आज    |   

भारतीय पर्यटक माथि भएको दुव्र्यवहार प्रति पश्चिमाञ्चल होटल संघको गम्भीर ध्यानाकर्षण, दोषीलाई तत्काल कार्वाही गर्न सरकारसँग माग



नेपाल भारत सिमा बेलहियामा असोज १९ गते भारतीय पर्यटक माथि भएको दुव्र्यवहार प्रति पश्चिमाञ्चल होटल संघ पोखराको गम्ंभीर ध्यानाकर्षण भएको जनाएको   छ ।
होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले निकालेका विज्ञप्तिमा भनिएको छ पशुपतिनाथ दर्शनका लागि लखनउबाट आएका झण्डै एक दर्जन भारतीय पर्यटकले सीमामा आफ्नो वाहन पार्किङ गरेवापत दुई सय रुपैया तिरेको तर त्यसवापत नेपाली व्यवसायीसँग रसिद माग्दा उल्टो पर्यटकलाई लखेटी लखेटी पिटिएको र प्रहरी चौकी भित्र छिर्दा समेत थप आक्रमण गरिएको भन्ने समाचार अहिले केही भारतीय प्रिन्ट र अनलाइन मिडियामा प्रकाशित भए पछि आफ्नो गम्ंभीर ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, भारतीय टेलिभिजन च्यानल दूरदर्शनसँग सम्बन्धित पाहुनाहरु समेत संलग्न भनिएको उक्त पर्यटक समूह माथि घटना कसरी भयो र यस्तो परिस्थिति कसरी सिर्जना भयो– सत्यतथ्य जाँचबुझ गरी दोषीलाई तत्काल कार्वाही गर्न संघ नेपाल सरकारसँग जोडदार भाग गर्दछ । २० लाख पर्यटन नेपाल भित्र्याउने उद्धेश्यसाथ घोषित नेपाल भ्रमण बर्ष २०२० सुरु हुन तीन महिना पनि बाँकी नहुँदा भारतीय पाहुना माथि भएको यस्तो व्यवहारले पर्यटन र दुई पक्षीय सम्बन्धमा नै अत्यन्त नकारात्मक असर पर्ने संघको बुझाई छ । यस्तो सन्दर्भमा कसैबाट पनि पाहुनामाथि कुनै पनि प्रकारको दूव्र्यवहार मान्य हुन सक्दैन ।
लखनउ लगायत उत्तर भारतका थुप्रै शहरमा संघले विगत १२ बर्ष अघि देखि भारतीय पर्यटक नेपाल भित्र्याउन संचालन गरेको चलिए पोखरा अभियानको असर निकै सकारात्मक परिरहेको सन्दर्भमा भएको उक्त घटनाप्रति संघ गहिरो दुःख व्यक्त गर्न चाहन्छ । अतः भविश्यमा यसप्रकारका घटना नदोहो¥उनेतर्फ सचेत रहन समेत सम्बन्धित सबैपक्षसँग संघ हार्दिक अपिल गर्न चाहन्छ ।

Write your Comment


Related News
  • होटल महासंघको अधिवेशन कर्णालीमा, १५ सय ५० प्रतिनिधि सहभागी हुने
  • भरतपुर विमानस्थल १० दिन बन्द हुने
  • होटल व्यवसायमा ब्यावसायीक एकरुपता आवश्यक : अध्यक्ष रावत
  • होटल महासंघको सर्वसम्मत नेतृत्व चयन गर्न प्रदेश तिनले बनायो ५ सदस्यीय समिति
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी