ताजा समाचार

आज    |   

होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश तिनका होटल व्यवसायीद्धारा पर्यटन मन्त्रीसंग छलफल



होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश तिनका होटल व्यवसायीद्धारा प्रदेश तिनका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालसंग पर्यटन क्षेत्रमा होटल व्यवसायीहरुको योग्दान बारे गम्भिर छलफल गरेको छ । साेमबार प्रदेश मन्त्रालय हेटौडामा भएको छलफलमा प्रदेश तिनका अध्यक्ष सन्तोष उप्रेति सहितको टोलिले प्रदेश तिनका १३ जिल्लामा रहेका साना, मझेउला तथा ठूला होटलहरुमा कसरी पर्यटक भित्राउने, प्रदेशमा रहेका पर्यटकीय क्षेत्रहमा पर्यटकलाई सहज रुपमा घुम्ने, बस्ने वातावरण कसरी मिलाउने बारेमा मन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

टोलिले नजिकिदै गरेको नेपाल भ्रमण वर्षमा पर्यटकलाई एक ठाउँबाट अर्को ठाउँमा घुम्न जाँदा सहज बासको व्यवस्था कसरी मिलाउने, पर्यटकलाई प्रदेशमा रहेका पर्यटकीय स्थलहरुको बारेमा जानकारी गराउन तथा होटल व्यवसायीहरुका समस्या समाधान गर्नेतिर ध्यानाकर्षण गराएको थियो ।
टोलीमा होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश तिनका अध्यक्ष सन्तोष उप्रेति, उपाध्यक्ष निपू सोनार, प्रदेश सदस्य राजकुमार प्याकुरेल, हरिगाेपाल सापकाेटा होटल एशोसिएसन मकवानपुरका अध्यक्ष शंकरलाल श्रेष्ठ होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ नुवाकोटका सल्लाहाकार कुमार थपलिया, प्रदेश दुई का वरिष्ट उपाध्यक्ष उदय सापकोटा लगायतको सहभागिता थियो ।

उनीहरुले मन्त्री नेपाललाई होटलहरुमा पर्यटक भित्राउन तथा व्यवसायीहरुको क्ष्मता वृद्धि (तालिम, गोष्टी, मेला महोत्सव) गर्नलाई पर्याप्त बजेट छुट्याई भ्रमण वर्षलाई सफल बनाउन तिर लाग्नुपर्ने बताए । जवाफमा मन्त्री नेपालले प्रदेश सरकारले सन् २०२० देखि ३० सम्म पर्यटन विकासको वर्षको रुपमा मनाउने बताउदै होटल व्यवसायीहरु संग प्रदेश सरकार मिलेर अगाढी बढ्ने बताउनुभयो । प्रदेशमा रहेका पर्यटकीय स्थलहरुमा विदेशी पर्यटक एक ठाउँबाट अर्को ठाउँमा सहजै जाने वातावरण मिलाउने तर्फ मन्त्रालय जुटेको बताउँदै मन्त्री नेपालले पर्यटन प्रवद्र्धन गर्ने खालका कार्यक्रमहरु मन्त्रालयमा पेश गर्नुपर्ने र मन्त्रालयले पेश भएका कार्यक्रमलाई छलफल गरी बजेट छुट्याउने बचन दिनुभयो ।

प्रदेश तिनका १३ जिल्लामा रहेका पर्यटकीय क्षेत्रमा पर्यटक भित्राउन होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश तिनले योजनाहरु मन्त्रालयमा पेश गरेको छ ।

Write your Comment


Related News
  • भ्रमण वर्ष : काभ्रेमा पर्यटकलाई स्वागत गर्न आतुर छौँ – कृष्ण श्रेष्ठ
  • प्रदेश २ पर्यटनको मुख्य आधार ‘४० बाह् १ चार’
  • होटल व्यवसायीले राज्यलाई कर तिर्ने मात्र हो ? – अध्यक्ष उप्रेति
  • रामेछाप होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा शोखरमान श्रेष्ठ निर्वाचित
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी