ताजा समाचार

आज    |   

टानको अध्यक्षमा खुमबहादुर सुवेदी विजयी



ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा खुमबहादुर सुवेदी विजयी हुनुभएकाे छ । होटल सोल्टी क्राउन प्लाजामा शुक्रबार भएकाे ४१औं वार्षिक साधारण सभा तथा निर्वाचनबाट  प्रत्यासी अञ्जन थापा (कुमार)लाई ८३ मतले पराजित गर्दै  खुमबहादुर सुवेदी विजयी हुनुभएकाे हाे । सुवेदीले ५२१ मत प्रयाप्त गर्नुभयाे भने  थापाले ४३८ मत प्रयाप्त गर्नुभयाे ।

यस्तै बरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्की, द्धितीय उपाध्यक्षमा भरत सापकोटा, सचिवमा दामोदर ढकाल, कोषाध्यक्षमा  ऋतु ग्याम्दान, सहकोषाध्यक्षमा सुर्यकुमार श्रेष्ठ निर्वाचित हुनुभएकाे छ।

सदस्यहरूमा ठाकुर सापकोट, प्रेम बहादुर लामा, मिङमातेन्जिङ शेर्पा, रामबहादुर गुरुङ, सनम शेर्पा, कान्छा शेर्पा, सिम्बर घले, सोनाम ग्याल्जेन शेर्पा , ङिमादिकी शेर्पा विजयी हुनुभएकाे छ ।

 

Write your Comment


Related News
  • भ्रमण वर्ष : काभ्रेमा पर्यटकलाई स्वागत गर्न आतुर छौँ – कृष्ण श्रेष्ठ
  • प्रदेश २ पर्यटनको मुख्य आधार ‘४० बाह् १ चार’
  • होटल व्यवसायीले राज्यलाई कर तिर्ने मात्र हो ? – अध्यक्ष उप्रेति
  • रामेछाप होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा शोखरमान श्रेष्ठ निर्वाचित
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी