ताजा समाचार

आज    |   

गण्डकी प्रदेश आन्तरिक भ्रमण वर्षको “पर्यटन प्रवर्द्धन अभियान“ काठमाडौँमा समापन



गण्डकी प्रदेश आन्तरिक भ्रमण वर्ष २०१९ र नेपाल भ्रमण वर्ष सन् २०२० लाइ लक्षित गरी गण्डकी प्रदेशमा पर्यटकलाइ घुम्न आउन निम्ता बाड्दै “पर्यटन प्रवर्द्धन अभियानको काठमाडौँमा समापन गरीएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल नेतृत्वमा एक हप्ता चलेको “पर्यटन प्रवर्द्धन अभियान  (Seles Mission)” आन्तरिक पर्यटकलाइ पोखरा घुम्न निम्ता बाड्दै एक हप्ते अभियान काठमाडौँमा समापन भएको हो । समापन कार्यक्रममा संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री  योगेश भट्टराईले गण्डकी प्रदेश लाइ जति धेरै पर्यटकको खाचो छ त्यति धेरै अन्य प्रदेशलाइ रहेकाले नजिकीदै गरेको नेपाल भ्रमण वर्षलाइ सफल पार्न आ आफ्नो तह तप्पकाबाट लाग्नु पर्ने बताउनुभयो ।

कार्यक्रमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साले अरूले गर्देला भन्दा पनि आफैले गर्नु पर्छ भन्ने भावाना भए जुन सुकै काम पनि सफल हुने बताउनुभयो । मन्त्री लम्सालले एक हप्ते पर्यटन प्रवर्द्धन अभियानले गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थलहरूलाइ चिनाएको  र गण्डकी प्रदेशमा घुम्न जाउँ जाउँ लाग्ने बनाएको बताउनुभयो । साथै मन्त्रीले संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाइ गण्डकी प्रदेश भ्रमणको निम्तो समेत दिनुभएको छ ।

एक हप्ते अभियानमा टोलीले बुटवल, चितवन, विरगंज, बिराटनगर, जनकपुर मा कार्यक्रम गरेकाे थियाे । अभियानमा पोखराका पर्यटन विज्ञ ,पर्यटन व्यवसायी, उधोगी, तथा, पत्रकारहरूको सहमागिता रहेको थियो ।

Write your Comment


Related News
  • सौराहामा खुल्यो सामुदायीक होमस्टे, एक रात खान, बस्न १ हजार
  •  दिगो विकासको सारथीः दिगो पर्यटन
  • दैलेखको पहिचान के हो ? किन गुमनाम छन् पर्यटकीय स्थलहरु ?
  • भ्रमण वर्ष सचिवालयमा आर्थिक पारदर्शीता र आर्थिक शुद्धिकरण हुन्छ : उप सचिव निलम न्यौपाने
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी