ताजा समाचार

आज    |   

पर्यटन प्रवर्धन प्रचार प्रसारको ससक्त औजार ‘फामट्रीप’



मनोज गिरी
प्रवन्ध निर्देशक
टुरीजम इभेन्टस एण्ड रिसर्च सेन्टर

आजकल फामट्रीप (फेमिलि राइजेसन ट्रीप) अर्थात् सह–सम्बन्ध भ्रमण पर्यटन प्रवर्धनको प्रचलनको रुपमा चलन चल्तीमाआएको छ । यसलाई सरल भाषामा भन्दा उस्तै उस्तै व्यवसायी र पेशेबरकाबीच एक अर्काको त्रीचमा जानकारी, सुचना, ज्ञान र मनोरन्जनका  लागिगरिने यात्राको रुपमा लिइन्छ । खास गरि फामट्रीप निशुल्क वा अत्यन्त सस्तो भ्रमणको रुपमा लिइए पनि यसको उद्देश्य व्यापारिक भएकाले महत्वपूर्ण छ ।

यस्तो प्रकारको भ्रमणको चलन बेलायतबाट भएपनि हाल सँसार भरि प्रचलित छ । यो सुरु आति अवस्थामा ट्राभल एजेन्टहरुलाई एक अर्काको बिचमा सहयोग, जानकारी र व्यापार व्यवसायको प्रगतिको लागि गरिएको यसको बिषेशताहरु अध्ययन गर्दा थाहा हुन्छ ।

ट्राभल व्यवसायीले आफ्नो व्यवसायसँग सम्बन्धित व्यवसायहरु जस्तै, होटल, एयरलाइन्स, टुर अपरेटर, टुरीजमबोर्ड, पर्यटन अध्ययन गराउने सँस्थाहरु आदिको भ्रमण गराउने प्रचलन रहे पनि आजकल यसको प्रयोग बिभिन्न क्षेत्र, व्यवसाय, पेशाको बीचमा प्रचलनमा आइ सकेको छ । आजकल मिडिया फाम ट्रीप, हस्पीटालीटी फाम ट्रीप, शैक्षिकफाम ट्रीप, कृषक फाम ट्रीपआदिको रुपमा बिबिधीकरण भएर गएको छ ।फामट्रीप सिक्ने र सिकाउने भ्रमण भएकाले यसमा सबै तहका पेशेवरहरु भ्रमणमा सामेल हुने गरेको कुरा अभ्यासहरुले देखाउँछ ।

हामी बिसौँ बर्ष देखि एडेभेन्चर पर्यटनको प्रवर्धन गर्दे आइरहका छौँ, अझै पनि यसैलाई नै लगातार प्रवर्धन गर्दैछौं, तर यस बाहेक हामीसंगथुर्पे संभावनाहरु छन् जो हामीले न त यसको संभावनाको खोजी गरेका छौँ न त तयार नै र्छौ । नेपालको सन्दर्भमा चाहीँ फाम ट्रीप नयाँ ट्राभल प्याकेज हुन सक्छ ।

फाम ट्रीप गर्नुका उद्देश्यहरु

सामान्यतः फामट्रीप एक अर्कामा जानकारी, ज्ञान, अनुभव आदानप्रदान र मनोरन्जन गर्नको लागि गरिए पनि यसको उद्देश्य व्यापार बढाउनु नै हो । उदाहरणको लागि हाल सालै नेपाल स्थीत बृटिस काउन्सील नामक बेलायती सरकारी सँस्थाले नेपालमा नेपाली बिद्यार्थीहरुलाई बिदेशी बिव्वविद्यालयमा भर्ना प्रकृयामा सहजीकरण गर्र्दै आइरहेका कन्सल्टेन्सी व्यवसायीहरुलाई आफ्नो देशको भ्रमण गराएको छ । यो भ्रमण व्यवसायीहरुलाई फगत मनोञ्जनका लागि होइन । यतिबेला सँयुक्तअधिराज्य युरोपसँगको पृथकीकरणको कठोर घडीमा छ त्यसको परिणाम स्वरुप बेलायती अर्थतन्त्र कठीन मोडमा पुगेको छ । यस्तो बेलामा नेपाली बिद्यार्थीलाई उनीहरुको बिश्वबिद्यालयमा भर्ना गराउनु र अन्यमुलुकको पैसा आफ्नो मुलुकमा लैजानु उनीहरुको मुख्य उद्देश्य हो । बिगत सन् २००६ देखि २००९ मा पनि बेलायतले यसै गरी बिदेशी बिद्यार्थीहरु बाट खरबौ पाउँण्ड आफ्नो देशमा भित्र्याएको थियो ।

पटक पटक हुने यस्ता फामट्रीपहरुले एकातिर देशको आर्थिक गतिबिधिलाई चलायमान गराउँछ भने अर्कोतिर साँस्कृतिकआदानप्रदानको माध्यमबाट एकआपसमा सम्बन्धहरुलाई न्यानो बनाइराख्छ । यसरी हेर्दा व्यवसायीक भ्रमणहरु निजीतह र सरकारी तह मै हुने गरेको पाइन्छ ।

प्रभावकारीता

पर्यटन प्रवर्धनका लागि फाम ट्रीप अत्यन्त शक्तिशालीऔजार हुन सक्ने बिभिन्न सोधहरुले देखाएको छ । रिभ्यू अफ टुरीजम साइन्समा सन २०१६ र २०१७ मा प्रकाशीत गरिएको एक अध्ययनअनुसार ग्रीसमाअधिकाँश उत्तरदाताहरुले फामट्रीपले ऐतिहाँसीक, साँस्कृतिक गन्तव्यहरुको प्रचार प्रसारमा ठूलो मद्दत गर्ने बताएका थिए । त्यही रिपोर्टमा यस्ता फामट्रीपहरु पछि त्यहाँको पर्यटन आगमनमा उल्लेख्य प्रगति भएको कुरा प्रकाशीत गरिएको थियो । उक्त सर्भेमा २.४ प्रतिशतले मात्रै फामट्रीप पछि पर्यटकको आगमनमा खासै बृद्धि नभएको बताएकाथिए । बाँकि सबैको बिचारमा यो प्रचार प्रसारको राम्रो औजार भएको बताएका थिए ।

सरकारको भूमिका

नेपाल पर्यटन सम्भावनाको दृष्टिले अत्यन्त सम्भावना भएपनि हामीले प्रचार प्रसारका अत्यन्त कमै मात्र औजारहरु उपयोग गरेका छौँ । फामट्रीपहरु संचालन गर्न बिषेशतः श्रोत देशहरुमा नेपालसँग सम्बन्ध भएका ट्राभल एजेन्सी, टुर अपरेटरहरु, होटलहरु, हवाइजहाज कम्पनीहरु हुन जरुरी छ । जसले ती देशहरुबाट सहसम्बन्ध भएका र उस्तै प्रकृतिका व्यापारीक र व्यवसायीक संस्थाहरुलाई नेपाल भ्रमणका लागिआकर्षण गर्न सक्छ । र त्यस्ता एजेन्सीहरुलाई सरकारले सहुलीयत र सुबिधादिएर नेपालमा पर्यटन प्रवर्धन गर्न जरुरी छ ।

तर दुःखको कुरा नेपाल सरकारको नीतिअनुसार कुनै पनि नेपालीले बिदेशमा नेपाली पैसा लगेर लगानीगर्न सक्दैन, यस्तो नीति र नियमलाई पुनरावलोकन गर्न जरुरी छ । यदाकदा नेपाली व्यवसायीहरुले जापान, अष्ट्रेलीया, अमेरिका, बेलायत जस्ता युरोपका देशहरुमा आफ्नै क्षमतामा ट्राभल एजेन्सी सँचालन गरेर बसेका छन तर सरकारले उनीहरुबाट खासै फाइदा लिन सकेको छैन । यसको लागि बिषेश नीति बनाउन आवश्यक देखिन्छ ।

र अन्त्यमा, फामट्रीप बिबिध उद्देश्यले गरीने भएपनि यसको अन्तीम लक्ष्य चाही व्यापारीक फाइदा नै हो । फामट्रीप संचालन गर्ने व्यापारीक संस्थाहरु, ट्राभल एजेन्सी, टुर अपरेटर, हवाइजहाज कम्पनी र होटलहरुले आफ्नो मुनाफाको लागि व्यवसाय गर्ने भएपनि त्यसको प्रत्यक्ष फाइदा देशले लिन सक्छ ।

Write your Comment


Related News
  • कर्णालीमा पर्यटन प्रर्बधन गर्न अन्तरक्रिया कार्यक्रम
  • काण्डै काण्डमा नेकपाका नेता, पर्यटन राज्य मन्त्रीद्धारा राजीनामा
  • बर्दियामा पर्यटक भित्राउन पर्यटन वोर्ड र व्यवसायी विच छलफल
  • कर्णाली पुलमा सेल्फी खिच्ने पर्यटकको भीड
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी