ताजा समाचार

आज    |   

सचिवालयमा प्रचार सामाग्री छैन ? कसरी हुन्छ भ्रमण वर्ष सफल ? – अध्यक्ष पराजुली



नेपाल भ्रमण वर्ष सुरु हुन केहि महिना मात्र बाँकि रहदा नेपाल भ्रमण वर्ष सचिवालयमा प्रचार प्रसार सामाग्रीको छैन । सरकारले सन् २०२० मा २० लाख पर्यटक नेपाल भ्रमण वर्षको समयमा भित्राउने भने पनि भ्रमण वर्षको प्रचार गर्ने सामाग्री नहुदा भ्रमण वर्ष नामको मात्र हुने नश्चित देखिएको नेपाल ट्रेकिङ–ट्राभल्स– र्याफ्टिङ-एयरलाईन्स-संस्कृत–पुरातात्विक-कुरियर-कार्गो-कर्मचारी-मजदुर यूनियन (यूनिट्राभ) का अध्यक्ष सुमन पराजुलीले बताउनुभयो ।

भ्रमण वर्षको राम्रो तयारी नहुनु, भ्रमण वर्ष सचिवालयमा प्रचार प्रसार सामाग्री प्राप्त नहुनु ले भ्रमण वर्ष सफल भन्दा पनि असफता तिर गएको बताउदै अध्यक्ष पराजुलीले बजेट अनुसार प्रचार सामाग्री नभएको बताए ।

भ्रमण वर्षको लागि प्रचारमा छुटाएको पैसा तारे होटलमा कार्यक्रम गरेर सक्नु र कमिसनको खेलमा पैसा बाडनुले भ्रमण वर्ष नामको मात्र हुने भन्दै पराजुलीले नेपालमा २० लाख पर्यटकलाई धान्ने श्रमीक नभएको बताउनुभयो । विना पूर्वाधार भ्रमण वर्षको तयारी गरिनु नयाँ गन्तव्यको खोजी नगरीनुले पनि २०२० मा पर्यटक २० लाख नआउने बताउनुभयो ।

Write your Comment


Related News
  • सौराहामा खुल्यो सामुदायीक होमस्टे, एक रात खान, बस्न १ हजार
  •  दिगो विकासको सारथीः दिगो पर्यटन
  • दैलेखको पहिचान के हो ? किन गुमनाम छन् पर्यटकीय स्थलहरु ?
  • भ्रमण वर्ष सचिवालयमा आर्थिक पारदर्शीता र आर्थिक शुद्धिकरण हुन्छ : उप सचिव निलम न्यौपाने
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी