ताजा समाचार

आज    |   

कतारबाट बद्री नाथ झाको पयर्टन मन्त्रीलाई पत्र – गलत लेख्या भए माफी पाँउ तर देश को हितमा सोचौ



माननिय याेगेश भट्टराई जि तपाईं युवा मन्त्री त्यस भन्दा पनि मा.केपि ओलि जि को सिस्य एवम् भन्नू पर्दा उहाँ को खास ब्यक्ति हुनु हुन्छ नमस्कार,निर्वाचनको बेला सम्मानिय प्रधानमन्त्री जि ले गरेको बाचा पूरा गर्नु भएको छ राम्रो लाग्यो बधाई छ। तपाईं मन्त्री भएको नाताले मेरो मन मा एउटा् कुरा बार बार पिरोली रहदा कुरा राखौ भनेर हजुर लाई यो लेख्न बाध्य भए । तपाईं द्वरा सुधार हुन्छ अपेक्षा गर्दै छु।

म कतार मा ईन्जिनियर फिल्ड मा कार्यरत छु र यहाँ अहिले करिब करिब १२ बर्ष भएको छ र प्राय बर्ष मा दुई पटक वा एक पटक आउने जाने गर्दै छु त्यो पनि आफ्नै देश को अन्कित झणडा वला चिन्ह भएको राष्ट्रिय ध्व्ज बाट,कम्पनी ले हरेक पटक कतार ऐर्वज को टिकेट दिने गरेको छ तर मैले हरेक पटक आफनै राष्ट्र लाई फाइदा हुने गरि नेपाल एअरलाइन्स नै रोज्ने गरेको छु।कतार एअर्वज बिश्व का पाँच तारे एरबेज मध्य एक हो।नेपाल र कतार ऐर्वेज एक समय मा नै सुरुवात भएको थियो भन्ने सुन्या छु एक समय कतार ले अरु देश को प्लेन भाडा मा लिएर चलाउदै थिए आज १०० भन्दा बढी र १०० जति देश मा अन्तर्राष्ट्रिय हवाई सुबिधा दिएको छ।

हामी गर्ने चाहे सम्भब छ् तर गर्ने यहाँ को?हामी बिश्व मा कहिले सम्मसगरमाथा र गौतम बुद्ध सम्म चिनाउने?भिजिट नेपाल २०२० को लागि हामी त्यारी मा छौ तर हाम्रो हवाइ जहाज को अवस्था हेर्दा एस बाट नकारात्मक प्रचार प्रसार होला जस्तो तपाईं लाई लाग्दैन?कहिले प्लेन मा मुसा छिर्ने त कहिले
विमानस्थल मा कर्मचारी ले न राम्रो व्यबहार गर्ने कुरो नौलो रहेन्न?एस्ता बारम्बार हुँदै गरेको छ।

नेपाल एरलाइन्स मा ब्यक्तिगत मलाई दुई पटक फलाइट केन्सिल भएको छ त्यो पनि नाया प्लेन हेर्दा नै राम्रो लाग्ने तर किन गतिलो भएन एसो भन्नू पर्दा पाइलट को गल्ती होला वा केही प्राबिधिक गडबडि हुन सक्छ तर प्राय एस्तो हुँदै गर्दा कुनै निकाय ले एस तिर ध्यान दिएको जस्तो अनुभुती भएन?तपाई युवा र त्यस मध्य पनि पहिलो पटक मन्त्री हुनु भएको छ। स्वाभाविक हो केही राम्रो गर्नु हुन्छ भन्ने आशा बिश्वास छ।

एक दिन प्लेन ग्राउन्डेट भयो भने लाखौ लाख छती हुन्छ र त्यस भन्दा पनि आम जनता को समस्या हुन्छ त्यस बापत नेपाल ऐर्लिन्श ले होटेल मा राख्ने र अर्को सेडुल न आउन जेल सम्म राख्ने ब्यब्स्था हवाई कानुन मा रहेकोे छ र पुनह एअरपोर्ट सम्म छोडनु पर्ने हुन्छ त्यो सबै जोडने हो भने अझै बढी रकम निगम ले ब्योहर्नु पर्ने हुन्छ।त्यो घाटा निगम र देश कै हो।के हामी एस लाई सुधार गर्ने सक्दैनौ र?

आज पुनह काठमाडौं देखि कतार आउनु पर्ने फलाइट केन्सिल भएको छ?निगम किन घाटा मा गैइ राख्या छ त्यस तिर अनुसन्धान हुन अति जरुरी छ।राष्ट्र लाई फाइदा होश भनेर आम नेपाली प्रबाशी कामदार ले टिकेट लिने गर्द छन तर प्राय एस्ता समस्या आउदा आम जनता लाई दुख पर्ने समस्या हुदा एस बाट नाकरत्मन प्रचार प्रसार हुने त्यस कारण सरोकार वला ध्यान न दिनु अति जरुरी छ।

आस्ति मात्र हिमालय ऐर्लाइन्स नेपाल को ब्यपार मा प्रबेश गरेको हो भने चाईना एवम् नेपालि ब्यापारि मिलेर राम्रो आम्दानी गर्दै छन।आज दुबै को तुलना गर्ने हो भने नेपाल वायु सेवा धेरै पछाडि परेको छ।नेपाल वायु सेवा निगम ले सन्चाल गरेको काउनटर बाट अन्य हवाइ जहाज को टिकट काटने गरेको छ तर नेपाल ऐर्लाइन्स को टिकट कम कमिशन भएर हो कि टिकेट काटिदैन आखिर किन एस्तो अवस्था?आम नेपाली को भनाइ र एक नेपाली को नाताले सुझाब सल्लाह राखेको छु उत्तर को प्रखाइ र ब्यबस्था फेरियोस र हाम्रो राष्ट्रिय ध्वह आफ्नो इतिहास बनावोश।। (शुभकामना)

आम आदमी
बद्री नाथ झा दोहा कतार महोत्तरी जलेश्वर-जनकपुरधाम

Write your Comment


Related News
  • सौराहामा खुल्यो सामुदायीक होमस्टे, एक रात खान, बस्न १ हजार
  •  दिगो विकासको सारथीः दिगो पर्यटन
  • दैलेखको पहिचान के हो ? किन गुमनाम छन् पर्यटकीय स्थलहरु ?
  • भ्रमण वर्ष सचिवालयमा आर्थिक पारदर्शीता र आर्थिक शुद्धिकरण हुन्छ : उप सचिव निलम न्यौपाने
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी