ताजा समाचार

आज    |   

विश्व पर्यटन दिवसको दिन सिमरा एयरपोर्टमा आउने यात्रुलाई पर्यटन मन्त्रीले स्वागत गर्ने



प्रदेश नम्बर दुई सरकारले विश्व पर्यटन दिवसको दिन सिमारा एयरपोर्टमा आउने पहिलो विमानका यात्रुहरूलाई पर्यटन मन्त्रीले स्वागत गर्ने हुनुभएकाे छ । नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन प्रदेश दुई सरकार र नेपाल भ्रमण वर्ष प्रादेशिक समितिले विश्व पर्यटन दिवस असोज १० गते सिमारा एयरपोर्टमा आउने पहिलो बिमानका यात्रुहरुलाई प्रदेश दुईका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय र नेपाल भ्रमण वर्ष प्रदेश दुई समन्वय समितिका संयोजक मनिष झा ले खादा माला र जुस पिलायर स्वागत गर्ने कार्यक्रम रहेको नेपाल भ्रमण वर्ष प्रदेश दुई समितिका सदस्य मोहन शर्माले बताउनुभयो ।

होटल तथा पर्यटन ब्यवसायी संघ बाराको मुख्य आयोजना, सामुदायिक प्रहरी साझेदारी , सिमरा बिमानस्थल, निर्माणाधीन अन्तरास्ट्रिय बिमानस्थल , नेपाल भर्मण बर्ष २०२० प्रदेश समन्वय समिती, नेपाल होटल तथा पर्यटन ब्यवसायी महासंघ प्रदेश २,सिमरा फाउन्डेसन र राजनैतिक दलहरुको सयुक्त आयोजनामा सिमरा बिमानस्थलमा आउने यात्रुहरूलाई अतिथी देबो भव को रुपमा स्वागत गर्ने शर्माले बताउनुभयो ।

शर्माले भ्रमण वर्षलाई सफल बनाउन प्रदेश दुई सरकार र समन्वयन समितिले प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको प्रचार प्रसार तथा पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु गदै आएको जनाउदै विश्व पर्यटन दिवसको दिन भिस्वा होटल विरगंजमा टुर प्याकेजिङ्ग वर्कसप कार्यक्रम गर्ने बताउनुभयो । उक्त कार्यक्रममा प्रदेश दुईका ८ जिल्लाबाट ३,३ जनाको सहभागिता रहने छ । कार्यक्रममा पर्सा निकुन्जलाई केन्द्र बिन्दुमा राखेर पर्यटकीय सर्किट कसरी बनाउन सकिन्छ भन्ने विषयमा सरोकार वालाहरु बिच छलफल हुने शर्माले बताउनुभयो छ ।

Write your Comment


Related News
  • सौराहामा खुल्यो सामुदायीक होमस्टे, एक रात खान, बस्न १ हजार
  •  दिगो विकासको सारथीः दिगो पर्यटन
  • दैलेखको पहिचान के हो ? किन गुमनाम छन् पर्यटकीय स्थलहरु ?
  • भ्रमण वर्ष सचिवालयमा आर्थिक पारदर्शीता र आर्थिक शुद्धिकरण हुन्छ : उप सचिव निलम न्यौपाने
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी