ताजा समाचार

आज    |   

पर्यटन क्षेत्रको संगठन टान नेतृत्वको लागि दुई पक्ष बिच प्रतिस्पर्धा हुँदै।



अाज पर्यटन क्षेत्रको छाता संगठन टानको नेतृत्वको लागि दुई पक्ष बीच निर्वाचन हुदैछ। नेतृत्वको लागि प्रजातांत्रिक समुहबाट खुम सुवेदि र प्रगतिशील समुहबाट अन्जन थापाको नेतृत्वमा निर्वाचन हुदैछ। यि दुवै समुहले परिचयात्मक कार्यक्रम भन्दै पाँच तारे होटलमा डिनर कार्यक्रम सम्पन्न गरिसकेका छन।
दुवै पक्षले नेतृत्वको लागि विभिन्न आफ्ना चुनावी घोषणा गरिसकेका छन।कुनै पनि टुरिस्ट यात्रा मा जादा गाइड बिना जान नपाइने,निकुन्जले गाइड लाइ उठाउदै आएको रु १५०० शुल्क हटाउने,उपयोगी र अतिआवस्यक तालिम दिलाउने,गाइड हरुको पेसागत अधिकार तथा सामाजिक सुरक्षा को सुनिस्चितता गर्ने जस्ता एजेन्डा बोकेर चुनावी मैदानमा प्रतिस्पर्धा छन।

दुई वर्षे कार्यकालका लागि चुनिने नेतृत्वका लागि यतिबेला युवा पर्यटन व्यवसायी अन्जन थापा (कुमार) समूह वामपन्थी समूहको नेतृत्व गर्दैछन् । उनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा ऋषि नेपाल, प्रथम उपाध्यक्षमा प्रकाशचन्द्र देवकोटा, द्वितीय उपाध्यक्षमा तेन्जिङ शेर्पा, महासचिवमा सरिता लामा, सचिवमा दामोदर ढकाल, कोषाध्यक्षमा टेक खकुराल र सह–कोषाध्यक्षमा प्रदिप पण्डितको नाम छ भने सदस्यहरुमा रघु पौडेल, मिङ्मा शेर्पा, ङिमादिकी शेर्पा, सुनिल सिलवाल, कृष्णगोपाल श्रेष्ठ, प्रेमबहादुर लामा, रघुनाथ पौडेल, रामबहादुर गुरुङ, श्रीराम अधिकारी, मिङ्मा शेर्पा र ठाकुर सापकोटा चुनावी प्रतिस्पर्धामा छन् ।

टानको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी छन् खुमबहादुर सुवेदी । उनको समूहबाट वरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितीय उपाध्यक्षमा भरत सापकोटा, महासचिवमा कर्मा शेर्पा, सचिवमा प्रदिपकुमार घिमिरे, कोषाध्यक्षमा ऋतु ग्याम्दान र सह–कोषाध्यक्षमा सुर्यकुमार श्रेष्ठर सदस्यहरुमा खोमराज अधिकारी (सन्तोस), सिम्बिर घले, केशवप्रसाद दाहाल, कान्छा शेर्पा, सोनाम ग्याल्जेन शेर्पा, रवीन्द्र महर्जन, सनम शेर्पा, तेन्जिङ शेर्पा, बुद्धकुमारी अधिकारीको नाम रहेको छ । कूल १७ सदस्यीय कार्यसमितिलाई १३ सय २० मतदाताले मतदानमार्फत् चुन्नेछन् । यसरी दुई प्यानलबीच प्रतिस्पर्धा हुने भएपछि कसले नेतृत्व हात पार्छ, सबैको चासोको विषय बनेको छ ।

Write your Comment


Related News
  • भ्रमण वर्ष : काभ्रेमा पर्यटकलाई स्वागत गर्न आतुर छौँ – कृष्ण श्रेष्ठ
  • होटल व्यवसायीले राज्यलाई कर तिर्ने मात्र हो ? – अध्यक्ष उप्रेति
  • रामेछाप होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा शोखरमान श्रेष्ठ निर्वाचित
  • मिसेस नेपाल टुरिज्म २०१९ बाट छिरिङ डोल्मा शेर्पा सम्मानित मिसेस नेपाल टुरिज्म २०१९ बाट छिरिङ डोल्मा शेर्पा सम्मानित
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी