ताजा समाचार

आज    |   

चौकुने गाउँपालिकालाई अर्गानिक सँगै पर्यटकीय हव बनाउँछौ : अध्यक्ष शाही



“चौकुने दिगो विकासको मुल आधार सुशासन समृद्धि र पर्याप्त पूर्वाधार ” भन्ने नारा लाई आत्म साथ गर्दै चौकुने गाउँपालिका सुर्खेतको समग्र विकासका लागि पर्यटन, कृषि, पशुपालन,र्यागफटिङ्ग व्यवसायको उच्च सम्भावनालाई मध्यनजर गर्दै चौकुने गाउँपालिले अर्गानिक सँगै पर्यटकिय क्षेत्रमा उत्पादनशिल रुपमा अगाडी बढिरहेको छ । गाउँपालिकाको आगामी लक्ष्य र उद्देश्यका बारेमा चौकुने गाउँपालिकाका अध्यक्ष  धिर बहादुर शाहीसँग आओ टुरिजम न्यूज कर्णाली प्रदेशका संयोजक दिपक जैसीले गरेको कुराकानी ः

तपाई निर्वाचित भईसके पछि पर्यटन क्षेत्रमा के कस्ता काम गर्नुभयो ?
सर्वप्रथम त चौकुने गाउँपालिकालाई बिश्वभर चिनाउँन चौकुनेमा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुको डकुमेन्ट्रि बनाई प्रचार प्रसार  गरियो । भेरी कर्णाली दोभान र सेति कर्णाली दोभानलाई धार्मिक पर्यटकीय रुपमा बिस्तार गर्न महायज्ञको आयोजना  गरियो । गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्रहरूको खोज तथा प्रचार प्रसारमा केन्द्रित भएर कामहरू गरेका छौँ ।

नेपाल भ्रमण वर्ष पनि नजिकिदै छ, तपाईले पर्यटक भित्राउन चौकुने गाउँपालिकालाई कुन अवधारणा बाट अगाडी बढाउदै हुनुहुन्छ ?

म निर्वाचित भईसके पछि ग्रिन चौकुनेको अवधारणा र अर्गानिक उत्पादनमा बिषेश जोड र पर्यटनको अवधारणाबाट अगाडी बढाउदै लैजाने योजना बनाएको छु । पक्कै पनि नेपाल भ्रमण वर्षमा आउपालिकामा रहेका पर्यटकीय स्थलहरूमा पर्यटकहरू भित्राउन गाउँपालिकाले पहिलो काम पूर्वाधार निमार्ममा जोड दिएको छ र पर्यटकीय स्थलहरूको प्रचार प्रसार गर्ने कार्यमा पनि हामी जुटेका छौँ ।

 चौकुने गाउँपालिकालाइ उत्कृष्ट बनाउँन के गर्नु पर्ला ?

चौकुने गाउँपालिकालाइ उत्कृट गाउँपालिका बनाउन  हामीले अर्गानिक सँगै पर्यटकीय हवको रुपमा बिकसित गर्दैछौँ । त्यसका लागि केहि समय त लाग्छ तर हामीले देशकै एक नमुना तथा अर्गानिक सँगै पर्यटकीय हव बनाउने छौँ ।

 

Write your Comment


Related News
  • सौराहामा खुल्यो सामुदायीक होमस्टे, एक रात खान, बस्न १ हजार
  •  दिगो विकासको सारथीः दिगो पर्यटन
  • दैलेखको पहिचान के हो ? किन गुमनाम छन् पर्यटकीय स्थलहरु ?
  • भ्रमण वर्ष सचिवालयमा आर्थिक पारदर्शीता र आर्थिक शुद्धिकरण हुन्छ : उप सचिव निलम न्यौपाने
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी