ताजा समाचार

आज    |   

होटल व्यवसायीले राज्यलाई कर तिर्ने मात्र हो ? – अध्यक्ष उप्रेति



होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश तिनका अध्यक्ष सन्तोष उप्रेतिले समृद्धि हाम्रै पालामा भनेको सरकारले होटल व्यवसायीलाई करको भार थोपारेर तनाव दिएको बताउनुभएको छ । रामेछाप होटल तथा पर्यटन व्यवसायी संघको दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनको रुपमा उद्घाटन गदै प्रमूख अतिथि सन्तोष उप्रतिले यस्तो बताउनुभएको हो । राज्यको नजरमा ठूला होटलहरु मात्र परेको र साना होटललाई ओझेलमा पर्न खोजिएको प्रति आपति जनाउनुभयो । उहाँले नेपालमा आउने अधिकाशं पर्यटक साना होटलमा बस्ने हुँदा राज्यले साना होटलहरुको सुधारका कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । नेपाल भ्रमण वर्ष २०२० सफल पार्न आफुहरु लागेको बताउदै उप्रेतिले सरकारले साना होटलहरुको स्तरउन्नति तथा तालिमको व्यवस्ता गरी ति होटलहरुमा पर्यटक बस्ने बनाउन सरकारले होटल व्यवसायीहरुसंग सहकार्य गरी अगाडि बढ्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा मन्थली नगरपालिकाका प्रमूख रमेश कुमार वस्नेतले जिल्लामा पर्यटको लागि देखाउने ठाउँ नहुदा आफुलाई लज्जाबोद भएको र त्यसका लागि व्यवसायीहरुसंगको सहकार्यमा पर्यटकीय स्थल बनाउने बताउनुभयो । बाटोको कारणले जिल्लामा रहेको विमानस्थलबाट सोचे जस्तो फाईदा लिन नसकेको बताउदै नगर प्रमूख वस्नेतले विकास र व्यवसायका लागि एक मिटर जग्गा छोड्दा घाटा नहुने बताउनुभयो । रामेछाप जिल्ला १० महिना गर्मि हुने जिल्ला भएकाले जिल्लामा पर्यटको बसाई लम्बाउने र आर्कषित गर्ने एक पौडि पोखरी निमार्ण गर्ने  बताउनुभयो ।

कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ का वरिष्ठ उपाध्यक्ष उदय सापकोटाले होटलहरुका समस्याका बारेमा राज्यले गम्भिर रुपमा सोच्नुपर्ने बताउनुुभयो । पाहुना आउने समयमा होटल बन्द गर्नु पर्ने, व्यवसायी बाट चर्को कर उठाउने प्रवृद्धि तत्काल बन्द गर्नुपर्ने सापकोटाले बताउनुभयो । नेपाल भ्रमण वर्ष सफल पार्न स्थानिय स्तरमा भएका कुनै एक ठाउँलाई पर्यटकीय गन्तव्य बनाई राम्रो प्रचार प्रसार गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाए पर्यटकको संख्यामा वृद्धि हुने बताउनुभयो ।

रामेछाप होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष शोखरमान श्रेष्ठले होटल व्यवसाय पहिलेको भन्दा भिन्न भएकाले होटमा आउने पाहुनाहरुलाई राम्रो स्वागत, सत्कार गरी राख्नुपर्ने बताउनुभयो । उहाँले होटलमा आउने पाहुनाहरु जतिबेला पनि आउन सक्ने हुँदा प्रहरी प्रशासनले निश्चित समय तोक्नु राम्रो नभएको  बताउनुभयो ।

कार्यक्रममा उद्योग बाणिज्य संघ रामेछापका अध्यक्ष श्याम थापा , नेपाली काँग्रेस रामेछापका सचिव लेख बहादुर कार्की, नेकपाका अध्यक्ष मयन कुमार मोक्तान(मदन),लगायलले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा रामेछाप होटल तथा पर्यटन व्यवसायी संघलाई सहयोग गर्ने व्यक्तिहरुलाई कदरपत्र सहित सम्मान गरिएको थियो ।

Write your Comment


Related News
  • सौराहामा खुल्यो सामुदायीक होमस्टे, एक रात खान, बस्न १ हजार
  •  दिगो विकासको सारथीः दिगो पर्यटन
  • दैलेखको पहिचान के हो ? किन गुमनाम छन् पर्यटकीय स्थलहरु ?
  • भ्रमण वर्ष सचिवालयमा आर्थिक पारदर्शीता र आर्थिक शुद्धिकरण हुन्छ : उप सचिव निलम न्यौपाने
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी