ताजा समाचार

आज    |   

विश्व पर्यटन दिवसको अवसरमा चितवनमा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघको सारसफाई, जिल्लामा पर्यटक भित्राउन तयार छौँ



विश्व पर्यटन दिवसको अवसरमा चितवन होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अगाडि सारसफाई कार्यक्रम गरेको छ ।सफा सडक सफा शहर भएमा पर्यटक भित्राउन सहज हुने भन्दै व्यवसायी संघले विश्व पर्यटन दिवसको दिन सरसफाई गरिएको उपाध्यक्ष विर बहादुर गुरुङले बताउनुभयो ।

कार्यक्रममा संघका महासतिव देव शर्मा पौडेलले चितावन पर्यटकको उत्कृष्ट गन्तव्य भएको र जिल्लामा आउने आन्तरिक तथा वाह्य पर्यटक हरुलाले पर्यटकीय स्थलहरुमा जान सडकको प्रयोग गर्ने हुर्दा सडक सफा राख्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा संघका कोषध्यक्ष दिपक पौडेलले जिल्लामा पर्यटक भित्राउने होटल व्यवसाय भएको भन्दै होटल व्यवसायीहरुलाई राज्यले तालिम दिनुपर्ने बताउनुभयो । उहाँले चितावनमा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ एक स्थापित संघ भएकाले नेपाल भ्रमण वर्ष सफल पार्न आफुहरु लागेको र त्यसको लागि जिल्लामा पर्यटन भित्राउन भ्रमण वर्ष सचिवालय संघ सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा संघका सल्लाकार आनन्द रञ्जित, ददिराम गौतम, तोयानाथ भट्टराई, सह कोषध्यक्ष लक्ष्मी कार्की सदस्यहरु सुरेन्द्र केसी , भरत रिजाल लगाएतको सहभागिता रहेको थियो ।

Write your Comment


Related News
  • सौराहामा खुल्यो सामुदायीक होमस्टे, एक रात खान, बस्न १ हजार
  •  दिगो विकासको सारथीः दिगो पर्यटन
  • दैलेखको पहिचान के हो ? किन गुमनाम छन् पर्यटकीय स्थलहरु ?
  • होसानको निर्णय : भ्रमण वर्ष अवधिभर होमस्टेहरुमा बस्न आउने पर्यटकहरुलाई २० प्रतिशत छुट दिने
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी