ताजा समाचार

आज    |   

होसानको निर्णय : भ्रमण वर्ष अवधिभर होमस्टेहरुमा बस्न आउने पर्यटकहरुलाई २० प्रतिशत छुट दिने



नेपाल भ्रमण वर्ष सन् २०२० मा नेपालभरका होमस्टेहरुमा बस्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरुले २० प्रतिशत छुट पाउँने भएका छन् । होममस्टे एशोसिएसन नेपाल (होसान) को कालाबाङ घडेरी होमस्टे पोखरामा बसेको केन्द्रिय कमिटिको बैठकले नेपाल भ्रमण वर्ष अवधिभर नेपालभरका सामुदायिक, निजि होमस्टेमा बस्न आउँने आन्तरिक तथा वाह्य पर्यटकलाई २० प्रतिशत छुट दिने निर्णय गरेको होसानका अध्यक्ष केशब बडालले बताउनुभयो ।

पोखरामा होमस्टे पर्यटन मेला गर्ने
होममस्टे एशोसिएसन नेपाल (होसान) ले नेपाल भ्रमण वर्ष सन् २०२० को सन्दर्भमा गण्डकी प्रदेशको राजधानी पोखरामा राष्ट्रिय होमस्टे पर्यटन मेला २०७६ गर्ने निर्णय गरेको छ । होसानको पोखरामा सम्मपन्न केन्द्रिय कमिटिको बैठकले नेपाल पर्यटन बोर्ड, प्रदेश सरकार र विभिन्न सरोकारवाला संघ संस्थाको सहकार्यमा पोखरामा होमस्टे मेला गर्ने निर्णय भएको अध्यक्ष बडालले बताउनुभयो । उहाँले मेला कुन दिन गर्ने भन्ने समय पछि तोकिने बताउनुभयो ।

शहरी तथा ग्रामिण भेगमा सञ्चालित सामुदायिक तथा निजि होमस्टेहरुमा सहज रुपमा पर्यटक भित्राउन तथा नेपाल भ्रमण वर्षमा होमस्टेहरुमा अधिक मात्रामा पर्यटक भित्राउन २० प्रतिशत छुट दिने निर्णय गरीएको अध्यक्ष बडालले बताए । बैठकले सान् २०२० मा आउने पर्यटकलाई गुणस्तरिय सेवा प्रदान गर्ने, विदेशमा बसोबास गर्ने नेपालीहरुलाई भ्रमण वर्ष अवधिभर नेपालमा भ्रमण गर्न पर्यटक पठाउन अनुरोध गर्ने निर्णय गरेको छ ।

 

Write your Comment


Related News
  • कर्णालीमा पर्यटन प्रर्बधन गर्न अन्तरक्रिया कार्यक्रम
  • काण्डै काण्डमा नेकपाका नेता, पर्यटन राज्य मन्त्रीद्धारा राजीनामा
  • बर्दियामा पर्यटक भित्राउन पर्यटन वोर्ड र व्यवसायी विच छलफल
  • कर्णाली पुलमा सेल्फी खिच्ने पर्यटकको भीड
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी