ताजा समाचार

आज    |   

पर्यटक आकर्षित गदै कुपिण्डे दह (फोटो फिचर)



दिपक जैसी, सुर्खेत

कर्णाली प्रदेशको कुपिण्डे दह  पिछल्लो समय आन्तरिक तथा वाह्य पर्यटकको प्रमूख पर्यटकीय गन्तव्यको रूपमा चिनिएको छ । प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतबाट करिव ७० किलोमिटर पुर्बि क्षेत्रमा रहेको सल्यान जिल्लाको कुपिण्डे दह आन्तरिक तथा बाह्य पर्यटकको गन्तब्य बन्दै गएको छ ।

पर्यटकीय दृष्टिीले एकदमै महत्वपूर्ण, प्राकृतिक रुपले सुन्दर,वरिपरी डाडाकाँडा, हरियाली मनमोहक दृष्य, साथमा बराह मन्दिर र बिचमा सुन्दर शान्त आकाश झै फैलिएको मनै लोभ्याउने प्रकृतिको खानी कुपिण्डे दहहेर्न जाने जोकोहिको मन लोभ्याउने गरेको छ । ३२ मिटर गहिरो र करिव २ किलोमिटर चौडाई भएको कुपिण्डे दहमा डुगां सयर गर्ने, मनमोहक दृष्य, सुन्दर वातावरणको अवलोकनले मनै प्रफुलित र एकदम आनन्द महसुस भएको कुरा नेपालगन्ज बाट आउनु भएका सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीका क्षेत्रिय प्रवन्धक केशव न्यौपालेले बताउनु भयो ।

ताल नजिकै पर्यटकका लागि होटल रेस्टुरेण्ट समेत भईदिएको भए अजै राम्रो हुन्थ्यो न्यापानेले भन्नु भयो । यस्तै आवश्यक पूर्वाधारलाई बिषेश ध्यान दिन सके पर्यटकको संख्यामा बृद्धि भई आय आर्जनमा समेत टेवा पुग्ने कुरा सिद्धार्थ सनी रिसोर्ट सुर्खेतका जनरल म्यानेजर प्रदिप न्यौपानेले बताउनु भयो । कुपिण्डे दह साच्चै नै दह रहेछ मननै रमायो वरिपरिको हरियाली डाडाकाँडा जंगल अनि स्वच्छ हावापानि रहेको रत्न खत्रीले भन्नु भयो । फाेटाे केशव न्याैपाने

Write your Comment


Related News
  • बाँकेको पर्यटन विकासका लागि भारतीय पर्यटक भित्राउन सरोकारवालासंग छलफल
  • कर्णालीमा पर्यटन प्रर्बधन गर्न अन्तरक्रिया कार्यक्रम
  • काण्डै काण्डमा नेकपाका नेता, पर्यटन राज्य मन्त्रीद्धारा राजीनामा
  • बर्दियामा पर्यटक भित्राउन पर्यटन वोर्ड र व्यवसायी विच छलफल
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी