ताजा समाचार

आज    |   

ट्रेकिङ गाईड एसोसियसन अफ नेपालद्वारा पर्यटनमन्त्रीलाई ५ बुदेज्ञापन पत्र



ट्रेकिङ गाईड एसोसियसन अफ नेपालद्वारा पर्यटनमन्त्रीलाई सामाजिक सुरक्षा माग्दै ५ बुदेज्ञापन पत्र बुझाईएको छ ।देशलाई विश्वभरि चिनाउने ट्रेकिङ गाईडलाई राज्यले बेवास्ता गरेको भन्दै ज्ञापन पत्र बुझाईएको समितिका सदस्य डोल्मा पाख्रिनले बताए।

उनीहरूले पर्यटन मन्त्रीलाई आफ्नो माग सम्बोधन गर्न एक हप्ताको अल्टिमेटम दिएका छन। एक हप्तामा पनि आफ्नो मागहरु पूरा नभए फेरि पनि दबाब मुलक आन्दोलन गर्ने समितिले बताए।

उनीहरुले निम्न मागहरु पेश गरेका छन।
१ कुनै पनि टुरिस्ट यात्रामा जादा गाइड बिना जान नपाइने।
२ निकुन्जले गाइड लाइ उठाउदै आएको रु १५०० शुल्क हटाउनु पर्यो।
३ उपयोगी र अतिआवस्यक तालिम दिलाउनु पर्यो।
४ गाइड हरुको पेसागत अधिकार तथा सामाजिक सुरक्षा को सुनिस्चितता गरियोस।
५ हामीले प्राप्त गरेको गाइड लाइसेन्स लाइ ड्राइभिङ्ग लाइसेन्स सङ्ग नदाजी विमान स्थल को इम्मिग्रेसन सम्म छिर्न अनि गुनासो लिएर पर्यटन मन्त्रालय जादा सिहँदरबार को ढोका मा नरोकियोस।

Write your Comment


Related News
  • भ्रमण वर्ष : काभ्रेमा पर्यटकलाई स्वागत गर्न आतुर छौँ – कृष्ण श्रेष्ठ
  • होटल व्यवसायीले राज्यलाई कर तिर्ने मात्र हो ? – अध्यक्ष उप्रेति
  • रामेछाप होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा शोखरमान श्रेष्ठ निर्वाचित
  • मिसेस नेपाल टुरिज्म २०१९ बाट छिरिङ डोल्मा शेर्पा सम्मानित मिसेस नेपाल टुरिज्म २०१९ बाट छिरिङ डोल्मा शेर्पा सम्मानित
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी