ताजा समाचार

आज    |   

डोल्पो महोत्सव सफल पार्न सुर्खेतमा अन्तक्रिया



दिपक जैसी, सुर्खेत

भाद्र २४ दखि सुरु हुने डोल्पो महोत्सव सफल पार्न सुर्खेतमा अन्तक्रिया कार्यक्रम गरिएको छ । नेपाल भर्मण वर्ष २०२० लाई टेवा पुराउने उदेश्य राखी नेपाल सरकारद्धारा घोषित समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय अभियानमा सहयोग पुर्याउन डोल्पो महोत्सव २०७६ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

महोत्सवलाई सफल पार्न सोमबार सुर्खेतमा मन्त्री, प्रदेशसभाका सदस्यहरुसंग अन्तक्रिया कार्यक्रम गरिएको छ । दर्शन डोल्पोको आर्जन शान्तिको भन्ने मुल नाराका साथ २०५१ सालमा स्थापना भएको क्रिस्टल माउन्टेन आधारभुत बिद्दालयको स्थापना दिवस एवम् रजत जयन्तिको अवसरमा २०७६ भाद्र २४ देखी २८ गते सम्म डोल्पोबुद्ध गाउँपालिका र भिजन डोल्पो संस्थाको सयुतm आयोजनामा डोल्पो महोत्सव र क्रिस्टल माउन्टेन रजत जयन्ति आयोजना हुन लागेको हो ।

पर्यटनको प्रचुर सम्भावना बोकेको डोल्पा जिल्ला समुन्द्र सतहबाट १५२५ देखी ७६२५ मिटरको उचाईमा अवस्थित छ । पर्यटनका लागि पुथा हिमाल, कान्जिरवा हिमाल, शे सिखर, चुरेन हिमाल, फोक्सोण्डो ताल, फोक्सोण्डो जmरना का साथै शे गुम्वा, बोनछोवा गोन्पा त्रिपुरासुन्दरी, व्यास तपोभुमी, खस मष्टो लगाएत धार्मिक, सांस्कृतिक सम्पदाहरु रहेकाछन् ।

Write your Comment


Related News
  • भ्रमण वर्ष : काभ्रेमा पर्यटकलाई स्वागत गर्न आतुर छौँ – कृष्ण श्रेष्ठ
  • प्रदेश २ पर्यटनको मुख्य आधार ‘४० बाह् १ चार’
  • होटल व्यवसायीले राज्यलाई कर तिर्ने मात्र हो ? – अध्यक्ष उप्रेति
  • रामेछाप होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा शोखरमान श्रेष्ठ निर्वाचित
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी