ताजा समाचार

आज    |   

सेफ भनेको होटलको मेरुदण्ड हो- भोजराज रोका



प्युठान जिल्लाको माण्डवी गाउँपालिका वडा नं ५ मा जन्मिनुभएका भोजराज रोका १० कक्षा पास पछि उच्च शिक्षाका लागि काठमाडौ लाग्नुभयो । आर्थिक अभाव भए पछि रोका उच्च शिक्षाको साटो होटल लालिम सिक्न तर्फ लाग्नुभयो । तालिम सिकीसके पछि उहाले काठमाण्डौको ग्राण्ड होटल , वास्सा र वेगम रेस्टुरेण्टमा ६ वर्ष काम गनुभयो । तर सोचे जस्तो पैसा नभएकाले उहाँ विदेशी भूमी साउदी तिर लाग्नुभयो । नेपालमा होटल तालिम गरेका कारण उहाँले सउदी अरबियाको मुभिन पिंक तारे होटलमा काम पाउँनु भयो । पाँच वर्षे अनुभव पश्चात उहाँ पुन दुवईको व्रान्च मुभिन पिंकमा जानुभयो । त्यहाँ ३ वर्ष काम गरी समिट क्याटरिङकाम गर्नुभयो । ४ वर्षे अनुभव संगाल्दै रोका विदेशी भूमिमा सिकेको सिपलाई नेपालमा नै खर्चिने भन्दै नेपालमा आउनु भयो । नेपालमा उहाँको उच्च मुल्याङकन गदै सिद्धार्थ सनि रिसोर्ट सुर्खेतले उहाँलाई वरिष्ट सेफको रुपमा जिम्मा दियो । उनै उनुभवी सेफ संग आओर टुरिजम न्युज कर्णाली प्रदेशका व्यूरो प्रमुख दिपक जैशीले गर्नुभएको कुराकानी । सम्पादीत अंश

तपाईले काम गर्दाको अवस्था र अहिलेको अवस्थामा के फरक छ ?
धेरै फरक पाएको छ । मैले काम गर्दा कुनै सिस्टम थिएन अहिले काम गर्ने सिस्टम आएको छ, अहिले होटलमा हेक्याप टेडिग आएको छ, पहिला हामलाई थाह थिएन अहिले होटलमा काम गर्नेलाई हेक्याप टेडिग लिनु पर्ने जरुरी रहेको छ । ग्राहाकको मागबमोजिम खाना हाईजेनिक क्वालिटीमा दिनुपर्ने हुदा यसमाबिषेश ध्यान दिनु पर्ने हुन्छ ।
अहिले सम्म कुन कुन होटलमा काम गर्नु भयो ?
मैले अहिले सम्म काठमाण्डौको ग्राण्ड होटल, वास्सा र वेगम रेस्टुरेण्ट सउदी अरबियाको मुभिन पिंक तारे होटलमा ५ वर्ष, दुवईको व्रान्च मुभिन पिंकमा ३ वर्ष र त्यसपछि ४ वर्ष मर्मिट क्याटरिगंमा र अहिले सिद्धार्थ सनि रिसोर्ट सुर्खेतमा वरिष्ट सेफको रुपमा काम गर्दै आईरहेको छु

तपाईले मुख्य रुपमा कस्तो प्रकारका खाना बनाउनु हुन्छ ?
मैले ग्राहकको माग अनुसार खाना बनाउने गरेको छु । त्यस बाहेक स्पेसल रुपमा कन्टिनेन्टल, थाई , चाईनिज , इन्डियन र नेपाली खाना बनाउन्छु ।
तपाईले आधा जर्दन होटलमा काम गरिसक्नु भएको काम गर्दाको भुल्नै नसकिने क्ष्ेत्र के छ ?
धेरै होटलको अनुभव फरक फर नै रहयो त्यस मध्ये एक दिन आफुभन्दा सिनियरले गल्ती गर्दा डाडुले हानेको समजना छ ।

होटल ब्यावसायमा सेफलाई कुन किसिमले हेरिनु पर्छ जस्तो लाग्छ ?
मेरो बिचारमा होटलमा सेफ को भूमिका महत्वपूण हुन्छ । सेफ भनेको होटलको मेरुदण्ड हो ।
अन्तमा के भन्नु हुन्छ
जिबनमा धेरै चुनोतिहरू आइरहन्छन् सधै सकारात्मक सोचको साथ जीवन लाई सहज रुपमा अगाडी बढदै गयो भने हरेक मान्छे अफनो लक्षयमा पुग्न सक्छ।जिबन भनेकै संघर्ष हो, सघर्ष पछिको सफलता नै खुसि हुनु हो ।

Write your Comment


Related News
  • भ्रमण वर्ष : काभ्रेमा पर्यटकलाई स्वागत गर्न आतुर छौँ – कृष्ण श्रेष्ठ
  • प्रदेश २ पर्यटनको मुख्य आधार ‘४० बाह् १ चार’
  • होटल व्यवसायीले राज्यलाई कर तिर्ने मात्र हो ? – अध्यक्ष उप्रेति
  • रामेछाप होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा शोखरमान श्रेष्ठ निर्वाचित
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी