ताजा समाचार

आज    |   

श्रमिकलाई व्यवसायीको बिल्ला सुहाउदैन: युनिट्राभ



रामकाजी
पर्यटन श्रमिकहरु पर्यटक पथप्रदशक (टुर गाइड), र्‍यफ्टिङ गाइड, पदयात्रा पथप्रदशक (ट्रेकिङ्ग गाइड) हरुमा स्थायी लेखा नम्बर पानले झनै थप समस्या ल्याएको छ। हालको श्रम ऐनमा पर्यटन क्षेत्रका श्रमिक लाई श्रमिक भन्दा पनि व्यवसायीको रूपमा परिभाषित गरिएको छ। जसको कारण श्रमिकले व्यसायीक पान लिनु पर्ने बाध्यता बनेको छ। यति बेला सरकारले श्रमिकलाई कसरी व्यवसायीमा परिवर्तन गर्यो भन्ने प्रश्न उठेको छ।

पर्यटन श्रमिकहरु गाइडहरुको लाइसेन्स नवीकरण गर्न समेत पान अनिवार्य भएको कारण बिगत लामो समय देखि यस क्षेत्रका श्रमिकहरु पानको समस्या बाट ग्रस्त छन। हिलेको व्यवस्था अनुसारको पान लिदै गर्दा पर्यटन क्षेत्रका श्रमिक र व्यवसायीले लिने पानमा कुनै फरक छैन। यसैको कारण मुल्य अभिबृद्दी कर (भ्याट) अनिवार्य जानै पर्ने ब्यवस्था अनुसार पदयात्रा प्रथप्रदर्शक गाइड तथा पर्यटन सहयोगी (भरिया) समेत मुल्य भिबृद्दी कर (भ्याट) जानै पर्ने व्यवस्था भएको आन्तरिक राजस्व कार्यलय पोखराले जनाइ सकेको छ। तत्काल पर्यटन क्षेत्रका श्रमिकहरुले व्यक्तीगत पाान पाउने ब्यवस्था गर्न श्रम नियमावलीनै संसोधन गर्नु पर्ने देखिएको छ ।

अर्थ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र श्रम मन्त्रालय बिच आपसी सहकार्यको अभाबमा श्रमिकले यो समस्या झेल्नु परेको युनिट्राभको बुझाइ छ। यदि सजिलै पर्यटन श्रमिकहरु गाइडहरु पर्यटन सहयोगी (भरिया) समेतको समस्याको समाधान नभए नेपाल भ्रमण बर्षको पुर्वसन्धामा श्रमिकहरु संघर्षित हुन बाध्य हुने युनिट्राभले बताएको छ।

Write your Comment


Related News
  • सौराहामा खुल्यो सामुदायीक होमस्टे, एक रात खान, बस्न १ हजार
  •  दिगो विकासको सारथीः दिगो पर्यटन
  • दैलेखको पहिचान के हो ? किन गुमनाम छन् पर्यटकीय स्थलहरु ?
  • भ्रमण वर्ष सचिवालयमा आर्थिक पारदर्शीता र आर्थिक शुद्धिकरण हुन्छ : उप सचिव निलम न्यौपाने
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी