ताजा समाचार

आज    |   

केक काटेर होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश ३ को पहिलो स्थापना दिवस (तस्विरसहित)



होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश ३ ले आफ्नो पहिलो स्थापना दिवस विशेष कार्यक्रम गरि मनाएको छ । विश्व पर्यटन दिवसका दिन नुवाकोटको विदुरमा पूर्व मन्त्री तथा प्रतिनिधिसभाका सांसद हित बहादुर तमाङ को प्रमुख आतिथ्यता तथा संस्थापक अध्यक्ष सन्तोष उप्रेतिको अध्यक्षतामा प्रदेश ३ मा रहेका १३ जिल्लाका सम्पूर्ण सदस्यहरु सहभागी भई केक काटेर दिवस मनाईएको थियो ।

अध्यक्ष उप्रेतिले पर्यटन क्षेत्रको प्रवद्र्धन तथा नेपाल भ्रमण वर्षलाई सफल बनाउन साना तथा मझौला होटलहरुको भूमिका महोत्वपूर्ण हुने बताउनुभयो । उप्रेतिले होटल तथा पर्यटन क्षेत्रमा वर्ष भरि कलम चलाउने १ जना पत्रकारलाई विशेष सम्मान गर्ने बताउनुभयो । सो अवसरमा सहभागी १३ जिल्लाका अध्यक्ष तथा पदाधिकारीहरुले होटल तथा पर्यटन व्यवसायी संघलाई पर्यटन क्षेत्रको एक स्थापित संस्थाको रुपमा चिनाउदै नेपालको पर्यटन क्षेत्रलाई विश्व बजारमा चिनाउन सक्रिय भएर लाग्ने बताए ।

आफ्नो स्थापनाको दिवसमा होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश ३ ले विभिन्न सरोकारवाला व्यक्ति विच नुवाकोटको पर्यटन विकास तथा भ्रमण वर्षमा कसरी पर्यटक भित्राउने विषयमा अन्तरक्रिया कार्यक्रम गरेको थियो । उक्त कार्यक्रम संघका महासचिव दामोदर नेपालले सञ्चालन गरेका थिए ।

Write your Comment


Related News
  • सौराहामा खुल्यो सामुदायीक होमस्टे, एक रात खान, बस्न १ हजार
  •  दिगो विकासको सारथीः दिगो पर्यटन
  • दैलेखको पहिचान के हो ? किन गुमनाम छन् पर्यटकीय स्थलहरु ?
  • भ्रमण वर्ष सचिवालयमा आर्थिक पारदर्शीता र आर्थिक शुद्धिकरण हुन्छ : उप सचिव निलम न्यौपाने
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी