ताजा समाचार

आज    |   

पश्चिमाञ्चल टानका उपाध्यक्ष भन्नुहुन्छ खै कहाँ छन् पर्यटक ?



सरकारले तामझामका साथ नेपाल भ्रमण वर्ष मनाउदै छ तर नेपालमा भित्रिने पर्यटकको संख्या भने दिन दिनै कम हुदै गएको छ । सरकारको टाडा र विभिन्न सञ्चार माध्यमा प्रकाशित भएका समाचार हेर्दा नेपालमा भित्रिने पर्यटको संख्या बढे पनि ति पर्यटक कहाँ जान्छन भनेर व्यवसायीले खोजिराखेको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल ९टान० पश्चिमाञ्चलका द्धितीय उपाध्यक्ष धर्म राज पन्थीले बताउनुभयो ।

उहाँले पहिले नेपालमा अधिकाश क्वालिटि पर्यटक भित्रिने गर्थे त्यसैले व्यवसाय गर्न सहज हुन्थ्यो तर अहिले भित्रिनै छाडे पछि व्यवसाय गर्नै गाह्रो भएको बताउनुभयो । पछिल्लो समय पर्यटनको राजधानी भनेर चिनिने पोखरामा विदेशी पर्यटकको संख्यामा कमि आएको बताउदै करोडौँ लगानी गरेका व्यवसायहरु आन्तरिक पर्यटनमा निर्भर हुनुपर्ने बताउनुभयो ।

पन्थीले नेपाल भ्रमण वर्ष सन् २०२० को पूर्व सन्ध्यामा जति प्रचार प्रसार हुनुपथ्यो त्यो नभएकाले सरकारले लगेको लक्षय पूरा नहुने भन्दै सन् २१ मा पर्यटकको संख्यमा वृद्धि हुने आशमा व्यवसायीहरु रहेको बताउनुभयो ।

Write your Comment


Related News
  • सौराहामा खुल्यो सामुदायीक होमस्टे, एक रात खान, बस्न १ हजार
  •  दिगो विकासको सारथीः दिगो पर्यटन
  • दैलेखको पहिचान के हो ? किन गुमनाम छन् पर्यटकीय स्थलहरु ?
  • भ्रमण वर्ष सचिवालयमा आर्थिक पारदर्शीता र आर्थिक शुद्धिकरण हुन्छ : उप सचिव निलम न्यौपाने
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी