ताजा समाचार

आज    |   

भ्रमण वर्ष सचिवालयमा आर्थिक पारदर्शीता र आर्थिक शुद्धिकरण हुन्छ : उप सचिव निलम न्यौपाने



नेपाल भ्रमण वर्ष सन् २०२० आउन केहि महिना मात्र बाँकि छ । सरकारले नेपाल भ्रमण वर्षलाई सफल बनाउन सचिवालयको स्थापना गरी काम गरीरहेको छ । सरकारी स्तरबाट भ्रमण वर्ष सफल पार्न सचिवालयमा उप सचिव निलम न्यौपानेको नेतृत्वमा एक टोली खटिएको छ । उप सचिव न्यौपानेसंग भ्रमण वर्ष सफल बनाउन के योजना निमार्ण हुदैछ र आर्थिक पारदर्शीता कस्तो छ भनि आओर टुरिजम न्युजका सम्पादक टंक रेग्मीले गर्नुभएको कुराकानी । सम्पादित अंश ः

हरेक कार्यालयमा आर्थिक पारदर्शीता र आर्थिक शुद्धिकरण एउटा मान्छेको फोक्सोका दुई भाग जस्तै हुन । जुन अत्यावश्यक छ । यो सबै निष्पक्ष हुनु पर्छ ।

नेपाल भ्रमण वर्ष सन् २०२० नजिकिदै छ तयारी कस्तो छ ?
नेपाल भ्रमण वर्षलाई सफल पार्न सरकारी स्तरबाट मेरो नेतृत्वमा भ्रमण वर्ष सचिवालयमा एक टोली आएको छ । यसले सचिवालयको स्थापना गरी भ्रमण वर्षलाई लाभ हुने खालका कामहरु गरीरहेको छ । पछिलो समय सचिवालयले प्रदेश स्तरमा गठन भएका समितिहरुलाई प्रभावकारी बनाई प्रचार सामाग्रीहरु बितरण तथा समन्य गदै आएको छ ।
भ्रमण वर्ष सफल बनाउन सचिवालयले के कस्ता रणनितिक योजना बनाएको छ ?
भ्रमण वर्षलाई सफल पार्न सचिवालयले नेपाल सरकार, स्वदेशी, विदेशी कुटनैतिक नियोगहरु, एनआरएन, विभिन्न संघ संस्थाका नागरिकहरु संग आवश्यकता अनुसार अनुसार सहकार्य गर्ने योजना बनाएको छ । भ्रमण वर्ष सुरु हुन हामी बिच धेरै समय भनएकाले थोरै समयमा प्रभावकारी हुने कामहरुलाई नै सचिवालयले प्रथमिकता दिएको छ । सचिवालयले नमस्ते सेन्टको स्थापना, नेपाल तथा विदेशमा प्रचार प्रसारका समाग्री वितरण, पर्यटक लक्षित कार्यक्रम गर्ने योजना बनाएको छ ।
विना पूर्वाधार भ्रमण वर्षको आयोजना गरिदै छ पूर्वाधार निर्माणमा सचिवालयको प्राथमिकता छ कि छै न ?
भ्रमण वर्ष २०२० मा सफल पार्न नेपाल भ्रमण वर्षको सचिवालय स्थापना गरिएको हो । अहिले सचिवालयको काम भनेको नेपालका पर्यटकीय स्थलहरुको प्रचार प्रसार गरी पर्यटक भित्राउने हो । पूर्वाधार निर्माण गर्ने काम सचिवालय कमै होला यसको काम भनेको नेपाल सरकार र नेपाल पर्यटन वोर्डले गर्ने हो । त्यसैले सचिवालयको प्रथमिकतामा अहिले प्रचार प्रसार गर्ने काम बढी प्रथमिकतामा परेको छ ।
सचिवालयमा भ्रष्टचार भएको विभिन्न सञ्चार माध्यममा समाचार आएको छ खासमा के हो ?
विभिन्न सञ्चार माध्यममा एकाध भ्रष्टचार भए भन्ने समाचार प्रकाशित भएका छन् यो समाचार आउनु दुखको कुरा हो । तर सञ्चार माध्यमहरुले विना प्रमाण भ्रष्टचार भएको भन्न मिल्दैन । र नागरीकहरुले पनि यस्ता हल्लाको पछि लाग्नु हुदैन ।
कार्यविधि मिचेर जथाभावी बजेट खर्च गरेको भन्ने हल्ला चलिरहेको छ नि ?
यो हल्ला मात्र हो ? भ्रमण वर्षलाई असफल बनाउने मानसिकता बोकेकाले मात्र यस्तो हल्ला चलाएका हुनसक्छन् । खासमा भ्रमण वर्षको लागि भनेर छुट्टाएको बजेट जथाभावी खर्च भएको छैन् । सरकारी नियम संगत काम गर्नलाई खर्च भएको हो, यस बारेमा तपाई बुझ्न सक्नुहुन्छ ।
विषय वस्तु नै नमिल्ने कर्मचारी स्वदेश विदेश भ्रमण गरी बजेट सक्ने गर्दछन् भन्ने प्रश्न उठेको छ नि ?
म यो सचिवालयमा आए देखि नेपालको प्रचार तथा कार्यक्रमका लागि विष संग सम्वन्धीत कर्मचारीहरु मात्र विेश भ्रमणमा जानुभएको छ । बजेट सक्नलाई मात्र विदेश जान्छन् भन्ने गलत हो । नेपाली पर्यटनको बनार भनेकै विदेशी पर्यटक हुन त्यसैले ति पर्यटक नेपालमा ल्यान प्रचार प्रसार गर्न विदेश जाने गरिन्छ । सचिवालयले आवश्यकता अनुसार विषयवस्तु मिल्ने कर्मचारिहरुलाई मात्र विदेशमा पठाएको छ ।
तपाई भ्रष्टचार भएको छैन भन्नुहुन्छ, आर्थिक पारदर्शीता र शुद्धिकरण नभएको, अस्वभाविक पैसा खर्च भएको भनि उपसचिव दिपक थापा सचिवालयबाट मन्त्रालय फर्कनुभयो, पत्रिकामा पनि रंग रोगनमा पनि भ्रष्टचार भएको भन्ने समाचार छापियो खासमा के हो ?
विना प्रमाण भ्रष्टचार भएको छ भन्नु गलत हो । अर्को कुरा उपसचिव दिपक थापा सचिवालयबाट मन्त्रालय फर्कनुभएको हो उहाँ किन फर्कनुभएको हो मलाई यस बारेमा थाहा छैन । हरेक कार्यालयमा आर्थिक पारदर्शीता र आर्थिक शुद्धिकरण एउटा मान्छेको फोक्सोका दुई भाग जस्तै हुन । जुन अत्यावश्यक छ । यो सबै निष्पक्ष हुनु पर्छ । र हुन्छ पनि । रंग रोगनको बारेमा म सचिवालयमा आउनु भन्दा अगाडि भएको थियो । पत्रिका मैले पढेको छैन यस बारेमा मलाई थाहा छैन ।
सरकारी सेवाको ३१ वर्षे अनुभव कस्तो रहयो ?
३१ वर्ष सरकारी सेवामा काम गरे तर कुनै विवाद आएन । मेरो काम गर्ने क्षमता ले गर्दा आज म पुरस्कृत हुदै उप सचिव सम्ममा आईपुगेको छु । मैले मेरो कार्यकाल अवधिमा पारदर्शी, सुद्धिकरण र ईमानदारीता लाई मुख्य रुपमा हेरे । यसले आज म माथि कसैले नि औला उठाउन सकेको छैन यहि नै मेरो ठूलो कमाई भएको छ ।
तपाईले साहित्य क्षेत्रमा पनि कलम चलाउनु भएको छ भन्ने सुनिन्छ खासमा के हो ?
म सरकारी जारीरे संगै साहित्यकार पनि हुँ । मैले ३ वटा महाकाव्य, ११ वटा खण्डकाव्य, दुई वटा परिमार्जन गरी कृति प्रकाशन गरेको छु । बजारमा १५ वटा कृति प्रकाशीत गर्न लागेको छु । हाल रारा सम्वन्धी महाकाव्य छन्दमा लेखिरहेको छु । भौगोलिक, साँस्कृतिक, ऐतिहासिक विषयवस्तु समेटेर छन्दमा मैले कृतिहरु बजारमा ल्याउँदै छु ।
तपाईले सरकारी सेवाको लामो अनुभव समाल्नु भएको छ, नेपालको पर्यटन क्षेत्र लाई कसरी नियाल्नु हुन्छ ?
नेपाल एक साँकृतिक, ऐतिहासिक, साहासिक, धार्मिक हिसावले भरिपूर्ण देश हो । यहाँ प्राकृतिक पर्यटकीय स्थलहरु धेरै छन् । विकास गर्न राम्रोरी सकिएको छैन् । प्रचार प्रसारमा कमि छ । पर्यटनलाई उद्योगको रुपमा विकास गर्नु पर्छ भन्ने भावना सबैमा छैन् । कर्मचारीका साथै पर्यटन व्यवसायी, संघ संस्था आदि सबैको पर्यन क्षेत्रको विकासमा उतिकै महत्वपूर्ण भूमिका हुन्छ भन्ने बुझेर वास्तविक काम गर्नु पर्दछ । भाषण र योजनाले मात्र काम गर्दैन कार्यगत रुपमा काम गर्नुपर्दछ जस्तो लाग्छ ।
अन्तमा नेपाल भ्रमण वर्षलाई सफल बनाउन के गर्नु पर्ला ?
नेपाल भ्रमण वर्षलाई सफल बनाउन पर्यटन स्थलहरुको विकास, पर्यटन व्यवसायीहरुसंग सहकार्य, प्रचारात्मक र प्रर्वद्धात्मक कार्यक्रम गर्नु पर्दछ । यसमा कर्मचारीले कार्यमा सहजिकरण, संघ संस्थाहरुले फिल्डमा वास्तविक काम गर्नु पर्दछ ।

Write your Comment


Related News
  • कर्णालीमा पर्यटन प्रर्बधन गर्न अन्तरक्रिया कार्यक्रम
  • काण्डै काण्डमा नेकपाका नेता, पर्यटन राज्य मन्त्रीद्धारा राजीनामा
  • बर्दियामा पर्यटक भित्राउन पर्यटन वोर्ड र व्यवसायी विच छलफल
  • कर्णाली पुलमा सेल्फी खिच्ने पर्यटकको भीड
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी