ताजा समाचार

आज    |   

प्रदेश दुई – “बलियो पूर्वाधार कमजोर प्रचार प्रसार”



पर्यटकीय सम्भावना र बलियो पुर्वाधारको बिकासलाई आधार बनाएर २०४० सालमा स्थापना भएको पर्सा बन्यजन्तु आरक्षलाई सबै स्थानीय राजनैतिक ब्यक्ति , स्थानीय ब्यवसायी, संघ सस्था र सरकारी  निकायहरूको पहलमा बन मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषदले निकुञ्ज घोषणा गरेको पनि धेरै भयको छैन। आरक्ष हुँदा देखि बारा जिल्लामा सक्रिय रुपमा सामाजिक क्रियाकलापमा अग्रणी भुमिका खेलिरहेको होटल तथा पर्यटन ब्यवसायी संघ बाराले पर्या पर्यटनको प्रवल संभावनाहरु देखेपछी सहकार्य र समन्वयमा बिभिन्न कार्यक्रमहरु आयोजना गर्दै अगाडि बढ्यो। चुरेको संरक्षणका लागि विभिन्न अभियानहरु सम्पन्न भए।

चुरे रहे जङ्गल रहन्छ !
जङ्गल रहे पानी!!
पानी रहे हामी।
बारा, पर्सा र मकवानपुरको ६२७.३९ बर्ग किलोमीटर क्षेत्रफलमा फैलिएको पर्सा निकुञ्जमा बिश्वमै दुर्लभ पाटे बाघ, एकसिङ्गे गैडा,गौरी गाई, घोड, गधा , अजिङ्गर , मयूर मुख्य आकर्षण हुन। हाल प्रदेश नम्बर २ बाराको जितपुर सिमरा उपमहानगरपालिका आधारमा मुख्य कार्यालय रहेको छ । यो निकुन्ज नेपालको १२ निकुञ्ज मध्ये सबै भन्दा पछि घोषणा भयको निकुञ्ज हो र नेपाल सरकार , पर्यटन प्रबर्द्धन गर्ने सम्वन्धीत निकायको ध्यान नपुगेको निकुञ्ज पनि हो सायद यसमा नाम दोषी हुन सक्छ , पारसनाथ जैन मन्दिरको कारण पर्सा जिल्लाको नामाकरण भएको र सोही नाम बाट निकुञ्जको नाम राखियको ब्याख्या सम्बन्धित निकायबाट हुन सकेको छैन, श्री ३ देब समसेर सिकारखेल्न अमलेखगञ्ज नजिकै चारकोशे झाडिमा आउँदा सिकार खेल्ने क्रममा अतिनै सुन्दरी कर्म कुमारी कमिनी सङ्ग भेट भएको र कर्मकुमारीको रुप र शिल स्वभावले देबशमसेर लाई लठ्ठ बनाएपछी भएको घटनाक्रम सङ्ग सम्बन्धित कर्मकुमारी धारा बाट चारकोसे झाडिमा यात्रा गर्ने बटुवा र गोठालाहरुले पानी खाने गर्दथे ।सोही घटना क्रम सङ्ग संबंधित राणा श्री ३ ले निर्माण गरेका नेपालकै पहिलो खानेपानी टंकी पनि अम्लेखगन्ज मै रहेको छ । पहिलो रक्सौल – बिरगंज , अम्लेखगन्ज रेल मार्ग र रेलवे स्टेसन पनि ऐतिहासिक सम्पदा हुन। श्री ३ जङ्ग ब ले पनि भारत हुँदै बेलायत भ्रमण मा निस्कदा र फर्कदा कार लिएर यहि बाटो प्रयोग गरि काठमाडौ सम्मै बोकेर लगेका थिए।

सिमराको खाने पानी समिति देखि अम्लेखगन्जको खानेपानी समिति सम्मको चारकोसे झाडिको प्रत्येक एक कोशमा एउटा कर्मकुमारी धाराको निर्माण गर्नुको बिशेषता ले राणा कालमा समेत छुवाछुत सम्बन्धि क्रान्तिकारी अभियान शुरु भयको देखिन्छ। नेपालमा परापुर्वकालदेखि रहेको कमैया मुक्ती को अभियान को अमलेख अथवा मुक्क्ती पनि अमलेखगञ्ज बाटै भयको तथ्यलाई उजागर गर्नु जरुरी छ। पर्सा निकुञ्ज अमलेखगञ्जको चुरिया नजिकै बाट पश्चिम तर्फ कामिनी दह, रामभोहरी भाठा दुधेस्वर महादेव मन्दिर जाने द्वार अर्थात हात्तिसार पनि सोही क्षेत्रमा पर्दछ पर्यटकहरुको लागि हात्ती सवार पनि ब्यवस्थापन हुँदै आएको छ हात्तिसार सम्म पुग्ने बाटो फराकिलो र पिच अर्थात ढलान नहुनु , मेनरोड बाट भित्र जाने बाटोमा आकर्षक गेट नहुनु, पर्यटकीय स्थलहरुको मार्गचित्र साईन बोर्ड कहिँ कतै नहुनु, खानेपानीको उचित प्रबन्ध नहुनु र हात्तिसार एरिया नै सुन्दरिकरण नहुनुका कारणले गर्दा निजि लगानी गर्ने ब्यवसायिहरु निरास छन् । स्थानीय तह र संबंधित सबै निकायको ध्यान जान जरुरी छ ।

अम्लेखगन्ज लाई केन्द्र बिन्दु बनाएर जितपुरसिमरा उपमहानगरपालिकाले चुरिया अम्लेखगन्ज पथलैया पर्यटन जोनू घोषणा गर्दै शहरी बिकास बाट ३० करोड रुपैयाँ भौतिक पुर्वाधार निर्माण गर्नका लागि डिपिआर तैयार गर्ने गरि निर्णय गर्यो तर उपलब्धि सुन्य भएको छ । कागज मा मात्र सिमित हुने यस्ता प्रकारका गतिविधि बाट पर्यटन प्रबर्द्धन अभियान साथै ब्यवसाय धरापमा पर्ने गरेको छ।

के के छ निकुन्ज भित्र?

१ संरक्षित हलखोरिया दह।
२ तवस्बी राम ब बम्जनले तपस्या गरेको स्थल।
३ कामिनी दह , कालिमाटी दह , रातोमाटे दह
४ रमौली प्रतापपुर रामभोहरी सिमसार एरिया ।
५ दुग्देश्वर महादेव मन्दिर।
६ जङ्गल सफारी बाटो हरु।
७ मचान / टावर ।

राजधानी काठमाडौ बाट छोटो बाटो र सहज यातायात , काठमाडौ – सिमरा हवाई मार्ग , सिमरा, पथलैया, निजगढ र अम्लेखन्ज, ठोरी को सुवर्णपुरमा भएको होमस्टे एंवम खुलेका र खुल्न लाग्दै गरेका सुबिधा सम्पन्न होटल /रिसोर्टहरु साथै आर्थिक नगरी बिरगंज प्रदेश ३ को राजधानी हेटौंडा र रौतहटको च पुर सम्मका स्तरीय होटलहरुको कारणले पनि निकुञ्जको प्रबर्द्धनमा प्रभाव पार्ने देखिन्छ। भारतीय सिमा रक्सौल नजिक हुनु, प्रदेश नम्बर ३ को राजधानी हेटौंडा , आर्थिक राजधानी बिरगन्ज , निर्माणाधीन द्रुत मार्ग र अन्तर्राष्ट्रिय बिमानस्थल सम्भावनाका कडिहरु हुन निकट भविस्यमा नै सिमरा पोखरा उडान, सिमरा पटना उडान हुने संभावना भएको हुनाले ब्यवसायीहरुले मीठो सपना देख्न थालेका छन।

निकुञ्जमा आउने पर्यट्कलाई प्रकृति सङ्ग रमाउदै पर्या पर्यटनको स्वाद चखाउदै धार्मिक स्थल र जलकृडा स्थलहरुको भिजिट गराउन सकिन्छ । हेरिटेज भिलेज र स्थानिय भोजनमा रमाउदै निकुन्ज नजिकै रहेका होटल तथा रिसोर्टहरुले प्रस्तुत गरेका विभिन्न प्याकेजहरु नेपाल भर्मण बर्ष 2020 को अवसरमा डिस्काउन्ट अफरको उपभोग गर्न सक्नेछन । चितवन रास्ट्रिय निकुञ्ज सङ्ग जोडिएको पर्सा निकुन्ज भित्र रहेको हात्तीहरुलाई गणेश को प्रतीक मानेर “गजपुजन” अभियान चलाउने हात्ती चढ्ने होईन पर्यटकहरुलाई मालाले स्वागत गर्ने गरि ब्यवस्थापन गर्ने, ५०० देखि ९५० मिटर सम्म अग्लो चुरे पर्वत छन र सो पर्वतलाई जोगाउन र पर्यटकहरुलाई मनोरञ्जन दिन वाटर होल्ड निर्माण गरि रक क्लाईम्बिङ्ग को दृघकालिन ब्यवस्थापन गर्न सके सुनको कचौरा लियर भिख माग्ने हामी नेपालीको सस्कारको अन्त्य हुने थियो। सोही सस्कारको अन्त्य कसरी गर्न सकिएला भनेर स्वयंम घोत्लिरहेको समयमा करिव ३/४/ बर्ष पहिले बाराको निजगढमा वरिष्ट चलचित्र कर्मी, खेलप्रेमी रा खे प का पुर्व सदस्य सचीव  युवराजलामाको आगमन भयो अनि शुरु भयो बारा लगाएत प्रदेश नम्बर २ को पर्यटन प्रबर्द्धन अभियान साथमा समाजसेवी होटल ब्यवसायी संघ बाराका सल्लाहकार राजन पौडेल र नागमणी बन उपभोक्ता समितिका अध्यक्ष रबि दङ्गाल सहित होटल ब्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछाने अनि निकुञ्जका तत्कालीन सहायक वार्डेन बिरेन्द्र कडेल वार्डेन  युवराज रेग्मी हुँदै तत्कालीन वार्डेन  हरिभद्र आचार्य  सङ्गको सहकार्य र समन्वयको चर्चा छुटाउन नहुने प्रसङ्ग हुन।

साथै पछिल्लो समय खास गरि जन निर्वाचित प्रतिनिधिहरु,- बिशेष माननिय सुन्दर बहादुर बिक र  सीता गुरुङ को योगदान प्रशंसा र सम्मान योग्य रहेको महसुस भएको छ। संचार कर्मी, सुरक्षाकर्मी लगायत अभियानमा जोडिएका सबैको भुमिका आ आफ्नो ठाउँमा स्मरण योग्य छदैछ।

यसैगरी सुरु भयको यात्रा तय गर्ने क्रममा केहि छुटने र धेरै जोडिने क्रम जारी नै छ । होटल तथा पर्यटन ब्यवसायी संघ बाराको आयोजनामा “भिजिट टु पर्सा निकुञ्ज ” भन्ने नारा सहित विभिन्न समयमा आयोजित पथ पर्दशक तालिम , फुड फेस्टिवल, विविध अन्तक्रिया , गोष्टि र तालिम,फोटो प्रदसनी , साईकिलिङ्ग, फुड डिमोस्ट्रेसन , पर्यटक स्वागत जस्ता कार्यक्रमहरुबाट निकुञ्ज लगाएत यस भेगको प्रबर्द्धनमा उल्लेख्य टेवा पुगेको सत्यता कोहि सामु लुक्न सकेको छैन। देशमा नेपाल भ्रमण बर्षको माहोल सकारात्मक रुपले अघि बढिरहेको सन्दर्भमा प्रदेश २ ले छलाङ मार्दै नेपाल भर्मण बर्ष २०२० प्रदेश समन्वय समिती र नेपाल होटल तथा पर्यटन ब्यवसायी महासंघ प्रदेश २ को सहकार्य र समन्वयमा विभिन्न कार्यक्रमहरु सम्पन्न भै अनुमोदन समेत भयको सन्दर्भमा आगामी दिनमा विभिन्न जिल्लामा प्रबर्द्धनका क्रियाकलापहरु आयोजना गर्ने सिलसिलामा पर्सा निकुन्जलाई बिश्व सामु चिनाउने आन्तरिक पर्यटन प्रबर्द्धन र नेपाल भ्रमण बर्ष लाई सफल बनाउने उदेश्यले “पर्सा निकुञ्ज महोत्सव” आयोजना गर्ने तैयारिका साथ नेपाल भ्रमण बर्ष 2020 प्रदेश समन्वय समिती प्रदेश २ले निर्णय नै गरिसकेको छ ।

नेपाल होटल तथा पर्यटन ब्यवसायी महासंघ प्रदेश २ को समेत साझा अबधारणा बनेको छ । सोही कार्यक्रम लाई महा उत्सबको रुपमा सफल बनाउन जिल्ला स्थित स्थानिय आयोजकको अबिभारा बोक्न होटल तथा पर्यटन ब्यवसायी संघ बाराले पनि निर्णय गरेर तैयारी सहित गृहकार्य शुरु गरिसकेको छ ।स्थानिय रुपमा सबै निकाय सङ्ग मिलेर आवश्यकता अनुसार नेपाल भ्रमण बर्ष प्रदेश समन्वय समिती प्रदेश २ ले तयगरेका ४० गन्तब्यहरुलाई नेपाल होटल तथा पर्यटन ब्यवसायी महासंघको प्रथम अधिबेशन मार्फत कार्यक्रमका प्रमुख अतिथी प्रदेश २ सरकारका मुख्यमन्त्री मा. लाल बाबू राउत र भौतिक पुर्वाधार मन्त्री मा जितेन्द्र सोनल  बाट बिमोचन भयको (फोटो) भौतिक पुर्वाधार समेत निर्माण गरि प्रबर्द्धन गर्ने अभियानमा हामी सबै लागौ।

काठमाडौ पछिको पर्यटकहरुको रोजाईको केन्द्र पोखरा- गण्डकी प्रदेशबाट पर्यटन मन्त्री सहितको टिम आन्तरिक भर्मण बर्ष २०१९ र नेपाल भ्रमण बर्ष 2020 को अवसर पारेर प्रदेश २ को आर्थिक नगरी बिरगंज र राजधानी जनकपुरको भ्रमण गर्नुको उदेश्य हामिले बुझ्नु जरुरी छ । पोखरामा हिमाल देख्न पाईन्छ , सौराहामा गैडा देखिन्छ , पर्सानिकुन्ज मा हात्तिको स्वागतमा गजपुजन गरि गौरी गाईको अवलोकन गरौ अनि शुरु गरौ प्रदेश २ को यात्रा….. ।

Write your Comment


Related News
  • सौराहामा खुल्यो सामुदायीक होमस्टे, एक रात खान, बस्न १ हजार
  •  दिगो विकासको सारथीः दिगो पर्यटन
  • दैलेखको पहिचान के हो ? किन गुमनाम छन् पर्यटकीय स्थलहरु ?
  • भ्रमण वर्ष सचिवालयमा आर्थिक पारदर्शीता र आर्थिक शुद्धिकरण हुन्छ : उप सचिव निलम न्यौपाने
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी