्र समेटेर एकीकृत पर्यटन स्वरुप विकास गर्नुपर्ने, स्वदेशी तथा विदेशी लगानी प्रोत्साहित गर्दै सार्वजनिक–नीजि–सहकारी साझेदारीको अवधारणा अनुरुप आधुनिक पर्यटन पूर्वाधार र बजारीकरण तथा प्रवद्र्धन गर्नुपर्ने देखिन्छ । यसैगरी पर्यटन क्षेत्रलाई दिगो आर्थिक सम्बाहकको रुपमा विकास गर्नुपर्ने तथा पर्यटकीय उपजलाई मूल्य शृंखलामा आवद्धगरी स्थानीयस्तर सम्म पर्यटनको दिगो लाभ वितरण गर्नुपर्ने समेत देखिन्छ । दिगो पर्यटनका माध्यमबाट आउदै गरेको बहुप्रतिक्षित नेपाल भ्रमण बर्ष २०२० लाई सफल कार्यन्वयन गरी दिगो विकासका लक्ष्यहरु प्राप्त गर्दै दिगो शान्ती, विकास र भातृत्व सहित हाम्रो दीर्घकालिन सोच समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना पुरा गर्नु आजको हाम्रो साझा चाहना हो ।

(यस सामग्रीमा समावेश गरिएका दृष्ट्रिकोणहरु लेखकका निजी विचार हुन्, यस विचारले लेखकको पदीय हैसियत तथा संस्थागत अवधारणाहरु प्रतिनिधित्वगर्ने सुनिश्चितता गर्दैनन् ।)

Write your Comment


Related News
  • कर्णालीमा पर्यटन प्रर्बधन गर्न अन्तरक्रिया कार्यक्रम
  • काण्डै काण्डमा नेकपाका नेता, पर्यटन राज्य मन्त्रीद्धारा राजीनामा
  • बर्दियामा पर्यटक भित्राउन पर्यटन वोर्ड र व्यवसायी विच छलफल
  • कर्णाली पुलमा सेल्फी खिच्ने पर्यटकको भीड
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी